- अमर काफ्ले

पछिल्लो एक महिनाको अवधिमा झण्डै चार सय नागरिक भारतबाट सुनसरी भित्रिएका छन् । सुनसरी भित्रिनेमा तेस्रो मुलकबाट आउनेको संख्या न्यून रहँदा भारतबाट घर फकिर्नेको संख्या भने उच्च छ ।सुनसरीमा पछिल्लो एक महिनामा कुल ४ सय १० जना भित्रिएका छन् । जसमध्ये तेस्रो मुलुकबाट आउनेको संख्या १७ जना मात्र छ ।
भारतबाट आएकाको संख्या भने ३ सय ९३ रहेको सुनसरी प्रशासनले जनाएको छ । भारतबाट भित्रिएको संख्यालाई सुनसरी प्रशासनले रोजगारीका क्रममा रहेकाहरु घर फर्किएको भनेको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार सुनसरी भित्रिएका मध्ये २ सय ५२ जना चिकित्सकको निगरानीमा होम क्वारेन्टाइनमा छन् ।प्रजिअ पौडेलका अनुसार भारतको मुस्लिम कार्यक्रमबाट फर्किएका सहित १४ जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य छ ।यसैबिच जिल्लाबाट नियन्त्रणमा लिइएको भनिएका केही पाकिस्तानी नागरिकको सम्वन्धमा बाहिरिएको हल्लामा सत्यता नरहेको सुनसरी प्रशासनले स्पष्ट पारेको छ ।प्रशासनले सप्तरीको मुस्लिम सभाताका सहभागि हुन आएका केही पाकिस्तानी नागरिक त्यसयता यतै रहेको र उनीहरु सबैको अवस्था समेत सामान्य रहेको जनाएको छ ।सुनसरीमा पछिल्लो अवस्था सम्ममा शंकास्पद मानिएका ४० जनाको स्वाब टेस्ट गरिएको छ । जसमध्ये ३६ जनामा कोरोनाको संक्रमण पाइएको छैन् । बाँकी ४ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ ।

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया

trusted online casino malaysia