- अमर काफ्ले

इनरुवा। सुनसरीको दुहवीमा हत्या गरिएका झापाका अभिषेक कटवालको हत्यारा सार्वजनिक गरिएको छ । हत्याको घटनामा संलग्नताका आधारमा प्रहरीले बिराटनगरका बिजय कार्की र अर्जुन भण्डारीलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।

कटवालको शव दुहबीको केशलिया खोला किनारमा नग्न अवस्थामा गाडिएको अवस्थामा माघ १४ गते फेला परेको थियो । प्रहरीका अनुसार अभिषेकको हत्या ९ गते राती भएको थियो ।कार्की र अर्जुनसँग अभिषेकको पहिला बाटनै चिनजान रहेको र तीनैजना लागुऔषध सेवनकर्ता रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार व्यक्तिगत रिसिवी साध्ने क्रममा कटवालको हत्या गरिएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia