- अमर काफ्ले

दोस्रो संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिराटनगरले जितेको छ । फाइनल खेलमा बिराटनगरले बारालाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।इनरुवा खेल मैदानमा टिमकालागि जित दिलाउन बिन्धवासिनी फुटबल क्लब बिराटनगरका खेलाडी सम्राटले निर्णायक गोल गरे । बिरगंज युनाईटेड बारालाई पराजित गर्ने क्रममा अफ्रिकन मुलका खेलाडी सम्राटले दोस्रो हाफको २८औं मिनेटमा गोल गरेका थिए ।

निकै नै प्रतिष्पर्धात्मक खेलमा सम्राटले बाराका खेलाडी र किपरलाई डीबक्समा झुक्याउँदै हेडिङ मार्फत गोल गर्न भ्याए । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र एक शुन्यको नतिजा निकाल्दै बिराटनगरले उपाधि चुम्यो ।खेलमा बाराले केहि राम्रा मुभहरु सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न भने सकेन् । भाग्यले समेत साथ नदिदा केही गोलका अवसर बाराले गुमाउनु परेको थियो । खेलमा बिराटनगरले समेत गोल अन्तर बढाउने केहि अवसर गुमाएको थियो ।

प्रतियोगिताको उपाधिसँगै बिराटनगरले शिल्ड सहित नगद २ लाख हात पारेको छ । उपबिजेतामा सीमित बाराले नगद १ लाख पाएको छ ।फाइनल खेलको म्यान अफ द म्याच गोलकर्ता सम्राट घोषित भए । त्यसैगरी उत्कृष्ट गोलकिपर बिराटनगरकै पूर्ण चेम्जोङ चुनिए । मिड फिफेन्डर तर्फ बाराका सागर चौधरी उत्कृष्ठ हुन सफल भएभने वेस्ट डिफेन्सको पुरस्कार बाराकै मनोज चौधरीले हात पारे । त्यसैगरी उच्च गोलकर्ताको पुरस्कार बेलबारीका अरुण लिम्बुले प्राप्त गर्दा म्यान अफ द सीरीज बिराटनगरका खेलाडी धुव्र राई चुनिएको बब्लु भगतले जानकारी दिए ।

बिजेता टिम तथा खेलाडीलाई नगरप्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम सहित वडाध्यक्ष लगायतका जनप्रतिनिधिका साथै खेलसँग समवन्धित पदाधिकारी र आयोजक संस्थाका अध्यक्ष इश्वर बराल लगायतकाले पुरस्कार वितरण गरेका थिए ।८ टिम सहभागी जिपी गोल्डकपको दोस्रो संस्करणको फुटबल प्रतियोगितालाई इनरुवा नगरपालिका र प्रतिविम्ब नेपाल इनरुवाले संयुक्त रुपमा संचालनमा ल्याएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia