- दिलिप कुमार साह

राजविराज । जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ५ मा कारोना भाइरसको विरुद्धमा संचालन गरिएको विशेष सर्तकता अभियान अर्न्तगत हाथ धुने कार्यक्रम प्रभावकारी रुपले संचालन हुन सकेको छैन ।वडा स्तरीय समिति बनाएर कार्य गरिरहेको समितिले कार्य व्यस्ताको कारण चार वटा वडा सदस्यको संयोकजत्वमा पाँच वटा टोली बनाएको छ तर उक्त समितिमा रहेको मानिसहरुको हस्ताक्षर नै छैन माइन्युट बुकमा । कति जनालाई त थाहा पनि छैन की समितमा छु भनेर ।वडा नम्बर ५ को वडा अध्यक्ष लक्ष्मी नारायण ठाकुरले भन्नुभयो– समितिले गरेको निर्णय अनुसार हामी काम गरिरहेका छौ । समितिले गरेको निर्णयलाई मलाई मान्नु नै पर्छ ।

समितिले दलित तथा विपन्न बस्तीको प्रत्येक घरमा एउटा–एउटा डिटोल साबुन दिन निर्णय गरेको छ । जसमा वडा सदस्य बचकुन मण्डललाई १४ वटा र दिपेन्द्र रामलाई ७२ वटा डिटोल साबुन दिई भरपाई गराएको छ ।आम जनताले सेवा पाउन सके की सकेन ? हाथ धुनको लागि धौनकी टोल जाने मुख्य बाटोमा एक थान, सरदार टोलमा एक थान, रवि सरदारलाई एक थान, कामत टोलमा २ थान, परशुराम चिया पसलमा एक थान, छोटेला चिया पसलमा एक थान, आईएमईमा एक थान, राम टोलमा एक थान, नहर चौकमा एक थान  र स्वास्थ चौकी मलेकपुरलाई एक थान गरी जम्मा ११ थान बाल्टिन वितरण गरेको वडा सचिव विरेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।

समितिद्वारा हाथ धुनको सार्वजनिक ठाउँमा ५० लिटर ड्रामको व्यवस्था गर्ने निर्णय गरेको तर बाल्टिन ठाउँ–ठाँउमा राखिएको छ । उक्त वाल्टिन सडकको पेट्टीको चिया पसल त कतै बाँसको भाट्टाले मान्छे बस्नका लागि बनाइएको ठाउँमा राखिएको छ । जहाँ सर्वसाधारणको पहुँच विहानको हुन्छ तर दिनभरि हाथ धनुको लागि कहा जाने त  ?  सार्वजनिक ठाउँमा कही कतै हाथ धुने सामग्री राखिएको छैन । न त मन्दिरमा न त मस्जिद राखिएको छ । आम जनताको पहुँच भन्दा बाहिर राखिएको छ हात धुने सामग्री ।

तपाईको प्रतिक्रिया