- दिलिप कुमार साह

राजविराज । कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि राजगढ गाउँपालिकाले ३० वेडको क्वारेन्टाईन तयार गरेर संचालनमा ल्याएको छ ।राजगढ गाउँपालिकाको वडा नम्बर ३ मा रहेको जनता शंकर माविमा सर्वसुविधा सम्पन्न ३० वेडको क्वारेन्टाईन तयार गरी संचालनमा ल्याइएको राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले जानकारी दिनुभयो ।उक्त क्वारेन्टाईनमा भारतबाट आउने र यस गाउँपालिकामा कुनै व्यक्तिमाथि कोरोना संक्रमण भएको शंका लागेपछि हामी त्यसलाई सुविधा सम्पन्न रहेको क्वारेन्टाईनमा राखेर उपचार गर्ने राजगढ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले जानकारी दिनुभयो ।

गाउँपालिका भित्र रहेको स्वास्थ्य सेवा बाहेक अति आवश्यक पर्ने खाद्यान्नका पसलहरु तोकिएको समयमा मात्र खोल्ने र निजी सवारी साधनहरु नचलाउने, आवश्यक परे भने अनुमति लिएर मात्र सवारी सधान चलाउन प्रमुख प्रशासकीय अधिकृत यादवले गाउँपालिकाबासीलाई आग्रह गर्दै भन्नभयो– गाउँपालिकाको प्रत्येक वडामा दुई वटा हेल्थ डेस्कको स्थापना गरी आमजनतालाई सेवा दिने र संचालनमा रहेको क्वारेन्टाईन सेवा २४ औं घण्टा खुल्ला रहने छ ।त्यसैगरी गाउँपालिकाको अध्यक्ष परमानन्द यादवको नेतृत्वमा सात सदस्यीय क्वारेन्टाईन व्यवस्थापन समिति गठन गरेको छ । समितिमा गापाको स्वास्थ्य शाखाको संयोजक रामचन्द्र यादव सदस्य सचिव र सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव, वडा नम्बर ३ का वडा अध्यक्ष सीता राम यादव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वडा नम्बर ३ कै एक जना स्वास्थ्यकर्मी रहेका छन् ।यसरी क्वारेन्टाईन सेवा संचालन गर्दै ५० जना सर्वसाधारणलाई गाउँपालिका अध्यक्ष यादवले मास्क वितरण गर्दै स्वस्थ्य रहौं, अरुलाई स्वस्थ्य राख्न सहयोग गरौ ।

यसैगरी वडा नम्बर १ मा कोरोना सम्बन्धी प्रचार प्रसार गरी जनतालाई साबुन पानीको प्रयोग गरी सरसफाईमा ध्यान दिन वडा अध्यक्ष नारायण यादवले आग्रह गर्नुभयो । सरसफाईमा ध्यान दिनको लागि वडाबाट सर्वसाधारणलाई हाथ धुनको लागि आवश्यक पर्ने सामग्रीहरु बुधबार वितरण गर्ने बताउनुभयो ।त्यसैगरी वडा नम्बर ३ का वडा अध्यक्ष सीताराम यादवले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि वडामा ५० थान बाल्टिन, ५० थान टुल, ५० थान टुटी र साबुन वितरण गर्नुभयो ।
यसैगरी सप्तरीका विभिन्न अस्पतालमा गरी ५६ वटा आईसोलेसन वेड र १३ वटा आईसियु कक्ष तयार भएका छन् ।राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा ६ वेड तथा छिन्नमस्ता अस्पतालमा २० वेड र रुपनी स्थित युनिक एसुकेसनल अस्पतालमा २० वेड तथा पुर्व क्षेत्रिय प्रहरी अस्पतालमा १० वेडको ब्यवस्थापन गरिएको छ ।

तपाईको प्रतिक्रिया