- अमर काफ्ले

सुनसरीको इनरुवामा जारी गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधिकालागि बिराटनगर र बारा भिड्ने भएका छन् ।इनरुवा खेल मैदानमा आज सम्पन्न दोस्रो सेमिफाइनलमा बिरगंज युनाईटेड बाराले बेलबारीलाई हराउँदै फाइनलमा बिन्धवासिनी फुटबलल क्लब बिराटनगरसँगको भेट पक्का गरेको हो ।

दोस्रो सेमिफाइनल अन्र्तगतको खेल बराबरीमा टुङिगएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । जसमा बाराले बेलबारी विरुद्ध ४–२ को अन्तरको जित निकाल्यो ।त्यसअघि निर्धारित ९० मिनेटको खेल एक एक गोलको बराबरीमा टुङिगएको थियो । दुवै टिमले दोस्रो हाफमा गोल गरेका थिए ।

दोस्रो हाफको ३०औं मिनेटमा बेलबारीका अरुण लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएपनि बाराका सञ्जय चौधरीले ३७औं मिनेटमा गोल फर्काउदै स्कोर बराबरीमा पु¥याए ।त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र खेलको निर्णय पेनाल्टीबाट लिइयो । खेलको म्यान अफ द म्याच बिजयी टिमका तिलमणी चौधरी घोषित भए ।पहिलो सेमिफाइनलमा बिराटनगरले काठमाण्डौंको चर्च ब्वाईज क्ललाई पराजित गरेको थियो ।भोलि हुने फाइनल खेलको बिजेताले शिल्ड र मेडल सहित नगद २ लाख हात पार्ने छ । उपबिजेताले एक लाख प्राप्त गर्ने छ । फुटबल प्रतियोगिता इनरुवा नगरपालिका र प्रतिविम्ब नेपाल इनरुवाले संयुक्त रुपमा आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia