स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । शनिबार दिउँसो पुनः ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । शनिबार विहान मात्र ३२ जना नयाँ संक्रमित भेटिएको अवस्थामा दिउँसो पुनः ३६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थपिएका संक्रमितहरुमा बैतडी शिवनाथ गाउँपालिकाका २० बर्षका दुई जना, २२ र २७ बर्षका एक एक जना गरी चार जना रहेको जानकारी दिनुभयो । यस्तै बाँकेका नरैनापुरका २७ जना पुरुष छन् झापाको झापा गाउँपालिकाका १ जना र सुर्खेतमा ३ जना रहेका छन् । बाँकेका संक्रमित सबै पुरुष हुन भने उनीहरुको उमेर १५ देखि ५० बर्षसम्म रहेको छ भने झापाका ३३ बर्षीय पुरुष हुन् । यस्तै सुर्खेतमा भेटिएका एक महिला र दुई संक्रमित पुरुषको बारेमा भने विवरण खुल्न बाँकी रहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेकाे छ भने ७० जना निको भएर घर फर्किएका छन् ।









तपाईको प्रतिक्रिया

trusted online casino malaysia