- दिलिप कुमार साह

राजविराज ।संसारभरि तिव्र गतिमा बढिरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि राजगढ गाउँपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिले विदेशबाट आएका व्यक्तिहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

गाउँपालिकाको अध्यक्ष परमान्नद यादवको अध्यक्षतामा बसेको बैठकबाट गापाभित्र रहेको ६ वटै वडाका वडा अध्यक्षहरुलाई आफ्नो वडामा एक महिना भित्र विदेशबाट आएका सबै व्यक्तिहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएका छन् ।जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जिल्लाभरिका नपा/गापाहरुलाई पत्राचार भए अनुसार विभिन्न देश वा विदेशबाट आएका व्यक्तिहरुको विवरण संकलन गरी पठाउन निर्देशन भए अनुसार राजगढ गाउँपालिकाले पनि त्यसै अनुरुप काम गर्नपर्ने गापाका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले जानकारी दिनुभयो ।उक्त बैठकमा गापाका अध्यक्ष परमान्नद यादव, उपाध्यक्ष पुष्पलता कुमारी मंडल, प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव, स्वास्थ्य शाखाका संयोजक रामचन्द्र यादव, स्वास्थ्यकर्मीहरु हिरेन्द्र प्रसाद साह, विभा झा र ६ वटै वडाका वडा अध्यक्षहरु सहितको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया

trusted online casino malaysia