- बिरेन्द्र शाह

इनरुवा। सन्तावन्न युवा क्लबको आयोजना र बिराटनगर आँखा अस्पताल, बिराटनगरको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ। फाल्गुण ३ गते शनिवारका दिन उक्त शिविर सञ्चालन हुने भएको छ। जिल्ला अस्पताल भित्रको आँखा तथा कान उपचार केन्द्रको भवनमा एक दिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । इनरुवा नगरक्षेत्र तथा आसपासमा रहेका ग्रामिणभेगका आँखाका रोगीले निःशुल्क आँखा उपचार सेवा लिने सन्तावन्न युवा क्लबका अध्यक्ष सिताराम चौधरीले जानकारी दिए। शिविरमा आँखा तथा चश्माको जाँच गरिने साथै मोतिविन्दुका रोगिहरुलाई निःशुल्क शल्यक्रिया समेत गरिने अध्यक्ष चौधरी बताएका छन ।

केही महिना एता सन्तावन्न युवा क्लबले सामाजिक कार्यहरुमा अग्रता देखाएको छ। माघ १ गते बाट इनरुवा बसचौकमा सुरु गरिएको निःशुल्क खाना अभियान हाल सम्म पनि जारी नै रहेको क्लबका सचिब सत्य यादवले बताए। उनले निःशुल्क खाना अभियानमा थोरै परिमार्जन गरि मंगलवारदेखि आर्थिक अभाव, अपांगता भएका तथा अशक्त ब्यक्तीहरुको सहि पहिचान गरि निशुल्क खाना बितरण गरिने बताए। निशुल्क खाना अभियानमा सहयोगी हातहरुको साथ र समर्थनले गर्दा मात्र हामी सफल हुन सकेका हौ, सम्पुर्ण सहयोगि हातहरुलाई सन्तावन्न युवा क्लबको तर्फबाट सदस्य अभिषेक खेरबारले धन्यबाद व्यक्त गरे।

सन्तावन्न युवा क्लबले मंगलबार ट्राफिक सचेतनाकालागि इनरुवाको विभिन्न चौकहरुमा मार्ग सुचक बोर्डहरु लगाएका छन। क्लबका अनुसार इनरुवा नगरक्षेत्र भै यात्रा गर्ने यात्रुहरुलाई दिशा र गन्तव्यको सही जानकारी हुने हेतुले सुचक बोर्डहरुको स्थापना गरियो यसले केहि हद सम्म ट्राफिक सचेतनाकालागि टेवा पुग्ने छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia