मालपोतको फैसला अदालतले उल्ट्यायोः एक सय ३१ रोपनी सरकारी जग्गा राणा परिवारलाई

मालपोतको फैसला अदालतले उल्ट्यायोः एक सय ३१ रोपनी सरकारी जग्गा राणा परिवारलाई
काठमाडौं / भक्तपुर नगरकोटको एक सय ३१ रोपनी सरकारी जग्गा भक्तपुर जिल्ला अदालतको फैसलाले राणाको नाममा दर्ता हुने भएको छ। न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले गत फागुन २१ मा मालपोत कार्यालय भक्तपुरको निर्णय बदर गरी सो जग्गा राणा परिवारको नाममा कायम गरिदिएको छ। मालपोत कार्यालयले सरकारका नाममा दर्ता गराएको एक सय ३१ रोपनी जग्गा भक्तपुर जिल्ला अदालतले उल्टी गरी दिवाकर राणाको परिवारको नाममा कायम हुने...

इनरुवामा यामाहाको शोरूम उद्घाटन

इनरुवामा यामाहाको शोरूम उद्घाटन
इनरुवा। एमएडब्ल्यू इण्टरप्राइजेजले मंगलबार देखि सुनसरी सदरमुकाम इनरुवामा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले पाथीभारा ईन्टरप्राईजेज नामको नयाँ शोरुम इनरुवामा सञ्चालनमा ल्याएको हो । कम्पनीले पाथीभारा ईन्टरप्राईजेज शोरुम मार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्री एस’ सेल्स, सर्भिस र स्पेयर पार्ट्स को सुविधा उपलब्ध गराउने बताएको छ । कम्पनीले अब यस क्षेत्रका ग्राहाकहरुलाई पाथीभारा ईन्टरप्राईजेज मार्...

एनसेललाई लाभकर नतिर्न सर्वाेच्चकाे अन्तरिम आदेश

एनसेललाई लाभकर नतिर्न सर्वाेच्चकाे अन्तरिम आदेश
काठमाडौं / सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशलाई प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभाकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको कर नतिर्न सोमबार अन्तरिम आदेश दिएको हो । सर्वोच्चको यो आदेशले यसअघि बृहत् पूर्ण इजलासले दिएको परमादेशलाई चुनौती दिएको छ । सरकारलाई बाँकी रह...

४ अर्ब ४३ करोडको तेल भारत निर्यात

४ अर्ब ४३ करोडको तेल भारत निर्यात
काठमाडौँ / वीरगन्ज भन्सार भएर चार अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँको खानेतेल भारत निर्यात भएको छ । यहाँबाट भटमासको तेल र पाम आयल निर्यात सुरु भएको हो । सुरुमा निर्यात गर्ने उद्देश्यले वीरगञ्ज करिडोरमा स्थापित भएका घिउ–तेल उद्योग पछिल्लो समय स्वदेशी बजारमा मात्र सीमित हुँदा समस्या खेपिरहेका थिए । आधा दशकको अन्तरालपछि फेरि एकपटक देशबाहिर नेपाली तेल उद्योगको उत्पादनले बजार पाएको छ । आजको नागरिक दैन...

कर्मचारीलाई झड्का लाग्ने खबर : तलब भत्ता सम्बन्धि बजेटमा यस्तो नयाँ व्यवस्था गर्ने तयारी

कर्मचारीलाई झड्का लाग्ने खबर : तलब भत्ता सम्बन्धि बजेटमा यस्तो नयाँ व्यवस्था गर्ने तयारी
काठमाडौ । साताभरी जिल्लातिर बरालिएर त्यही बापतको भत्ता र होटल खर्च राज्यबाट लिँदै आएका मन्त्री, राज्यमन्त्री र तिनका स्वकीयलाई झट्का लाग्ने खबर छ । राजधानीमै बसेर जिल्लाको खर्च देखाउने प्रवृतिलाई निरुत्साहित गर्न सरकारले नयाँ व्यवस्था ल्याएको छ । मन्त्रालयको ढोकै थुनेर बजेट निर्माणमा खटिरहेको अर्थले कार्यसञ्चालन निर्देशिका मार्फत दरबन्दी तथा तलब भत्तासम्बन्धी नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस...

उग्रतारा मन्दिरको १७ हजार रोपनी जग्गा नै गायब

उग्रतारा मन्दिरको १७ हजार रोपनी जग्गा नै गायब
काठमाडाैं / उग्रतारा मन्दिरको जग्गा विभिन्न व्यक्तिले कब्जा गर्ने क्रम बढेको छ । पञ्चायतकालमा १७ हजार रोपनी जग्गा भएको उग्रतारा मन्दिरसँग अहिले १ सय ८० रोपनी मात्रै बाँकी छ । मूल मन्दिर रहेको क्षेत्र नै ऐलानी जग्गामा परेको छ ।जग्गाका विषयमा पटक पटक विवाद उत्पन्न भए पनि सरोकारवाला निकायले चासो नराख्दा व्यक्तिले हडप्ने क्रम बढेको हो । स्थानीय बासिन्दासँग विवाद पुनः सुरु भएपछि उग्रतारा क्षेत्र विकास ...

प्रधानमन्त्रीसम्मको नयाँ तलबमान, ४ दिनभन्दा बढीको खर्च आफैँले व्यहोर्नुपर्ने

प्रधानमन्त्रीसम्मको नयाँ तलबमान, ४ दिनभन्दा बढीको खर्च आफैँले व्यहोर्नुपर्ने
काठमाडौँ – साताभरी जिल्लातिर बरालिएर त्यहीबापतको भत्ता र होटल खर्च राज्यबाट लिँदै आएका मन्त्री, राज्यमन्त्री र तिनका स्वकीयलाई झट्का लाग्ने खबर छ । राजधानीमै बसेर जिल्लाको खर्च देखाउने प्रवृतिलाई निरुत्साहित गर्न सरकारले नयाँ व्यवस्था ल्याएको छ । मन्त्रालयको ढोकै थुनेर बजेट निर्माणमा खटिरहेको अर्थले कार्यसञ्चालन निर्देशिकामार्फत दरबन्दी तथा तलबभत्तासम्बन्धी नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस्थ...

स्थानीय तहमा बेथितिः पटके समितिलाई करोडौँको आयोजना

स्थानीय तहमा बेथितिः पटके समितिलाई करोडौँको आयोजना
काठमाडौँ / मुलुकभर ३ लाख २८ हजार १ सय उपभोक्ता समिति छन् । तीमध्ये १ लाख हाराहारीमा स्थायी प्रकृतिका छन् । बाँकी समिति पटके हुन् । पटके समितिले पनि करोड माथिका आयोजना मज्जाले निर्माण गरिरहेका छन् । स्थानीय तहले आफ्नो क्षेत्रभित्र निर्माण गर्ने करोडौंका आयोजना उपभोक्ता समितिबाटै गराइरहेका छन् । बजेट हात पार्न डमी उपभोक्ता समिति खडा गर्ने प्रवृत्ति हाबी भएको छ । करोडभन्दा माथिका आयोजना पनि उपभोक्...

अब नेपालमै मोबाईल निर्माण गर्न अध्ययन

अब नेपालमै मोबाईल निर्माण गर्न अध्ययन
काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ। सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ।‘यो मेक इन नेपाल अन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल फोन उत्पादन तथा एसेम्बलको सम्भावना अध्ययन गर्न लागेको हो’,प्राधिकरणका उपनिर्देशक विनो चन्द्र श्...

बेरोजगारी दर ११.४%,प्रदेश–३ मा सबैभन्दा बढी रोजगार

बेरोजगारी दर ११.४%,प्रदेश–३ मा सबैभन्दा बढी रोजगार
काठमाडौं ।नेपालमा बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत रहेको आँकडा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ । विभागले शुक्रवार सार्वजनिक गरेको तथ्यांक अनुसार १५ वर्षमाथिका अर्थात् काम गर्ने उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार रहेकोमा त्यसमध्ये ७९ लाख ९४ हजार श्रम बजारमा सक्रिय छ । त्यसमध्ये ९ लाख ८ हजार जना पूर्ण बेरोजगार छन् । बेरोजगारमध्ये ५ लाख ११ हजार पुरुष र ३ लाख ९७ हजार महिला छन् । विभा...