धरान। धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रसुती गराउन ल्याईएकी विरामीको मृत्यु भएपछि वीपी प्रतिष्ठान धरानमा तनाब सिर्जना भएको छ । डाक्टरहरुको लापरवाहीको कारण इटहरीकी लक्ष्मी बुढाथोकी र पेटको बच्चाको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल प्रशासन घेराउ गरेका छन । बिहिबार विहान १ बजे तिर इटहरी ४ की बर्षिय लक्ष्मी बुढाथोकीको मृत्यु भएको हो । उनलाई १२ गते प्रसुतीका लागि प्रतिष्ठानको प्रसुती वार्डमा भर्ना गरिएको थियो । लामो समय सम्म सुत्केरी व्यथा लाग्दा पनि समयमै प्रसुती नगरिएकोले बच्चा पेटमै मरेको र आमाको पनि मृत्यू भएपछि प्रतिष्ठानमा तनाब भएको हो ।

आमा र बच्चा दुवैको मृत्यूको कारण प्रसुती गराउन ल्याईएकी विरामीलाई समयमै चिकित्सकले नहेरेको र लापर्वही गरेको कारण आमा बच्चा दुवैको ज्यान गएको मृत्कका मामा ससुरा गणेश चौहानले बताए । प्रतिष्ठानमा प्रसुती गराउन नसक्ने भए अन्त रेफर गर्नुको साटो त्यतिकै यहा राखिएकोले आमा बच्चा दुवैको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । मृतकका आफन्तलाई प्रतिष्ठान प्रशासनले बार्ताको लागि अडिटोरियम हलमा बोलाईएको भएपनि प्रतिष्ठानका पदाधिकारी समयमै आएनन मृतकका आफन्त विक्रम थापाले भने । अहिले सम्म बार्ता पुरा विवरण आईसकेको छैन । बार्तामा प्रतिष्ठानबाट डा. अर्चना ठाकुर, डा. रोहित रिजाल सहितको टोली छन् भने मृतकका तर्फबाट आफन्तहरु सहभागी छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia