कडा सुरक्षाकाबीच लौकहीमा एमालेको सभा (फोटो फिचर)

कडा सुरक्षाकाबीच लौकहीमा एमालेको सभा (फोटो फिचर)
  माघ ११ लौकही /नेकपा एमालेले सुनसरीको लौकहीमा कडा सुरक्षा घेराकावीच सभाको आयोजना गरेको छ । मधेश आन्दोलनताका मोर्चाको पकट एरिया मानिएको लौकहीमा एमालेले आज मधेश जागरण सभाको आयोजना गरेको हो । मोर्चा कार्यकर्ताको अवरोधलाई मध्यनजर गर्दै विहानैबाट कार्यक्रम स्थलका साथै आसपासको क्षेत्रमा बाक्लो सुरक्षा बन्दोवस्ती मिलाइएको थियो ।   मोर्चाले सभालाई लक्षित गरी टायर बालेर सडक अवरुद्ध गर्ने प्रयास गरेपनि ...

जिविकोपार्जनकालागि जोखिम मोल्नु बाध्यता

जिविकोपार्जनकालागि जोखिम मोल्नु बाध्यता
अमर काफ्ले सुनसरी /यतिवेला कोशी टप्पु वन्यजन्तु आरक्षमा खर खडाई जारी छ । आरक्ष भित्र सर्वसाधारणकालागि प्रवेश खुला गरिएको छ । आरक्षमा अर्ना, हात्ति, बँदेल जस्ता जंगली जनावर निकै छन् । यद्यपी स्थानीयभने ज्यानै जोखिममा पारेर भएनी जिविकोपार्जनका लागि जंगल धाउन बाध्य छन् । मध्यवर्ती क्षेत्रका बासिन्दा यतिवेला कोशी टप्पु वन्यजन्तु आरक्षमा खर खडाईकालागि निकै व्यस्त छन् ।आरक्ष कार्यालयले सर्वसाधारणकाला...

अपडेट…….बँदेल आक्रमणमा परी घाइते हुनेको संख्या चार पुग्यो

अपडेट…….बँदेल आक्रमणमा परी घाइते हुनेको संख्या चार पुग्यो
माघ ५ सुनसरी /कोशी टप्पु वन्यजन्तु आरक्षमा बँदेलको आक्रमणमा परी चार स्थानीय घाइते भएका छन् । आरक्षमा खर काट्न गएका स्थानीय बँदेलको आक्रमणमा परेका हुन् ।बँदेलको आक्रमणमा परी पश्चिम कुशाहा ८ की रीना उराँव सहित संगिता चन्द्रवंशी र राम उराँव घाइते भएका हुन् । त्यसैगरी पश्चिम कुशाहा ९ का चन्द्रदेव मेहता समेत बँदेलको आक्रमणमा परी घाइते भएका छन् । घाइते मध्ये रीना र चन्द्रदेवको शरिरमा गम्भिर चोट लाग...

बँदेलको आक्रमणमा तीन घाइते

बँदेलको आक्रमणमा तीन घाइते
इनरुवा ५ माघ/ कोशी टप्पु वन्यजन्तु आरक्षमा बँदेलको आक्रमणमा परी तीन स्थानीय घाइते भएका छन् ।आरक्षमा खर काट्न गएका स्थानीय बँदेलको आक्रमणमा परेका हुन् । बँदेलको आक्रमणमा परी पश्चिम कुशाहा ८ की रीना उराँव सहित संगिता चन्द्रवंशी र राम उराँव घाइते भएका हुन् । घाइते मध्ये रीनाको अवस्था गम्भिर रहेको आरक्ष कार्यालयले जनाएको छ । कोशी टप्पु वन्य जन्तु आरक्षमा खर कटाईका लागि आजबाट तीन दिन स्थानीयलाई प्रवेश...

संविधान संशोधन नभएसम्म निर्वाचन असम्भव : गच्छदार

संविधान संशोधन नभएसम्म निर्वाचन असम्भव : गच्छदार
माघ ४ इनरुवा  /मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छेदारले संविधान संशोधन विना चुनावको औचित्य नरहेको बताउनु भएको छ । परिर्माजन सहित संविधान संशोधन नभए निर्वाचन हुनै नसक्ने गच्छेदारको भनाई छ । सुनसरीको मध्यहर्षाहीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै गच्छदारले प्रमुख दल एक ठाउँमा नउभिए सम्म संविधान संशोधन प्रकृया अघि बढ्न नसक्ने दावी गुर्न भयो । गच्छदारले संविधान...

विद्यालय बन्द गरी दलीय कार्यक्रम – स्वागतकालागि लाइनमा विद्यार्थी

विद्यालय बन्द गरी दलीय कार्यक्रम – स्वागतकालागि लाइनमा विद्यार्थी
अमर काफ्ले, ४ माघ / विद्यालय शान्त्रि क्षेत्र घोषणा भएको ५ वर्ष बिति सक्यो । घोषणाताका प्रमुख राजनैतिक दलका जिम्मेवार तहका नेताहरुले नै उक्त घोषणा कार्यान्वयनमा प्रतिवद्धता जनाए ।यद्यपी पछिल्लो पटक सुनसरीमा विद्यालय विदा गरी आयोजना गरिएको दलिय कार्यक्रमले शान्ति क्षेत्र कार्यान्वयनमा पूनः एकपटक बहसको वातावरण सीर्जना गराएको छ । मंगलवार नत कुनै सार्वजनिक विदा नै थियो । यद्यपी सुनसरीको दक्षिणवर्ति...

इनरुवामा चोरहरु सकृय : एकै रात शान्ति चौकको तिन घरमा चोरी

२७ पुष, दिपेन्द्र यादव इनरुवा । सुनसरी सदरमुकाम इनरुवा २ शान्ति चौकमा मंगलबार राती तिन जनाको घरमा चारी भएका छ । मंगलबार राती करिव १०ः३० बजेको समयमा उद्योग वाण्ज्यि संघ इनरुवाका पुर्व अध्यक्ष समेत रहेका कैलाश पंचरियाको घरमा संचालित रहेको पंचारिया सेलर मिल बाट पुराना फलामको पार्टपुर्जा चोरी भएको हो । घरमा एक्कासी विधुत लाइन कटेपछि टर्च लाइट र लाठी लिएर मिलमा कार्यरत्र रहेका कामदार तथा कैलाश पंचरि...

इनरुवा अस्पतालको बिकास समितिमा रमेश कटुवाल

इनरुवा अस्पतालको बिकास समितिमा रमेश कटुवाल
२७ पुष, इनरुवा। स्वास्थ्य मन्त्रालयले २९ अस्पताल विकास समितिमा पदाधिकारी पदपूर्ति गरेको छ । मुलुकभरिका ८७ अस्पताल विकास समिति मध्ये २९ वटामा पदपूर्ति गरेको र बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त्रालयले जनाएको छ। यसअघि १३ अस्पताल विकास समितिमा मात्र पदाधिकारी थिए। यसै क्रममा  इनरुवा अस्पताल सुनसरीको अस्पताल बिकास समितिमा रमेश कटुवाल अध्यक्ष पदमा मनोनयन भएका छन्। इनरुवा २ निवासी कटुवा...

इनरुवामा माघी महोत्सवको तयारी अन्तिम चरणमा

इनरुवामा माघी महोत्सवको तयारी अन्तिम चरणमा
२६ पुष, अमर काफ्ले इनरुवा । इनरुवामा यहि पुष २९ गते माघी महोत्सव २०७३ मनाउन लागिएको छ । थारु कल्याणकारिणी सभा इनरुवा नगर कार्य समितिले आयोजना गर्न लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष मोहीनारायण चौधरीले जानकारी दिए । कार्यक्रमलाई बहुजातिय सांस्कृतिक प्रदर्शनीका रुपमा संचालनमा ल्याउन लागिएको चौधरीले बताए । महोत्सवको पूर्व उपप्रधान मंत्री विजयकुमार गच्छेदारले उद्घाटन गर्ने कार्यक्रम र...

मोर्चाको अवरोधकावीच एमालेको सभा : ५ बोतल पेट्रोल बम सहित २ जना पक्राउ

मोर्चाको अवरोधकावीच एमालेको सभा : ५ बोतल पेट्रोल बम सहित २ जना पक्राउ
कार्यकर्ता ओसार्न प्रयोग गरिएको बसमा आगजनी प्रयास, एकमा तोडफोड पुष २५ हरिनगरा/ मोर्चाको अवरोधकावीच नेकपा एमालेले सुनसरीको दक्षिणवर्ति गाविस हरिनगरामा आमसभा गरेको छ । मोर्चाको पकट क्षेत्र मानिएको हरिनगरामा नेकपा एमाले सुनसरीले आयोजना गरेको सभालाई सम्बोधन गर्न पूर्व प्रधानमंत्री तथा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल त्यहाँ पुगेका थिए । विहानैबाट बजार बन्द गरी प्रर्दशनमा उत्रिएका मधेशी दल स...
trusted online casino malaysia