सरकार र शिक्षकबीच ७ बुँदे सहमति, आइतबारदेखि विद्यालय खुल्ने

सरकार र शिक्षकबीच ७ बुँदे सहमति, आइतबारदेखि विद्यालय खुल्ने
काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी ७ बुँदे सहमति भएको हो । सहमतिसँगै शिक्षकहरुले आन्दोलन पनि फिर्ता भएको छ । सरकारले पेश गरेको सहमतिको प्रस्तावमै केन्द्रीत रहेर सहमति भएको पनि सरकारका प्रवक्ता समेत रहेकी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जान...

आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता

आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच बिहीबार भएको बैठक बिना निष्कर्ष टुंगिएपछि आज (शुक्रबार) पुनः वार्ता हुने भएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नभएपछि आज बस्ने गरी सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधि उठेका थिए । वार्ता बिहान ९ बजे बस्ने तय भएको बैठकमा सहभागी नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार हिजोको बैठक वार्ताक...

दोस्रो दिनको आन्दोलनमा शिक्षक : माइतीघरदेखि बानेश्वर क्षेत्र अस्तव्यस्त

दोस्रो दिनको आन्दोलनमा शिक्षक : माइतीघरदेखि बानेश्वर क्षेत्र अस्तव्यस्त
काठमाडौं । शिक्षकहरूको दोस्रो दिनको आन्दोलन सुरू भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबारदेखि आन्दोलिन सुरू भएको हो । आज पनि शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्म विरोध र्‍याली गरेका छन् । माइतीघर मण्डलामा भेला भएका शिक्षक र कर्मचारीको आन्दोलनका कारण काठमाडौंको मुख्य क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ । सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानप्रति...

अनुगमनमा निस्कियो महानगरको टोली, विद्यालय बन्द गरिएको भेटे कारबाही गरिने

अनुगमनमा निस्कियो महानगरको टोली, विद्यालय बन्द गरिएको भेटे कारबाही गरिने
काठमाडाै । विद्यालय शिक्षा विधेयकको विरोधमा यतिबेला शिक्षकहरु आन्दोलित छन्। देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएपछि बुधबारदेखि नै पठनपाठन रोकिएको छ।बिहीबारदेखि जिल्लामा रहेका शिक्षकहरुले पनि नपढाएपछि सामुदायिक तथा सरकारी विद्यालय ठप्प भएका छन्।सरकारी तथा सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएपछि काठमाडौं महानगरपालिकाले अनुगमन थालेको छ। महानगरले विद्यालय बन्द गरिए कारबाही गर्ने च...

शिक्षकको आन्दोलनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

शिक्षकको आन्दोलनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थान अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरूले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले गाडी आवागमन अस्तव्यस्त भएर समस्या आएको हो । भिडभाडका कारण गाडीको चाप भएपछि माइतीघर मण्डला हुँदै चल्ने गाडीलाई नयाँ बानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका ठाउँबाट ‘डाइभर्सन’ गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाल...

शिक्षा विधेयकको विरोधमा शिक्षकपछि परीक्षा बोर्डका कर्मचारी पनि उत्रिए

शिक्षा विधेयकको विरोधमा शिक्षकपछि परीक्षा बोर्डका कर्मचारी पनि उत्रिए
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन्।सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ गत भदौ २७ गते सङ्घीय संसदमा दर्ता गरेको थियो। उक्त विधेयकमा राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धमा विद्यमान विधेयकले बो...

मल्टिपल क्रिएटिभ एकेडेमीको पृथक शैली

मल्टिपल क्रिएटिभ एकेडेमीको पृथक शैली
इनरुवा । इनरुवा नगरपालिका ५ स्थित मल्टिपल क्रिएटिभ एकेडेमीले ५९ औ राष्ट्रिय बालदिवशकाे अवसर पारेर विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । कार्यक्रममा अभिभावकलाइ सम्मान, गत शैक्षिक सत्रमा उत्कृष्ट विधार्थीहरुलाइ पुरस्कृत, पुर्व विधार्थीहरुको भेला, प्रतिभा प्रस्तुति रहेको थियो। एकेडेमीले विद्यार्थीहरू भित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्य सहित ‘प्रतिभा प्रदर्शन’ कार्यक्रम सम्पन्न गरेको...

इटहरीकाे शारदा मावीमा प्रतिभा प्रदर्शन कार्यक्रम

इटहरीकाे शारदा मावीमा प्रतिभा प्रदर्शन कार्यक्रम
इटहरी । सुनसरीको इटहरी १२ खनार स्थित शारदा माध्यमिक विद्यालयले ५९ औ राष्ट्रिय बालदिवशकाे अवसर पारेर विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । विद्यालयले विद्यार्थीहरू भित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्य सहित 'प्रतिभा प्रदर्शन' कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयका सहायक प्रधानाध्यापक मातृका प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकल तथा सामूहिक नृत्य , गायन प्रतियोगिता ,क्य...

असोज पहिलो साता हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षा ३ दिन पछि सर्‍यो

असोज पहिलो साता हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षा ३ दिन पछि सर्‍यो
इटहरी । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा तीन दिन पछि सरेको छ।यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गते हुनेगरी पछि सरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले बुधबार एक सूचना जारी गर्दै कक्षा १२ को ग्रेड वृद्धि परीक्षा सरेको जानकारी गराएको हो।संशोधित समय तालिकाअनुसार ग्रेडवृद्धि परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ।

माेरङमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको विद्यालय

माेरङमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको विद्यालय
मोरङ । कोशी प्रदेशभरिका बौद्धिक अपाङ्गता भएका दुई सय बालबालिकाको लागि तयार भएको आवासीय भवन निर्माण पूरा भइसकेता पनि सञ्चालनमा भने आउन सकेको छैनन् । पाँच करोडभन्दा बढी लागतमा तयार भएको मोरङ पथरीशनिश्चरेस्थित श्री पञ्चायत माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता आवासीय भवन प्रदेश सरकारको स्पष्ट कार्ययोजना बन्न नसक्दा सञ्चालनमा कठिनाइ देखिएको छ । अपाङ्गता अधिकार ऐन, २०७४ ले १० किसिमका अपाङ्गताहरूमा पर...
trusted online casino malaysia