Nepal-U-19-Cric

२९ असोज, काठमाडौं / यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपालले युगाण्डामाथि १७१ रनको फराकिलो जित हात पारेको छ । विश्वकप छनोटमा नेपालको यो लगातार दोस्रो जित हो ।नेपालले कप्तान राजु रिजालको शतकसँगै युगाण्डासामू २४३ रनको लक्ष्य दिएको थियो । तर, युगाण्डाले नेपाली बलिङ सामू घुँडा टेक्यो र ३६.२ ओभरमा ७१ रन जोड्दा अलआउट भयो ।
उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश श्रेष्ठले ३ विकेट लिए । आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र प्रेम तामाङले समान २-२ विकेट लिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia