दिल्लीमा उपप्रधानमन्त्री कमल थापाले भने रोटीबेटीको सम्बन्ध भन्ने, आपूर्ति बन्द गर्ने ?

दिल्लीमा उपप्रधानमन्त्री कमल थापाले भने रोटीबेटीको सम्बन्ध भन्ने, आपूर्ति बन्द गर्ने ?
नयाँदिल्ली, मंसिर १६ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतको व्यवहारले दुई देशबीचको सम्बन्धको गलत परीक्षण भएको बताएका छन् । रोटीबेटीको सम्बन्ध भन्ने तर आपूर्ति बन्द गर्ने भारतको नियत ठीक नभएको थापाको भनाइ छ । बेंग्लोरबाट मंगलबार साँझ पौने आठ बजे दिल्ली फर्किएका थापाले नेपाली दूतावासमा आयोजित रात्रिभोजमा भारतीय सांसद तथा भाजपासहितका नेतालाई सम्बोधन गर्दै भारतले वीरगन्जबाहेकका ना...

भूकम्पपीडितलाई फेरि ६ अर्ब

काठमाडौं , मंसिर १६ । भूकम्पबाट ध्वस्त भौतिक संरचना पुनर्निर्माण सुरु गर्न नसकेको भन्दै आलोचित सरकारले पीडितलाई राहत दिन फेरि ६ अर्ब रुपैयाँ निकासा गरेको छ। भूकम्पपीडित लाखौं सर्वसाधारणले सरकारको यथेष्ट सहयोग नपाएरै बर्खेझरी धकेल्न बाध्य भएको र हिउँदको चिसो पनि त्यसै काट्नुपर्ने अवस्था आएको आलोचना तीव्र भएपछि सरकारले गत साता प्रतिपरिवार १० हजार रुपैयाँका दरले राहत दिने निर्णय गरेको थियो। सरक...

‘कालोबजारभन्दा चिनियाँ इन्धन नै ठीक’

काठमाडौं , १६ मंसिर । नेपाल आयल निगमले कात्तिक पहिलो साता विराटनगरस्थित विराट पेट्रोलियमसँग प्रतिलिटर १ सय ९९ रुपैयाँमा पेट्रोल र १ सय ८७ रुपैयाँमा डिजेल (करबाहेक) खरिद सम्झौता गर्यो ।चीनसँग व्यावसायिक रुपमा पेट्रोलियम पदार्थ खरिद गर्दा करसहित पेट्रोल प्रतिलिटर १ सय ५०, डिजेल १ सय ३० रुपैयाँ पर्छ । कर छुट गर्दा पेट्रोल १ सय १५ र डिजेल ९५ रुपैयाँ । सरकार चीनसँग सम्झौता गर्न हच्किनु कर तिर्दा महँगो ...

तेस्रो मुलुकबाट आएका चार हजार कन्टेनर भारतमा

काठमाडौं , १६ मंसिर । भारतीय अवरोधका कारण कोलकाता बन्दरगाह हुँदै तेस्रो मुलुकबाट नेपाल पुग्नुपर्ने तीन लाख २२ हजार पाँच सय मेट्रिकटन रासायनिक मल, कोइला र औद्योगिक कच्चा पदार्थ सीमामै रोकिएका छन् । यी सबै सामान बोकेका तीन हजार सात सय ७५ सुक्खा बन्दरगाहमा कन्टेनर रोकिएका हुन् । पछिल्लो साता भारतबाट जम्मा पाँच हजार मेट्रिकटन कोइला, २५ सय मेट्रिकटन मल नेपाल भित्रिएको छ भने औद्योगिक कच्चा पदार्थ भित्रि...

भारतबाट ३० प्रतिशत विजुली आयात

काठमाडौं , १५ मंसिर । नेपालको आन्तरिक माग पूरा गर्न भारतबाट बाषिर्क रुपमा औसत ३० प्रतिशत बिजुली आयात भइरहेको छ ।जलस्रोतको प्रचुर संभावना भएर पनि जलविद्युत आयोजना निर्माण नर्ग नसक्दा हरेक वर्ष अर्बौ रुपैयाँ भारतबाट विद्युत आयातमै खर्च भइरहेको  छ ।नेपाल विद्युत प्राधिकरणका अनुसार अहिले बिहान पाँच देखि ६ बजेसम्म मागको तुलनामा करिब ९४ मेगावाट विद्युत अपुग छ । साँझ ६ बजेदेखि आठ बजेसम्म अधिकतम पाँच सय १...

माथिल्लो तामाकोसी ८ महिनादेखि ठप्प

माथिल्लो तामाकोसी ८ महिनादेखि ठप्प
दोलखा, १५ मंसिर । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत्त आयोजनाको काम भूकम्प र इन्धन अभावले ८ महिनादेखि ठप्प भएको छ । मुलुकको लोडसेडिङ कम गर्न निकै महत्त्वपूर्ण मानिएको राष्ट्रिय गौरवको यो आयोजना दोलखाको लामाबगर गाविसमा निर्माण भइरहेको छ ।गत वैशाखमा गएको बिनासकारी भूकम्पले क्षति पुर्याएको सडक खुलाउने काम सुरु हुन लागेलगत्तै इन्धन अभावले फेरि काम सुरु हुन लागेलग...

चीनबाट इन्धन ल्याउन यसकारण अड्कियो

काठमाडाैं , म‌ंसिर १५ । चीनको राजधानी बेइजिङमा चालु रहेको नेपाल आयल निगमको प्राविधिक टिम र पेट्रो चाइनाबीचको वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको भएपनि कर छुटमा समस्या परेको वार्तामा सहभागीले बताएका छन् । नेपाल आलय निगमका निमित्त निर्देशक सुशील भट्टराईले वार्ता सकारात्मक रुपमा अघि बढेको तर कर छुटको विषयले वार्ता अलमलमा परेको बताए । प्राविधिक टोलीमा सहभागी अर्का सदस्य दीपक बराल भने सोमबारै नेपाल ...

आधा सवारी कालोबजारीको तेलले

आधा सवारी कालोबजारीको तेलले
काठमाडाैं , म‌ंसिर १५ ।  ठमेलमा अडिट अफिस चलाउने सुजन दाहालले नाकाबन्दीयतामात्रै ३० हजार रुपैयाँको पेट्रोल खरिद गरेर व्यवसाय चलाइरहेका छन् । न्युरोडमा कार्गो भ्यान चलाउने बाबुकृष्ण बाँस्कोटाले पनि हालसम्म १७५ लिटर तेल कालोबजारीमार्फत खरिद गरे ।पिकअप भ्यानमार्फत पसलहरुमा सामान आपूर्ति गर्दै आएका ठाकुर गौतमले २ महिनायता २ सय लिटर तेल कालोबजारीबाट किनेर जसोतसो व्यवसाय चलाइरहेका छन् ।ट्राफिक प्रहरीका ...

प्रहरीको ग्यास प्लान्ट योजना अलपत्र

प्रहरीको ग्यास प्लान्ट योजना अलपत्र
काठमाडाैं , मंसिर १५ । नेपाल प्रहरीले राजधानी तथा आसपासका जिल्लाका उपभोक्तालाई लक्षित गरी संचालन गर्न लागेको ग्यास प्लान्ट योजना नेपाल आयल निगमले स्वीकृति  नदिँदा अलपत्र परेको छ । मन्त्रिपरिषद् कार्यालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ग्यास प्लान्ट संचालन अनुमतिका लागि निगममा पत्र गएपनि अन्तिम निर्णय नहुँदा १ वर्षदेखिको योजना अघि बढ्न सकेको छैन।मन्त्रालयबाट सैद्धान्तिक सहमति पाएपछि प्रहरीको...

पारबहनकालागि बन्दरगाह र विमानस्थल दिन तयार: बंगलादेशी राजदूत साम्स

पारबहनकालागि बन्दरगाह र विमानस्थल दिन तयार: बंगलादेशी राजदूत साम्स
मंसिर १४ -नेपालका लागि बंगलादेशकी राजदूत मास्की बिन्ते साम्सले नेपालले अन्य बाहिरी देशबाट इन्धन र ग्यास ल्याए ‘ट्रान्जिट’को रुपमा बन्दरगाह उपलब्ध गराउन बंगलादेश तयार रहेको बतउनुभएको छ ।राजधानीको रिपोटर्स क्लवमा आज आयोजित साक्षात्कारमा राजदुत साम्सले नेपाललाई मंगला र चिटगाँउ बन्दरगाह प्रयोग गर्न दिने स्पष्ट गर्नुभएको हो ।उहाँले नेपाली ढुवानी साधनहरु निर्वाध रुपमा बंगलादेश जान पाउने भए पनि बंगला...