इनरुवा। नेपाली काङग्रेस सुनसरीका सभापति तथा एक नम्वर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले सबैलाई सम्यमता अपनाउनका लागि आग्रह गर्नुभएको छ । उहाँले यसबाट बच्ने प्रमुख उपाय नै सुरक्षा, सजकता अपनाउनु रहेकाले सबैलाइ सचेत र सर्तकर्ताका साथ सम्यमता अपनाएर बस्नका लागि आग्रह गर्नुभयो । बिश्वमा महामारीको रुपमा फैली रहेको कोरोना भइरस (कोभीड १९ ) का कारण बिश्वनै त्रसीत भएको र नेपाल समेत यसको उच्च जोखीममा रहेकाले यस्तो समयमा आफु सर्तक हुनु नै यसको प्रमुख उपचार भएकाले यसबाट बच्नका लागि नेता कोइरालाले आग्रह गर्नुयो । उहाँले अहिले सम्म कोरोना भइरसको औषधी नभएकाले जति सतर्क भएर घर भित्र बस्यौ त्यही नै यसको औषधी भएकाले त्यस तर्फ ध्यान केन्द्रित गर्नका लागि सबैलाइ आग्रह गर्नुभयो । यो भाइरस जातपात, क्षेत्र, वर्ण, धनी गरीव कसैलाई नछोडने भएकाले यस बेलामा सम्यमता अपनाएर घरमा बस्नु नै यसको उत्तम उपचार भएको नेता कोइरालले बताउनुभयो । उहाँले संघीय र प्रदेश सरकारले गरेको लकडाउनलाई सबै मिलेर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच नेकपा सुनसरीले समेत सरकारले गरेको निर्णयलाई पालना गर्नका लागि आग्रह गर्नुभएको छ । नेकपा सुनसरीका अध्यक्ष योगेन्द्र प्रसाद मण्डल(पप्पु)ले एक बिज्ञाप्ती जारी गर्दै सरकारले गरेको निर्णय पालना गरेर सुरक्षीत रहनका लागि जिल्ला बासीलाई आग्रह गर्नुभएको हो । बिश्व नै कोरोना भाइरसका कारण त्रासीत भएको र नेपाल समेत उच्च जोखीमा रहेका कारण सरकारको निर्णयलाई पालना गरेर घरमै सुक्षीत साथ बस्नका लागि जिल्लावासीलाई आग्रह गर्नुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई कोरोना भाइरस सम्बान्धी जनचेतना मुलक कार्यक्रम समेत सन्चालन गर्नका बिषेश निर्देशन दिनुभएको छ ।

तपाईको प्रतिक्रिया