इनरुवामा प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु

इनरुवामा प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु
सुनसरी सदरमुकाम इनरुवामा आजबाट दोस्रो प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता इनरुवा नगरपालिका र शान्तिदीप नेपालले संयुक्त रुपमा संचालनमा ल्याएको हो । महेन्द्रचौकमा सुरु प्रतियोगिताको इनरुवा नगरपालिका प्रमुख राजन मेहताले औपचारिक उद्घाटन गर्नु भएको छ । प्रतियोगिता अन्र्तगत उद्घाटन खेल इनरुवा भलिबल क्लब इनरुवा र नेपाल पुलिस क्लब रानीबीच सम्पन्न भएको छ । बे...

इनरुवामा रात्रिकालीन T10 सुरु

इनरुवामा रात्रिकालीन T10 सुरु
सुनसरी सदरमुकाम इनरुवामा रात्रिकालीन टि टेन क्रिकेट प्रतियोगिता सुरु भएको छ । इनरुवा खेल मैदानमा गयराती प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ । पूर्व अर्थमंत्री ज्ञानेन्द्र कार्की, इनरुवा नगरपालिका प्रमुख राजन मेहता र कोशी गाउँपालिका प्रमुख ऐयुब अन्सारीले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन पश्चात महिला मैत्रिपूर्ण खेल खेलाइएको थियो । प्रदे...

इनरुवाका प्रकाश अनुरागको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

इनरुवाका प्रकाश अनुरागको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
सुनसरी सदरमुकाम इनरुवा १ घर भएका प्रकाश अनुरागले दुई म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । मैथिली भाषाका दुई गित अनुरागले इनरुवामा पत्रकार सम्मेलनकाबीच सार्वजनिक गरेका हुन् । दुवै गितमाको स्वर प्रकाश अनुरागको रहेको छ । इजोरिया फिल्म्सको ब्यानरमा रहेको इ जान जुवानी चारि दिन बोलको गितमा स्वयं गायक अनुरागका साथै बिजय कुमार र पुजा दाहालको अभिनय रहेको छ । त्यसैगरी छिन्नमस्ता फिल्म्सले बजारमा ल्या...

रामधुनीको बानडाँडामा प्याब्सनको नमूना वस्ती

रामधुनीको बानडाँडामा प्याब्सनको नमूना वस्ती
निजि तथा आवासीय विद्यालय संगठन(प्याब्सन)ले सुनसरीको रामधुनी नगरपालिका वडा नम्वर ८ मा नमूना वस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रिय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरी सहितको नमूना वस्ती निर्माण गर्न लागेको हो । रामधुनी नगरपालिकाले उपलब्ध गराएको करिव १ विगाह क्षेत्रफलमा सुविधा सम्पन्न वस्ती निर्माण गर्न लागेको प्याब्सन सुनसरी जिल्ला अध्यक्ष विष्णु कोइरालाले बताउनु भयो ...

चाँदनी स्कुलमा चोरी गरि आगजनी

चाँदनी स्कुलमा चोरी गरि आगजनी
ईनरुवा। ईनरुवा नगरपालिका-१ मा रहेको श्री चाँदनी आधारभूत प्राथमिक बिद्यालयमा गए राती अज्ञात समूहले चोरी गरी आगजनी गरेका छन् । अज्ञात व्यक्तिहरुले राती साढे २ बजे अफिस कोठाको ताला फोडेर अफिसमा रहेको अन्दाजी ५५ हजार बराबरको कम्प्युटर थान-१ र डिजे साउण्ड बक्स चोरी गरी अफिस कोठामा आगो लगाई फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीबाट अफिस कोठामा भएको पुस्तकहरु, रोष्टम, फायल, खेलकु...

इनरुवामा यामाहाको शोरूम उद्घाटन

इनरुवामा यामाहाको शोरूम उद्घाटन
इनरुवा। एमएडब्ल्यू इण्टरप्राइजेजले मंगलबार देखि सुनसरी सदरमुकाम इनरुवामा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले पाथीभारा ईन्टरप्राईजेज नामको नयाँ शोरुम इनरुवामा सञ्चालनमा ल्याएको हो । कम्पनीले पाथीभारा ईन्टरप्राईजेज शोरुम मार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्री एस’ सेल्स, सर्भिस र स्पेयर पार्ट्स को सुविधा उपलब्ध गराउने बताएको छ । कम्पनीले अब यस क्षेत्रका ग्राहाकहरुलाई पाथीभारा ईन्टरप्राईजेज मार्...

भाण्टावारीमा बस पल्टिदा ७ जना घाइते

भाण्टावारीमा बस पल्टिदा ७ जना घाइते
इनरुवा । सुनसरीको कोशी गाउँपालीकामा बस पल्टिँदा ७ जना यात्रु घाइते भएका छन् । सीमा प्रहरी चौकी भाण्टावारीका अनुसार कोशी गाउँपालीका ८ स्थित तिनकुनेमा पश्चिम बाट पूर्व जादै गरेको ना ७ ख १४४० नम्बरको बस अनियन्त्रित भई पल्टिँदा ७ जना घाइते भएको हो । पूर्व पश्चिम् राजमार्ग अन्तर्गत उक्त बस अनियन्त्रित भई २० फिट तल खसेको थियो । घाइते हुनेहरुमा झापाको अर्जुनधारा ५ बस्ने ५६ वर्षका गिरिवाण बिजय खड्का, त...

इनरुवामा खानेपानी तथा सर्वत वितरण

इनरुवामा खानेपानी तथा सर्वत वितरण
इनरुवा । युवाहरुलाई साामजिक काममा अभिप्रेरित गराउँदै आएको नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल सुनसरीले आज इनरुवामा निःशुल्क खानेपानी तथा सर्वत वितरण गरेको छ । केहि दिन देखि सुरु भएको प्रचण्ड गर्मीका कारण बटुवाहरुलाई समेत हिँड्न सास्ती भइरहेको देखेपछि तरुण दल सुनसरीले इनरुवा, धरान, इटहरी तथा तरहरामा शुद्ध खानेपानी तथा सर्वत पानी वितरण गरेको हो । तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले प्रचण्...

इनरुवाका मेयरको प्रतिवद्धता : आगामी वर्ष थप योजना सहितको बिकास

इनरुवाका मेयरको प्रतिवद्धता : आगामी वर्ष थप योजना सहितको बिकास
इनरुवा नगरपालिका प्रमुख राजन मेहताले आफ्नो नगरपालिका सुनसरीकै नमूना बन्ने दाबी गरेका छन् । नगरपालिकाले अघि सारेको नीति तथा योजना कार्यान्वयनको चरणमा रहेकाले समुन्नत नगरको परिकल्पना छिटै साकार हुने नगर प्रमुख मेहताले विश्वास व्यक्त गरे । स्थानीय स्रोत साधन र केन्द्रिय बजेट तथा कार्यक्रम मार्फत संचालनमा रहेका बिकासे योजना नगरभित्र चरणवद्ध रुपमा अघि बढीरहेको बताएका मेहताले थप कार्यक्रम र बजेटकालागि...

इनरुवाको न्यायीक समिति अत्यन्तै प्रभावकारीः न्यायिक समिति सदस्य रञ्जेश भट्टराई

इनरुवाको न्यायीक समिति अत्यन्तै प्रभावकारीः न्यायिक समिति सदस्य रञ्जेश भट्टराई
इनरुवा नगरपालिका २ का वडा सदस्य तथा न्यायिक समिति इनरुवाका सदस्य रञ्जेश भट्टराईको जन्म वि. सं. २०२९ साल सुनसरीको साविक सत्तेरझोरा गाउँ विकास समितिमा भएको हो । पिता रेवत प्रसाद भटट्राई र माता उमा देवी भटट्राईकी ५ छोरी र दुई छोरा मध्ये माईलो छोरा रञ्जेश भटट्राई हुन् । रंञ्जेशले २०३३ सालमा आफ्नो प्रारम्भिक शिक्षा सदरमुकाम इनरुवा १ स्थित रहेको सुनसरी प्रा.वि.बाट सूरु गरेका थिए । त्यत्तिबेला अहिलेको जस...