जनकपुरधामा एक दर्जनभन्दा बढी लास भेटिएको छ । र, करिब ३५ वटाभन्दा अधिक लास हुन सक्ने अनुमान गरिएको छ ।

आज एक जना डोमले तीन वटा लास फाल्न लगेको अवस्थामा मानव साङ्गलोमा सहभागीहरुले ती डोमलाई पक्राउ गरेको छ ।
लाससहित अक्षय डुम पक्राउ परेका छन् र उनले अहिलेसम्म ३५ वटाभन्दा अधिक लास फालेको बताएका छन् ।

पक्राउ परेका डोमले भ्रमणपुरा चोक नजिक फोहोर फाल्ने ठाउँमा साल गाड्ने गरेको बताएका छन् । उनले ती शव अस्पतालबाट ल्याउने गरेको बताएपनि अस्पतालको नाम खुलाएका छैनन् ।

डाक्टर सन्तोष सिंहले एउटा शव व्यवस्थापन गरे वापत एक हजार रुपैयाँ दिने गरेका डुमले स्थानीयहरुलाई बताएका छन् ।

डोमले ३५ वटा लास गाडेको बताएपनि अहिलेसम्म बालबालिका सहित एक करिब एक दर्जन खास भेटिएको छ । केही लासको शरिरमा गोली लागेको छ । केही लासको टाउकोमा कालो पट्टी बाँधिएको छ । त्यहाँ निकै गन्हाईरहेकोले लास खोज्ने काममा कठिनाई भइरहेको छ ।
अहिले घटना स्थलमा मानिसहरुको घुँइचो लागेको छ ।

थप जानकारी आउन बाँकी छ ।

UPDATE जनकपुरमा भेटिएको लास मध्ये ६ वटा वेवारिसे लास भएको धनुषा प्रहरीले दाबी गरेको छ । आज साँझ पत्रकार सम्मेलन गरी ६ वटा लास बेबारीसे भएको जनाएको छ । बाँकी अन्य लासहरु पुरानो भएको प्रहरीको दाबी रहेको छ । घटनाका अन्य पक्षहरुका बारे प्रष्ट पारेको छैन ।

तर स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएको अक्षय डोमले आन्दोलनको समयमा आफूले ३५ वटा जति लास फालेको स्थानीय बासहीहरुलाई बताएका छन् । डोमले आफूलाई एउटा लास बापत एक हजार रुपैयाँ दिने गरिइएको बताए । प्रहरीले उनीमाथि छानविन भइरहेको बताएको छ ।

@hulakinews.net

Jnk-1-410x450

JNK-9

तपाईको प्रतिक्रिया

trusted online casino malaysia