- अमर काफ्ले

विहान ३ घण्टाकालागि बजार पसल खोल्ने निर्णय इनरुवाको हकमा लागु नहुने भएको छ । सुनसरी प्रशासनले आजबाट जिल्लाभर विहानको ७ देखी १० बजेसम्म अत्यावश्यक सेवाका पसलहरु संचालन गर्न दिने बताएको थियो ।वाणिज्य संघ इनरुवाले आज विहानको ३ घण्टा बजार पसल खोलेको थियो । आज बजार खुलेपनि भोलिबाट भने नगरभित्र औषधी बाहेकका पसल संचालन नहुने भएका छन् ।

इनरुवा नरपालिकाको कार्यालयले वर्तमान अवस्थामा जोखिम मोल्नु उचित नहुने निष्कर्श निकालेको छ । नगरपालिकामा बसेको कार्यपालिका बैठकले तत्कालिन अवस्थामा बजार पसल खोल्ने निर्णय व्यवहारिक नभएको ठहर समेत गरेको छ ।  सरोकारवाला पक्ष सहितलाई आमन्त्रित गरी डाकिएको बैठकमा पसल सञ्चालनको सवालमा सहमति जुट्न नसकेपछि नगर भित्रका बजार नखोलिने भएका हु्न् । बैठकमा नगरपालिकासँग समन्वय गरी आवश्यकता परेको खण्डमा समय निर्धारण गरी बजार खोलाउने विषयमा छलफल भएपनि सहमति भने जुट्न सकेन् ।नगर प्रमुख राजन मेहताले लक डाउनलाई कडाईका साथ लागु गर्नु पर्ने अवस्थामा बजार पसल खोल्नु सम्भावित जोखिमलाई वेवास्ता गरी विपत्तीलार्ई निमत्याउनु सरह हुने धारणा राखे ।

उनले भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको नगरपालिका त्यसैपनि सम्वेदनशील क्षेत्रका रुपमा रहेको बताए । छिमेकी जिल्ला उदयपुरमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो अवस्थामा रहँदा समग्र सुनसरीनै जोखिममा रहेको तर्फ सचेत हुन आवश्यक रहेको बेला बजार पसल खोल्ने सवालमा आफ्नो सहमति नरहेको मेहताले स्पष्ट पारे ।नगर प्रमुख मेहताले प्रशासन र उद्योग वाणिज्य संघले स्थानीय तहसँग समन्वय नगरी लादेको निर्णय प्रति खेद प्रकट समेत गरेका छन् । उनले नगरवासीलाई असुविधा परे नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने बताउँदै नगरवासीलाई घरमै बसी लक डाउनको पालना गर्न आग्रह समेत गरेका छन् ।

उता अघिल्लो दिन सूचना जारी गर्दै विहान ३ घण्टा बजार पसल खोल्ने निर्णय सार्वजनिक गरेको उद्योग वाणिज्य संघले नगरपालिकासँगको छलफल पछि भने भोलिबाट औषधी बाहेकका अन्य कुनै पसल सञ्चालनमा नआउने जनाएको छ ।प्रशासनको आग्रहमा बजार पसल खोलिएकोमा स्थानीय सरकारका रुपमा रहेको नगरपालिकाले परिस्थिती हेरी आवश्यक निर्णय गर्ने बताए अनुरुप अर्को निर्णय नभएसम्म बजार पसल बन्द रहने उद्योेग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साहले जानकारी दिए । साहका अनुसार नगरपालिकाले आवश्यक ठानेको अवस्थामा मात्रै आपसी समन्वय गरी बजार पसल खोलिने बताए ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीले लक डाउनलाई थप कडाई गर्ने भएको छ । नगरपालिकाको कार्यालयले समेत लक डाउन कडाई गर्न गरेको आग्रह र उदयपुरमा संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले समेत सुनसरीमा कडाई गर्न जरुरी देखिएको सुनसरी प्रहरीले जनाएको छ ।




https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2




https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia