FB_IMG_1454601519869 - Copy

अमर काफ्ले माघ २२ /आखिर असल मान्छेको दिन छोटो हुन्छ भन्ने भनाई फेरि पनि यथार्थ बन्यो । त्यो हरेक मानिस जो सबैको प्यारो अनि जसले सबैमा अटुट स्नेहको छाप छोडेको हुन्छ । उसको आयु पनि सीमित हुन्छ । अकल्पनिय घटना जसले सबैलाई वास्तविकता मनन गर्न विवष तुल्याउँछ ।
इनरुवावासी यतिवेला यस्तै अकल्पनिय घटना आत्मसाथ गर्न बाध्य छन् । सबैका दाई दिपक दाई अर्थात इनरुवाका दिकप निरौलाको विहीवार साँझ भएको मोटरसाइकल दुर्घटनामा ज्यान गयो ।
दिनभर इनरुवा सहित कार्यक्रममा सहभागि बनेका निरौला विहिवार साँझ त्रित्रिवनमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भयो । कार्यालयको कामका दौरान इटहरी पुगेर घरतर्फ फर्कने क्रममा उनी सवार को१२प ५४६६ नम्वरको मोटरसाइकल दुर्घटनामा पर्यो । विपरित दिशाबाट आउँदै गरेको ना३ख४५६१ नम्वरको ट्रिपरले ठक्कर दिँदा निरौलाको घटनास्थलमै ज्यान गएको हो ।
एक छोरा र एक छोरीका पिता निरौला निकैनै सघर्षशिल व्यक्तित्वका रुपमा कहलिन्थे । जीवनमा निकै उतारचढाव भोगेका निरौलाले जीवनकालभर सबैको प्यारो पात्र बनेर दीपक दाई, मामा, भिनाजु जस्ता उपनाम कमाएका । उनी अधिकांश सबैका लागि दाई थिए । सबैको प्यारो दिपक दाई ।
२०१९ सालमा इनरुवा ९ बलाहा पूर्व टोलमा जन्मेका दिपक निरौलाले भगवित मावि इनरुवा हुँदै महेन्द्र मोरङ विराटनगरबाट स्नातकको अध्ययन पुरा गरेका थिए ।
उनले घरमा ट्युसन कक्षा संचालन गरेर विद्यार्थीहरुलाई पढाउन थालेसँगै शिक्षामा बढ्दो रुचिलाई अस्थाई शिक्षकका रुपमा इनरुवा ८ मा रहेको राजाजी रामजी माविमा कार्य गर्दै जागिरे जीवनको सुरुवात गरेका थिए ।
गाविस सचिव बाट निजामति सेवामा प्रवेश गरेका निरौलाले सेवा समूह उत्र्रिण गरी खरदारका रुपमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा केहि समय काम समेत गरेका थिए । भुटानी षड्णार्थी शिविर झापा, पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटा, अध्यागमन विभाग काठमाण्डौ हुँदै स्थानीय निकाय तर्फको सरकारी सेवामा आफुलाई प्रवेश गराएका निरौला त्यसपश्चात म्यागलुङ नगरपालिकाको कार्यकारी अधिकृत बन्न पुगेका थिए ।
डेढ वर्ष अघि जिल्ला विकास समिति सुनसरीमा योजना अनुगमन तथा प्रशासकिय अधिकृतका रुपमा कार्य सम्हान्न आइपुगेका थिए ।
अधिकांश कार्यक्रममा आफैं सहभागि हुने निरौलाको प्रस्तुती र तर्क संगत कुराले उनको व्यक्तित्वमा निखार थप्ने काम गरेको थियो । उनका सहकर्मी तथा शुभचिन्तक दीपकको स्वभाव अनि सहयोगी मन विरलैमा पाइने बताउँछन् । अधिकृत दिपकको इनरुवा अस्पतालमा आज विहान पोष्टमार्टम पश्चात सुनसरी खोलामा दाहसंस्कार गरिएको छ । अधिकृत निरौलाको शोकमा डुबेको जिल्ला विकास समिति सुनसरीमा शुक्रवार कुनै काम हुन सकेन् । कर्मचारीहरु भावविव्हल हुँदा शुक्रवारको सेवा प्रभावित हुन पुगेको थियो ।

सम्भवतः दिपक दाईको विहीवारको अन्तिम भिडियो । समाचार संप्रेसणका क्रममा खिचिएको भिडियोमा चिया पिउँदै दिपक निरौला ।

 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia