इनरुवा। सुनसरीमा कोरोना भाइरस कोभिड –१९ को त्रासका कारण मृत्यु भएका एक जनाको शव दाह संस्कार गर्नुका सट्टा खाल्डो खनेर पुरिएको छ । सुनसरी सदरमुकाम इनरुवा ९ बबियाको ४७ बर्षिय हिरालाल साहको आइतबार अन्य कारणले नै मृत्यु भएपनि समाजका कोही व्यक्ति नगएपनि शव दाह संस्कार गर्नुका सटटा खाल्डो खनेर पुरिएको इनरुवा ९ बबियाको वडा अध्यक्ष बसीरमुद्धिन मंसुरीले बताउनुभयो ।

बुटबलमा एक होटलमा काम गर्दै आएका साह अत्याधिक मादक पर्दाथ सेवन गर्दै आएकोमा अत्याधिक मादक पदार्थ सेवनका कारण बिरामी भएको साहलाई बुटवलको एक अस्पतालमा भर्ना गरेको थियो । भर्नाको गरेको क्रममा साहको अवस्था गम्भीर भएको भन्दै अपस्तालले साहलाई रेफर गरेको थियो । एम्बुलेनसमा हालेर साहलाई घर फिर्ता ल्याउने क्रममा साहको बाटैमा मृत्यु भएको थियो । मृत्तक साहको शव इनरुवा ल्याएकोमा बबियाका स्थानीयहरुले घर नल्याइ सिधै इनरुवामा रहेको शव दाह संस्कार गर्ने ठाउ सुनसरी खोलामा लगिएको थियो ।

साहको हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गर्नका लागि बबिया ९ का वडा अध्यक्ष मंसारीले पण्ति सहित सबै सामग्री लगेर आर्यघाटमा गएको भएपनि आफन्त र समाजका कोही व्यक्ति नआएपछि सुनसरी खोलामा खाल्डो खनेर पुरिएको वडा अध्यक्ष मंसुरीले बताउनुभयो । हिन्दु परम्परामा कुनै व्यक्तिको मृत्यु भएमा त्यसलाई दाहसंस्कार गर्ने परम्परा भएपनि मृत्यु भएका साहको शवलाई दाहसंस्कार गर्नका लागि कोही समाजका व्यक्ति र आफनो दाइ समेत नआएपछि आफुहरु आइतबार राति करिव ८ बजे जेसीभिले खाल्डो खनेर पुरि दिएको वडा अध्यक्ष मंसुरीले बताउनुभयो ।

मृतक साहको ५ छोरी र एक छोरा रहेका छन । साहको अवस्था कमजोर रहेको र काम गरेर जिविको पार्जन गर्दै आएका थिए । कोरोना भाइरसको त्रासका कारणले साहको शवलाई कोही व्यक्तिले छुन समेत नमानेको र जलाउनका लागि समाजका कोही व्यक्ति नआएपछि आफुहरुले अनतः शवलाई खाल्डो खनेर पुरिदिएको वडा अध्यक्ष मंसुरीले बताउनुभयो । यता सुनसरीका प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले समेत घटना सहि भएको बताउनुभएको छ ।

अहिल समाजमा कोरोना भइरस कोभिड १९ सम्बन्धी जनचेतना मुलक सन्देश प्रसारण भएका कारणले समाजका व्यक्तिहरु सचेत भएकाले साहको शव अन्तिम संस्कार गर्नका लागि कोही व्यक्ति नआएको उहाँले बताउनुभयो । अन्य कारणले नै साहको मृत्यु भएपनि समाजका व्यक्तिहरु सचेत भएका कारणले मलामी समेत नगएको र दाहसंस्कार गर्न समेत नआएको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia