इटहरी। नेपाल प्रेस युनियन सुनसरीले कोशी टप्पु बन्यजन्तु आरक्षमा कार्य समितिको बैठक आयोजना गरेको छ।नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रेस युनियन सुनसरी शाखाले पर्यटकीय स्थल कोशी टप्पुमा कोशी महोत्सव २०२० हुदै गर्दा कार्य समितिको बैठक राखेको हो। युनियनका सुनसरी अध्यक्ष धनबहादुर पुरीको नेतृत्वमा बसेको बैठकमा प्रेस युनियन सुनसरीका सक्रिय कार्यसमितिको उपस्थित रहेको थियो।

नेपाल भ्रमण बर्षलाई सफल पार्नका लागि कोशी टप्पुमा बैठक आयोजना गरिएको पुरीले बताए। ‘हामीले स्थानीय ठाउँहरुको प्रचारका लागि पनि आरक्षमा बैठक बसेका हौँ’,पुरीले कोशी टप्पु पूर्वको राम्रो पर्यटकीय स्थल भएकाले यो ठाउँमा भ्रमण वर्षमा लाखौँको संख्यामा पर्यटक ल्याउँन मिडियाकर्मीले सञ्चारमाध्यमबाट पहल गर्नु पर्नेमा जोड दिए।उनले पर्यटन वर्षलाई सफल बनाउँनका लागि समेत अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia