कैदी भागेपछि दुई प्रहरी हिरासतमा

कैदी भागेपछि दुई प्रहरी हिरासतमा
चैत्र १४ इनरुवा/ लागु औषध तथा ओसार पसार मुद्धाका अभियुक्त फरार भएपछि सुनसरी प्रहरीले दुई प्रहरी उपर कार्वाही अघि बढाएको छ । लागु औषध कारोबारको अभियोगमा प्रक्राउ परेका बेलबारीका विरेन्द्र खत्री म्याद थपका क्रममा सरकारी वकिल कार्यालय इनरुवा परिषर बाटै फरार भएपछि प्रहरी जवानहरु लोकबहादुर महत र जीवन श्रेष्ठ कार्वाहीमा परेका हुन् । उनिहरु विरुद्ध थुनुवा भागे भगाएको अभियोगमा मुद्धा दर्ता गरी हिरासतमा...

तस्करीको अण्डा बरामद गरी नष्ट

तस्करीको अण्डा बरामद गरी नष्ट
इनरुवा चैत्र १४/नेपाल भारत सिमा नाकाबाट सुनसरीको हरिनगरा गाँउपालिकामा अवैध रुपमा लुकीछीपी ल्याउदै गरेको ठुलो परिणाममा कुखुराको अण्डा बरामद गरिएको छ । सशस्त्र प्रहरी वल रामनगरभुटाहा वेस क्याम्पका अनुसार प्रतिबन्धीत कुखुराको अण्डा सिमानाकाबाट ल्याएको सुचनाका आधारमा चेकजाच गर्दा २७ सय दाना अण्डा बरामद गरिएको जनाएको छ । अन्दाजी नेपाली बजारमा ४० हजार मुल्य बराबरको कुखुराको अण्डा स्थानिय सरोकारवालाहर...

म्यादीमा मधेशी युवाको उत्तिकै आर्कषण

म्यादीमा मधेशी युवाको उत्तिकै आर्कषण
इनरुवा चैत्र १४ /मधेश केन्द्रित दलले चुनाव हुनै नदिने बताइरहँदा स्थानीय तहको चुनावी सुरक्षाका लागि खुलाइको म्यादी प्रहरीको आवेदन दिनेमा मधेशी मुलका युवाहरुकै आर्कषण कम छैन् । चुनावमा भाग नलिने भन्दै एकपछि अर्को आन्दोलनका कार्यक्रम संचालन गर्दै चुनावी कार्यक्रम बहिस्कार गर्ने सम्मका निर्णय गरेको मोर्चाले तराई मधेशका जिल्लाहरुमा दबाब मुलक कार्यक्रम चलाइने बताइरँदा म्यादी प्रहरीको आवेदनकालागि सुनसर...

गढीमा काँग्रेसको निर्वाचन संयोजन समिति गठन

गढीमा काँग्रेसको निर्वाचन संयोजन समिति गठन
१४ इनरुवा /सुनसरीको गढी गाउँपालिकामा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले  निर्वाचन संयोजन समिति गठन गरेको छ ।  अगुवा नेता अगमलाल चौधरीको संयोजकत्वमा २० सदस्यीय निर्वाचन संयोजन समिति गठन गरिएको हो । चौधरीको संयोजकत्वमा १९ जना सदस्य छानिएका छन् । जस अन्र्तगत विन्देश्वर यादव,विरेन्द्र शाह, अरुणकुमार मोची, रतिलाल उराव, सुरजकुमार दास थारु, बच्चालाल साह,प्रदिपकुमार चौधरी,राजेन्द्र यादव...

नृत्यमा भविष्य देख्ने मधेसाकी भावना

नृत्यमा भविष्य देख्ने मधेसाकी भावना
१३ चैत्र, इनरुवा। सुनसरी मधेसा, घोपालिटोल घर भएकि भावना श्रेष्ठ  युट्युवमा रिलिज गरीएको “नाइ मलाइ थाहा छैन” बोल गीतको भिडियो युट्युवको ३ नं.को प्रतिस्प्रधी हुन। गीतमा सन्जिब पराजुली र टीका प्रसाईले स्वर दिएका छन्। सानै देखि नृत्यमा रुचि राख्ने भावना बाणिज्य संकाय १०+२ विषय अध्यनरत विध्यार्थी हुन। सुभाष संकल्पको d3 production को प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त भिडियोमा भावना श्रेष्ठ संग सु...

दोश्रो चौमासिक खाद्य सुरक्षा बैठक सम्पन्न

दोश्रो चौमासिक खाद्य सुरक्षा बैठक सम्पन्न
१३ चैत्र दिपेन्द्र यादव  इनरुवा। सुनसरी सदरमुकाम इनरूवामा जिल्ला कृषि विकास कार्यालय सुनसरीले दोश्रो चौमासिक खाद्य सुरक्षा अवस्था विश्लेषणको बैठक सम्पन्न गरेको छ। सम्पन्न बैठक सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला खाद्य सुरक्षा समितिका अध्यक्ष गोपाल प्रसाद पराजुलीको अध्यक्षतामा बैठक समपन्न भएको हो। बैठकमा कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रमुख कोष नियन्त्रक बद्री प्रसाद घिमिरे, जिल...

कोइराला समाजको अध्यक्षमा चौथो पटक गोपाल त्यागी

कोइराला समाजको अध्यक्षमा चौथो पटक गोपाल त्यागी
इनरुवा चैत्र १३/कोइराला सेवा समाज नेपाल सुनसरीको छैठौं साधारणसभाले चौथो कार्यकालका लागि समेत गोपाल कोइराला त्यागीलाई अध्यक्षमा चुनेको छ । शनिवार सम्पन्न साधारण सभाले त्यागीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो । गोपाल कोइराला त्यागी अध्यक्ष रहेको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्द्रप्रसाद कोइराला चुनिएका छन् । त्यसैगरी कार्य समितिको उपाध्यक्षमा मनमाया कोइराला , सचिव ओम कोइ...

वैशाख १५ भित्र हतियार बुझाउन सुनसरी प्रशासनको आग्रह

इनरुवा चैत्र १३/सुनसरी प्रशासनले कोही कसैसँग हातहतियार भए बुझाउन सर्वसाधारणका नाममा सूचना जारी गरेको छ । बैशाख ३१ गतेको स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै प्रशासनले कोही कसैले इजाजत प्राप्त हातहतियार राखेको भए नजिकको प्रहरी कार्यालयमा बुझाउन भनेको छ । हातहतियार खरखजना ऐन २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिहरुले इजाजत प्राप्त गरी राखेका हातहतियारहरु बुझाउन प्रशासनले सर्वसाधारणसामू अनुरोध गरे...

म्यादी प्रहरीमा आवेदन दिनेको भिड

म्यादी प्रहरीमा आवेदन दिनेको भिड
इनरुवा चैत्र १३/५५ दिने सेवा अवधीका लागि खुलेको म्यादी प्रहरीका लागि आवेदन दिनेको भिड बढ्न थालेको छ । घण्टौं लाइनमा बसेर आवेदन बुझाउनेहरुमा अधिकांश युवायुवती रहेका छन् । आवेदन खुला भएसँगै जिल्ला प्रहरी कार्यालय सुनसरीमा आवेदन दिनेको संख्या बढ्दो छ । म्यादी प्रहरीकालागि १८ वर्ष उमेर पुरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन पाउने छन् । आवेदन दिने अन्तिम मिति चैत्र १७ गते बेलुकी ५ बजे...
trusted online casino malaysia