श्रीपुर। सुनसरीको कोशी गाउँपालिका ६ स्तिथ राष्ट्रिय मा.वि.श्रीपुरमा स्थानीय अभिभावक तथा विधार्थी द्वारा विधालयमा तालाबन्दी गरेका छन। शुक्रबार एक अभिभावक भेलाले विधालयमा विभिन्न अनियमितता भएको भन्दै तालाबन्दी गरेका छन्। अगुवा अभिभावकहरुले विधालय व्यवस्थापन तथा शिक्षकको चरम लापरबाहीले विध्यार्थीहरुको भविष्य अन्योलमा परेको जनाएका छन्।

नेपाल सरकारको ठुलो बजेट शिक्षा क्षेत्रमा आए पनि यसको सहि सदुपयोग नहुदा शिक्षा क्षेत्र अन्योलमा परेको स्थानीयहरुले गुनासो पोखेका छन्। विधालयको दुई वर्ष देखि लेखा परिक्षण समेत नभएको भन्दै स्थानीय अभिभावक आनदोलित बनेका हुन्। विधालयमा भए गरिएको भोतिक निर्माण कार्यका सामाग्री समेत हिनामिना गरेको भन्दै अभिभावकले तालाबन्दी गरेका हुन्।

कोशी गाउँपालिका–६ स्थित राष्ट्रिय मा.वि.का प्र.अ. तथा शिक्षक समेत विधालय समयमा उपस्थित नहुने गरेको सो विधालयका विद्यार्थीहरुले समेत गुनासो गरेका छन्। विधालयमा ३ वटा विषयका शिक्षकहरु १ वर्ष देखि नरेको बिद्यार्थीहरुले बताएका छन्। विधालयमा बिज्ञान विषयको शिक्षक पहिला देखि नै नियुक्ति हुदा हुदै पुनः प्र.अ. तथा विधालय व्यवस्थापन समितीको मिलेमतोमा थप अर्को बिज्ञान विषयको शिक्षक नियुक्ति गरेको आरोप छ।

प्र.अ.ले आफुखुशी गर्दै आएको विधालय व्यवस्थापन तथा खाजाभत्तामा आउने रकम हिनामिना गर्दै आएको, विधालयको नाममा विभिन्न सामाग्री खरिदको भ्याट बिल ल्याई विधालय कोषबाट रकम झिकि आफ्नो व्याक्तिगत प्रयोग गर्दै आएको र सामाग्री खरिद वापतको रकम लामो समय देखि भुक्तानी नदेको जनाईएको छ। समग्र विषयमा कोशी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्षले विधालयमा अनियमितता भएको स्विकारदै प्र.अ. तथा विधालय व्यवस्थापन समितीको मिलेमतोमा विधालयको अवस्था जरजर भएको हो आउने आईतबारका दिन विधालयमा बृहत छलफल तथा बैठक राखि यस विषयमा ठोस निर्णय लिने बताएका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia