वीरगंजको नेवार समुदायद्वारा मधेश आन्दोलनमा ऐक्यबद्धता

वीरगंजको नेवार समुदायद्वारा मधेश आन्दोलनमा ऐक्यबद्धता
वीरगंज, २३ आश्विन । वीरगंजको नेवार समुदायले जारी मधेश आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । वीरगंजका नेवारहरुले शनिबार शान्तिपूर्ण जुलुस निकाली मधेश आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएका छन् । जुलुसका सहभागीहरुले मधेशीको माग पुरा गर, जय मधेश जय नेपाल लेखेका प्लेकार्डहरु बोकेका थिए । उनीहरुले मधेश आन्दोलनमा ऐक्यबद्धता जनाउने प्रतिबद्धता जनाएका छन् । साभार : हुलाकि न्युज

ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्तावकमा प्रचण्ड र समर्थकमा कमल थापा

एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका संस्दमा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका छन्। ओलीलाई प्रधानमन्त्री बनाउन एमाओवादी अध्यक्ष प्रचण्ड प्रस्तावक र राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक बसेका छन्। प्रधानमन्त्रीका अर्का उम्मेद्वार सुशील कोइराला पनि उम्मेद्वारी दर्ता गर्ने तयारी गरेका छन्। साभार : सेतोपाटि

कुपोषण हटाउन स्वास्थ्यकर्मी र स्थानीय सक्रिय

कुपोषण हटाउन स्वास्थ्यकर्मी र स्थानीय सक्रिय
अर्घाखाँची २३ असोज –  अर्घाखाँचीका महिला स्वास्थय स्वयं सेबिकाहरुले जिल्लाको कुपोषण घटाउन पहल गर्ने बताएका छन । उनीहरुले पहिले देखिनै स्वास्थ्य र अन्य क्षेत्रमा काम गर्दै आएकोमा अब कुपोषणको दर हटाउन सक्रियताका साथ लाग्ने बताएका छन । अर्घाखाँचीका बिभिन्न स्थानमा सञ्चालन भएको मातृ शिसु तथा बाल्यकालिन पोषण सुधारकालागि सामाजिक ब्यबहार परिबर्तन सञ्चार सम्बन्धि समुदाय स्तरीय तालिमका सहभागी महिला ...

युवाहरुको अगुवाईमा विपन्न परिवारलाई सहयोग

युवाहरुको अगुवाईमा विपन्न परिवारलाई सहयोग
जनकपुरधाम, २३ आश्विन । दुई महिनादेखिको बन्दका कारण विचल्लीमा परेका गरिब परिवारलाई चामललगायतका खाद्यान्न वितरण गर्ने क्रम जारी रहेको छ । जनकपुरका युवाहरुले अगुवाईमा सुरु भएको अभियानलाई खाद्यान्न संकलन तथा वितरण अभियान समितिले निरन्तरता दिँदै सिरहामा पनि खाद्यान्न वितरण गरेको छ । शुक्रबार सिरहाको लहान र मिर्चैयामा समितिले स्थानीय गरिब तथा अति विपन्न १८ सय भन्दा बढी घरपरिवारका व्यक्...

रात्रिबस लुटपाट गर्ने लुटेरा नगद र हतियारसहित पक्राउ

तुलसीपुर (दाङ), २३ असोज । नेपालगन्जबाट रुकुम जाँदै गरेका तीन वटा रात्रिबसलाई सल्यान जिल्लाको स्विकोट गाविसको बारुले भन्ने स्थानमा हतियार देखाएर लुटपाट गर्ने गिरोका नाइकेलाई प्रहरीले शुक्रबार बेलुका पक्राउ गरेको छ । राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारीअनुसार राप्ती अञ्चल प्रहरी प्रमुख प्रेम चन्दको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट गएको टोलीले सल्यानको स्विकोट गाविसको खा...

प्रधानमन्त्रीको निर्वाचन आइतबार

काठमाडौँ, २२ असोज / नेपालको संविधानको प्रावधान अनुरुप नयाँ प्रधानमन्त्रीको निर्वाचन यही असोज २४ गते आइतवार बिहान ११ बजे हुनेभएको छ ।व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवास नेम्वाङले सो दिन प्रधानमन्त्रीको निर्वाचन हुने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन संसद् सचिवालयलाई निर्देशन दिनुभयो ।बैठकमा सभामुख नेम्वाङले बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउने सम्बन्धी ...

तराई मधेशमा आन्दोलन चर्काउने गोइतको चेतावनी

तराई मधेशमा  आन्दोलन चर्काउने गोइतको चेतावनी
असोज २२ इनरुवा अखिल तराइ मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइत यतिवेला सुनसरीमा रहेको खुल्न आएको छ । केहिदिनयता गोइत सुनसरीका सीमावर्ति दक्षीणी गाविसहरुमा गोप्य वार्तामा सकृय रहेको स्रोतले बताएको छ ।विगत ५५ दिन देखि तराई मधेशमा जारी आन्दोलन प्रति समर्थन जनाउँदै आएका गोइतले स्वतन्त्र तराइ मधेशका लागि पक्ष्यमा बहस चर्काएको बुझिएको हो ।विषेश भेला बताइएको कार्यक्रम स्थल भने गोप्य राखिएको छ ।कार...

राप्रपा नेपालले सरकारमा जाने संकेत देखायो

राप्रपा नेपालले सरकारमा जाने संकेत देखायो
२२ असोज, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले सरकारमा जाने संकेत दिएको छ । शुक्रबार बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठकले सरकारमा जाने नजाने वा कुन समीकरणमा सहभागी हुने निर्णय गर्ने अधिकार कमल थापालाई दिएको छ ।कांग्रेस एमाले र एमाओवादी तीन दलवीच सहमति हुनुपर्ने राप्रपा नेपालको पहिलो जोड छ । बैठकपछि जारी राप्रपा नेपालको प्रेस वक्तव्यमा भनिएको छ,’नयाँ सरकार गठन पनि तीनै पक्...

घटस्थापनादेखि पूर्णिमासम्म दसैं विदा दिने प्रस्ताव अस्वीकृत

घटस्थापनादेखि पूर्णिमासम्म दसैं विदा दिने प्रस्ताव अस्वीकृत
२२ असोज, काठमाडौं । सरकारले घटस्थापनादेखि पूर्णिमासम्म दसैं विदा दिने गृहमन्त्रालयको प्रस्ताव अस्वीकृत गरेको छ । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि गृह मन्त्रालयले सरकारी कार्यालयहरुमा घटस्थापनादेखि पूर्णिमासम्म विदा दिने प्रस्ताव गरेको थियो तर मन्त्रिपरिषद् बैठकले प्रस्ताव अस्वीकार गरेको एक मन्त्रीले जानकारी दिए ।

इन्धन सङ्कटमा वैकल्पिक उपाय अपनाउन सुझाव

 चर्को इन्धनको अभाव भोगिरहेका जनतालाई खपत कम गर्न र वैकल्पिक उपाय अपनाउन सम्बन्धित क्षेत्रका जानकारले सुझाएका छन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियाका सहभागीले बिजुलीबाट खाना पकाउँदा सस्तो पर्ने र सङ्कटको समयमा तत्कालको वैकल्पिक उपाए भएको सुझाव दिएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले सौर्य ऊर्जाको प्रयोग गर्ने र सकेसम्म ग्यासको प्रयोग कम गर्न...