छिमेकीलाई फकाएर विश्वशक्ति बन्ने दौडमा चीन

छिमेकीलाई फकाएर विश्वशक्ति बन्ने दौडमा चीन
काठमाडौं / बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सक्रिउ चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ । विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारण अघि सारेको अवस्थामा चीन छिमेकीको साथ खोजेर ‘एसियन युग’ निर्माणमा लागेको हो । अमेरिकाले भारत, अष्ट्रेलिया र जापानसँग मिलेर आफ्नो शक्ति विस्तार गरिरहेको बुझाई चीनको रहेको छ । तर, चीनले अमेरिकी रणनीति ...

विश्वकै १० किलोमिटर लामो नुन गुफा भेटियो

विश्वकै १० किलोमिटर लामो नुन गुफा भेटियो
इजरायली अनुसन्धान टोलीका सदस्य बिहीबार मृत सागर क्षेत्रमा फेला परेको विश्वकै लामो नुन–गुफामा । उक्त गुफालाई ‘मल्हम’ नामकरण गरिएको छ । सोडोम पहाडमुनिबाट अघि बढेको उक्त गुफा १० किलोमिटर लम्बाइको छ । सन् १९८० बाट खोजी प्रयास भए पनि यतिबेला १० दिन लगाएर वैज्ञानिकहरूले यसलाई भेटाएका हुन् । यो गुफा त्यो क्षेत्रनजिक छ, जहाँ बाइबलमा लोटकी श्रीमती नुनको खम्बामा परिणत भएको भनी देखाइएको छ । एपि

भारतमा चुनाको रौनकः अति गरिबलाई ७२ हजार सम्म दिने आश्वसन

भारतमा चुनाको रौनकः अति गरिबलाई ७२ हजार सम्म दिने आश्वसन
काठमाडौं । भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिब परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन् ।न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उनले बताए । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको जानक...

ज्यान जोगाउन सिरियाबाट भागेका बाबुछोरा न्यूजील्याण्डमा मारिए

ज्यान जोगाउन सिरियाबाट भागेका बाबुछोरा न्यूजील्याण्डमा मारिए
काठमाडाैं / सिरियाको गृहयुद्धका कारण विश्वकै सर्वाधिक सुरक्षित ठानिएको मुलुक न्यूजील्याण्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएका छन् । उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजील्याण्डबासी उपस्थित भएर भावपूर्ण बिदाइ गरेका थिए । सिरियाबाट न्यूजील्याण्ड पुगेका ४४ वर्षीय खालिद मुस्ताफा र उनका १५ वर्षीय छोरा हम्जा आक्रमणमा मारिएका हुन् । मस्जिदमा शुक्रबारको प्राथनाका...

हिरा व्यापारी मोदी लण्डनमा समातिए

हिरा व्यापारी मोदी लण्डनमा समातिए
काठमाडाैं। पञ्जाव नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हिरा व्यापारी नीरव मोदी लण्डनमा पक्राउ परेका छन् । मोदीलाई लण्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो । बुधबार वेस्टमिनिस्टर अदालतमा पेस गरिएकामा उनको धरौटी माग अस्वीकार गरिएको छ । उनलाई अब ९ दिन हिरासतमा राखिने छ भने अर्को सुनुवाई २९ मार्चमा हुनेछ । अब उनलाई लिन भारतीय अधिकारीहरु सुपुर्दगीसम्बन्धी कागजात लिएर अ...

ट्रम्पले विशेषाधिकार प्रयोग गर्दै, संकटकाल लगाएर भए पनि सीमामा पर्खाल निर्माण गरिछाड्ने

ट्रम्पले विशेषाधिकार प्रयोग गर्दै, संकटकाल लगाएर भए पनि सीमामा पर्खाल निर्माण गरिछाड्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको निर्णयविरुद्ध विशेषाधिकार (भिटो) प्रयोग गरेका छन्। संकटकाल लगाएर भए पनि सीमामा पर्खाल निर्माण गरिछाड्ने आफ्नो प्रस्ताव कंग्रेसले अस्वीकृत गरेपछि ट्रम्पले भिटो लगाएका हुन्। राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालमा पहिलोपटक भिटो प्रयोग गरेका हुन्। सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पले बढ्दो आप्रवासी नियन्त्रण र लागूऔषधको तस्करी रोक्न मेक्सिको...

यी पप स्टारको उत्तेजक नृत्यले सेनाको टाउको दुख्यो

यी पप स्टारको उत्तेजक नृत्यले सेनाको टाउको दुख्यो
बैंकक । थाइल्याण्डमा १८ वर्षीया लाम्याई हाइथोन्गखाम उत्तेजक डान्सका कारण चर्चित छिन् । उनका ‘सेक्सी मुभ’ ले उनलाई देशैभरी परिचित बनाएको छ । उनको नृत्यले थाइल्याण्डमा यतिधेरै खैलाबैला मच्चाएको छ । थाइल्याण्डका एक नेताले उनले आफ्नो शरीर ढाक्नुपर्ने र साधारण नृत्य प्रस्तुत गर्नुपर्ने माग राखेका छन् । एफपी न्यूज एजेन्सीका अनुसार प्रयुत चान–ओ–चाले उनीविरुद्ध अभियान थालेका छन् । थाइल्याण्डको सेना जुन...

पछिल्लो तनाव पछि भारत र पाकिस्तानका प्रतिनिधिहरूको पहिलो बैठक अट्टारीमा सम्पन्न

पछिल्लो तनाव पछि भारत र पाकिस्तानका प्रतिनिधिहरूको पहिलो बैठक अट्टारीमा सम्पन्न
काठमाडौं । भारत र पाकिस्तानका प्रतिनिधिहरूको बैठक भारतको पञ्जावमा पर्ने अट्टारीमा बिहीबार बसेको छ । करतारपुर करिडोरको खाकालाई अन्तिम रूप दिन भन्दै दुई देशका प्रतिनिधिको पहिलो बैठक बसेको हो । बैठक पञ्जाबको गुरदासपुर जिल्लामा भएको हो । दुवै पक्षका प्रतिनिधिहरू वार्ताका लागि बुधबार बेलुका अमृतसर आइपुगेका थिए । ‘करतारपुर करिडोर बनाउने सपना पूरा गर्ने हाम्रो प्रतिबद्धता छ । बैठकमा त्यही अनुसार छलफल ...

सुरक्षा परिषदमा भारतलाई धक्काः चीनले जैस–ए–मोहम्मदलाई आतंकवादी घोषणा गर्न मानेन

सुरक्षा परिषदमा भारतलाई धक्काः चीनले जैस–ए–मोहम्मदलाई आतंकवादी घोषणा गर्न मानेन
काठमाडौं । आतंकवादी गतिविधिमा संलग्न भनिएको पाकिस्तानी समूह जैस–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहरलाई आतंककारी घोषणा गर्न भारतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा राखेको प्रस्ताव चीनले रोकेको छ। सुरक्षा परिषद्मा अजहरलाई आतंककारी घोषणा गर्न भारतले राखेको प्रस्ताव चीनले रोकेको यो चौथोपटक हो। यो नतिजाबाट हामी अत्यन्त दुखी छौँ। फेब्रअरी १४ मा जम्मु कश्मीरमा भएको आतंकवादी हमलाको जिम्मा लिएको यो स...

भारतीय लोकसभा निर्वाचन सात चरणमा

भारतीय लोकसभा निर्वाचन सात चरणमा
काठमाडौं / भारतीय निर्वाचन आयोगले करिव डेढ महिना लामो लोकसभा निर्वाचनको मिति घोषणा गरेको छ । आइतवार आयोगले सात चरणमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । सात चरणको निर्वाचनको मतदान आगामी चैत २८ देखि शुरु हुने र जेठ ५ गतेसम्म जारी रहने आयोगले आइतवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । दोस्रो चरणको मतदान बैशाख ५, तेस्रो चरण बैशाख १०, चौथो चरण बैशाख १६, पाँचौ बैशाख २३, छैठौ बैशाख...