pele

महान् फुटबलर पेले ३८ बर्षपछि आइतबार कोलकाता आइपुगेका छन्। कोलकातामा उनको भव्य स्वागत गरियो।

पेलेलाई स्वागत गर्न भेला भएका समर्थकलाई संयमित राख्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। उनको स्वागतमा सोमबार कोलकाताको इडेन गार्डेन रंगशालामा मैत्रीपुर्ण खेल हुने छ।

सोमबार उनको सम्मानमा आयोजना हुने एक कार्यक्रममा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, भारतीय क्रिकेट टोलिका पूर्वकप्तान सौरभ गांगुली र ओस्कार बिजेता संगीतकार एआर रहमान सहभागी हुनेछन्।

पेलेले मंगलबार इन्डियन सुपर लिग(आइएसएल) अन्तर्गत एथ्लेटिको डि कोलकाता र केरला ब्लाष्टर्सबीचको खेल सम्मानित अतिथीको रुपमा हेर्नेछन्। पुरै खेल अवधिभर रंगशालामा बस्ने र खेल सकिएपछि कोलकाताका खेलाडिहरुसँग  विशेष भेटघाट गर्ने उनले बताएका छन्।साभार: सेतोपाटि

तपाईको प्रतिक्रिया

trusted online casino malaysia