- अमर काफ्ले

मर्निङ वाक हिडेका ४० जना बढी सुनसरीको इनरुवाबाट पक्राउ परेका छन् । लक डाउनको अवज्ञा गरी हिडेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा इनरुवा, महेन्द्रचोक, बसचोक, सखुवागाछी, मालपोत, बलाहा रोड लगायतका क्षेत्रका रहेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

त्यसका अलावा विहानको समयमा जिल्लाभर ५० जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । अटेर गरी सवारी चलाएको पाइएकाले केही मोटरसाईकल, ठेला, भेन लगायत समेत नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।इनरुवा सहित आसपासको क्षेत्रबाट पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने अन्यलाई मातहतका कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीले लक डाउनको समयमा घरमै बस्न सबै जिल्लावासीमा आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया