sinet eeee
माघ २१ इनरुवा/
दश वर्ष राजनीतिबाट अलग रहेका पूर्व शिक्षा सहायक मंत्री समेत रहेका सिनेट श्रेष्ठले सुनसरीबाट पूनः राजनीति थाल्ने भएका छन् । शाहि कालमा शिक्षा सहायक मंत्रीको जिम्मेवारी सम्हालेयता राजनीतिबाट अलग रहँदै आएका श्रेष्ठले पूनः राजनीतिमा सकृयता जनाउन लागेका हुन् । सुनसरीको जिराइत स्थित निवासमा शुभेच्छुकहरुको भेला डाकेका सिनेटले मुलुकको वर्तमान राजनैतिक अवस्थाका कारण आफु पून : राजनीतिमा सकृय हुन लागेको बताए । राप्रपा नेपालको जिल्ला कार्य समितका पदाधिकारी लगायतको उपस्थिती रहेको भेलामा पूर्व मंत्री श्रेष्ठले जिल्ला पाटी पंक्तिको मजबुतिका साथै युवाहरुमा सकारात्मक सोचको विकास गराउनु आफ्नो प्रमुख दायित्व हुने बताए । राप्रपा नेपाल जिल्ला कार्य समितीमा रही राजनीती थाल्ने आषय व्यक्त गरेका श्रेष्ठले औपचारिक कार्यक्रमको आयोजना गरि पार्टी प्रवेश गर्ने बताए । सिनेट श्रेष्ठ पञ्चायत कालमा पटक पटक राष्ट्रिय पञ्चायत सदस्य तथा गृह मत्री समेत बनेका दिलबहादुर श्रेष्ठका छोरा हुन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia