जोगबनी नाकाबाट ठूलो परिमाणमा पेट्रोलियम पदार्थ भित्रियो

जोगबनी नाकाबाट ठूलो परिमाणमा पेट्रोलियम पदार्थ भित्रियो
काठमाडौं, कातिक १३ । चीनसँग इन्धन खरिद गर्ने संझौता भएलगत्तै भारतले नेपालमा धमाधम इन्धन पठाएको छ । तराइको आन्दोलनलाई कारण देखाउदै अघोषित नाकाबन्दी गरेको भारत चीनसँगको संझौतापछि तर्सिदै इन्धन आपूर्ति बढाएको हो । विराटनगर भन्सार नाकाबाट शुक्रबार ठूलो परिमाणमा पेट्रोलियम पदार्थ भित्रिएको छ । विहिवार भने १४ वटा मात्रै इन्धनका गाडि भित्रिए थियो । बिराटनगर भन्सार नाकाबाट आज बिहानै ६८ वटा इन्धनका ...

धरानमा नक्सापास बिनै रंगसाला निर्माण

धरानमा नक्सापास बिनै रंगसाला निर्माण
धरान, १३ कार्तिक – भवन निर्माण आचार संहिता लागु भएको १० वर्ष बिते पनि धरान स्थित क्षेत्रिय रंगशालाको प्याराफिट नक्शा पास बिनानै निर्माण भएको छ । राष्ट्रिय खेलकुद परिषदले सिधै ठेक्का लगाइ निर्माण भएको सो प्याराफिट धरान उपमहानगरपालिकामा नक्सा पास नगराई निर्माण कार्य अन्तिम पुगेको छ । सामान्य जनताले घर बनाउँदा नक्सा पास अनिवार्य छ । उपमहाननगरले आफ्नो क्षेत्र भित्र भवन आचार सँहिता लगाउँदै मापद...

बिराटनगरका विद्यार्थीले गरे नयाँ विश्व रेकर्ड कायम

बिराटनगरका विद्यार्थीले गरे नयाँ विश्व रेकर्ड कायम
बिराटनगर कार्तिक १२ बिराटनगरका विभिन्न क्याम्पस्का चार विद्यार्थीले ४ गुना २०० मिटरको उल्टो रिले दौडको नयाँ विश्व रेकर्ड कायम गरेका छन्। स्थानीय सहिद रंगशालामा असोज २७ गते भएको उल्टो रिले दौडमा मेरिल्याण्डका कलेजका मानिस श्रेष्ठ ,कान्तिपुर इन्टरनेेसनल कलेजका युनिक दाहाल, कोबास कलेजका सुनिल हस्दा र शिक्षादीपका ओमप्रकाश साह सहभागी थिए । उनीहरुले उक्त दौड ३ मिनेट ५४ सेकेन्डमा पूरा गरी रेकर्ड क...

गोलि हानि आत्म हत्या

गोलि हानि आत्म हत्या
कार्तिक ११ इनरुवा सुनसरिको दुहवि भलुवा नगर पालिका ४ बस्ने जय प्रकाश नारायण चौधरीले गोलि हानि आत्महत्या गरेकाछन। २६ वर्षिय चौधरिले घरमै कन्चटमा घरेलु पेस्तोलबाट गोलिहानि आत्महत्या गरेको सुनसरि प्रहरिले जनाएको छ। घटना बारे अनुसन्धान जारि रहेको प्रहरिको भनाई छ।

अस्पतालद्वारा पेट्रोलियम पदार्थ माग, अत्यावश्यक सेवा बन्द हुने स्थितिमा

अस्पतालद्वारा पेट्रोलियम पदार्थ माग, अत्यावश्यक सेवा बन्द हुने स्थितिमा
११ कात्तिक । मोरङका अस्पताल सञ्चालकले आवश्यक अनुरुप पेट्रोलियम पदार्थको सहज रुपमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । पेट्रोलियम पदार्थ सहज रुपमा सरकारले उपलब्ध नगराए अस्पतालका अत्यावश्यक सेवा बन्द हुने स्थितिमा पुगेको अस्पताल सञ्चालकले बताएका छन् । पर्याप्त पेट्रोलियम पदार्थ र डिजेलको अभावमा विराटनगरका एक दर्जन अस्पतालका अत्यावश्यक सेवा प्रभावित भएपछि अस्पताल सञ्चालकले सरकारसँग त्यसको सहज र...

बिराटनगरमा भारतीय ट्रकमा आगजनी

मोरङ, कार्तिक ११ मोरङ जिल्लाको बिराटनगर ८ स्थित शिबमन्दिर चौकमा मंगलबार राती अज्ञात समुहले भारतीय ट्रकमा आगजनी गरेका छन्। रानी भन्सारबाट सिमेन्ट लिएर आएको MH-18- AA-7311 नम्बरको ट्रकमा अज्ञात समुहले राती करिब १० बजे आगजनी गरेका हुन्। सिमेन्ट अनलोड पश्चात सडक किनारमा रोकी खाना पकाउने तरखर गर्दै गर्दा अज्ञात समुहले उक्त ट्रकको अगाडीको भागमा आगो लगाई फरार भएका थिए।घटनास्थलमा जिल्ला प्रहरी कार...

विराटनगरको रानी भन्सार नाकाबाट मङ्गलबार इन्धन बोकेका ७ गाडी प्रवेश

विराटनगरको रानी भन्सार नाकाबाट मङ्गलबार इन्धन बोकेका ७ गाडी प्रवेश
११ कात्तिक । विराटनगरको रानी भन्सार नाकाबाट मङ्गलबार साँझसम्म इन्धन बोकेका सातवटा गाडी नेपाल प्रवेश गरेका छन् । विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार जोगवनी नाका हुँदै मङ्गलबार साँझसम्ममा दुईवटा पेट्रोल, दुईवटा डिजेल र तीनवटा ग्यासको बुलेट रानी भन्सार भित्रिएका हुन् । गत सोमबार १५ वटा ग्यासका बुलेट र मङ्गलबार सातवटा इन्धनका गाडी भित्रिएका हुन् । पेट्रोलियम पदार...

भारदहबाट तीन सय लिटर पेट्रोल र डिजेल बरामद

भारदहबाट तीन सय लिटर पेट्रोल र डिजेल बरामद
सप्तरी, १० कात्तिक । एक मिनीबसमा लुकाएर लगिँदै गर्दा सप्तरीको भारदहबाट करिब तीन सय लिटर डिजेल र पेट्रोल बरामद गरिएको छ । गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहस्थित राजमार्गमा बा३ख ६१७४ नंको मिनीबसभित्र लुकाई राखेको अवस्थामा प्रहरीले जाँच गर्दा अवैध डिजेल र पेट्रोल फेला परेको जनाएको छ । बरामद गरिएको पेट्रोल र डिजेललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा रा...

काँग्रेसका सभासदको घर पछाडी सिलिण्डर बम

बिराटनगर कार्तिक ९ , सप्तरी जिल्लाको राजविराजस्थित नेपाली काँग्रेसका एक सभासदको घर पछाडी आज बिहान सिलिण्डर बम भेटिएको छ । सप्तरी क्षेत्र नं. ६ का नेपाली काँग्रेस सभासद सुरेन्द्र यादवको राजविराज नगरपालिका ५ स्थित घरको पछाडी पट्टी शंकास्पद झोलाभित्र सानो आकारको सिलिण्डर बम भेटिएको हो। घर पछाडी शंकास्पद झोला देखिएको भन्ने सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी परिचालन भई उक्त झोला हेर्द...

सप्तरीमा दर्जनौं सवारीसाधनमा तोडफोड

सप्तरी, ९ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको विभिन्न स्थानमा प्रहरीले राति स्कर्टिङ गरी लगिँदै गरेको दर्जनौँ सवारीसाधनमा तोडफोड गरिएको छ । राति प्रहरीले स्कर्टिङ गर्ने क्रममा आन्दोलनरत मधेसी मोर्चाले ढुङ्गामुढा गरी जिल्लाको भारदह, रुपनी, कञ्चनपुर बैर, बरमझियालगायतका स्थानमा दर्जनौँ सवारीसाधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ । सडकको छेउ–छेउमा लुकेर बसेका प्रदर्शनकारीले सवारीसाधन...