२९ असोज, काठमाडौं । नेपाली फुटबल टोलीका पूर्वकप्तान हरी खड्काले म्याच फिक्सिङ प्रकरणलाई लिएर आफू स्तब्ध भएको बताएका छन् । उनले यसलाई नेपाली फुटबलको कालो धब्बाको संज्ञा दिए ।

Hari-khadka‘म्याच फिक्सिङको समाचारले स्तब्ध बनायो’ खड्काले अनलाइनखबरसित कुरा गर्दै भने-‘यो हाम्रो कल्पनाभन्दा बाहिरको पत्याउनै नसक्ने कुरा थियो ।’ फुटबलप्रेमीहरुले भरिएको देशमा खेलाडीहरुले गरेको गद्दारीबाट आफूहरुको समेत शिर झुकेको उनले बताए ।

प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सबै नेपालीहरु फुटबल प्रेमी भएको उल्लेख गर्दै खड्काले भने, ‘उनीहरुको विश्वास र भरोशालाई तोड्नु अक्षम्य अपराध हो । देशको कानून वमोजिम उनीहरुले कडाभन्दा कडा सजायँ पाउनुपर्छ ।

लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका खड्काले सन् २००४ मा सन्यास लिएका थिए । उनले केही समय नेपाली टोलीको नेतृत्व समेत गरे ।

तपार्इको पालामा पनि म्याच फिक्सिङका प्रस्ताव आएका थिए कि भन्ने प्रश्नमा उनले त्यतिबेला आफूलाई म्याच फिक्सिङको अर्थसमेत राम्ररी थाहा नभएको बताए । ‘मेरो हकमा भन्नुहुन्छ भने २००६/०७ तिर मात्रै म्याच फिक्सिङको विषयमा राम्रोसित बुझेको हुँ’ खड्काले भने ।

उनले अघि भने-‘सिंगो राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय गान गाएर मैदानमा पसेपछि दिलोज्यान लगाएर जितका लागि खेल्नु हरेक खेलाडीको दायित्व हो । पैसाका लागि देशलाई धोका दिने कुरा कल्पना पनि गर्न सक्दिनँ ।’

हाल नेपाली टोलीको सहायक कोचका रुपमा रहेका खड्काले सागरमा पहिलेदेखि नै अनुशासनको समस्या महसुस गरेका छन् । यद्यपि मैदानभित्र सागरले सतप्रतिशत दिएको जस्तो अनुभव हुन्थ्यो उनलाई । खड्का भन्छन्-‘अनुशासनको कुरामा उसको समस्याहरु थिए । मैदान बाहिर के गर्‍यो कसो गर्‍यो भन्नेतिर हामीले ध्यान दिएनौं । तर, ट्रेनिङमा ढिला आउने र कहिले आउँदै नआउने गर्दा मैले बारम्बार उसलाई सम्झाएको छु ।’

खड्काका अनुसार उनले सागरलाई भनेका थिए कि एउटा लिडरले सधैं अरुका लागि उदाहरण प्रस्तुत गर्नुपर्छ । लिडर नै सुत्यो भने उसको पछाडि रहेका प्लेयरहरु पनि सुत्छन् । यसरी सम्झाउँदा सागरले सम्झेजस्तो गथ्र्यो । तर, एउटै गल्ती दोहोर्‍याइरहन्थे । खड्का भन्छन्-जहाँसम्म म्याच फिक्सिङको कुरा छ, उसले यस्तोसम्म हर्कत गर्ला भन्ने चाहिँ लागेको थिएन । एज अ प्लेयर, अहिले पनि यो कुरा विश्वास गर्न गाह्रो भइरहेको छ ।’

ढिलै भए पनि नेपाल प्रहरीले यो घटनालाई उजागर गरेर सह्राहनीय काम गरेको भन्दै खड्काले प्रशंसा गरे । अब नेपाली फुटबलको उज्याला दिन सुरु हुन सक्ने उनको भनाइ छ ।

खेलाडीहरुलाई उनीहरुले गरेको अपराध बमोजिमको सजाय दिनुपर्नेमा जोड दिदै खड्काले भविश्यमा यस्ता घटना नदोहोरिउन् भन्नका लागि सचेत रहनुपर्ने सुझाव दिए । ‘अब घरेलु फुटबलदेखि नै ध्यान दिनुपर्छ । फेन टेपिङ, भिडियो क्लिप्स लगायत प्रविधिहरुलाई व्यापक रुपमा प्रयोग गर्नुपर्छ’ उनले भने, ‘यसलाई हल्का रुपमा लिइयो भने नेपाली फुटबल फेरि कहिल्यै माथि उठ्न सक्दैन ।’ साभार : अनलाईन खबर

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia