निर्वाचन आयोगप्रति दलहरू असन्तुष्ट , नामावली संकलन निर्णय सच्याउन माग

काठमाडौं । राजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयबाट मात्र मतदाता नामावली संकलन गर्ने निर्णय पुनर्विचार गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । बुधबार आयोगले मतदाता नामावली संकलनबारे जानकारी गराउन बोलाएपछि दलका प्रतिनिधिले निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन् । उनीहरूले आयोगले तोकेको १ देखि १५ साउनसम्मको समयसमेत उपयुक्त नभएको भन्दै पुनर्विचारका लागि आयोगलाई सुझावसमेत दिएका छन् । प्रमुख प्रत...

मन्त्रिपरिषद् विस्तार आइतबार, कुन मन्त्रालयमा कसको दाबी ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (१ साउनमा) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । शनिबारसम्म मन्त्रीको टुंगो लगाउने र आइतबार विस्तार गर्ने सहमति सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्रबीच भएको छ ।  ‘माओवादी अध्यक्ष शुक्रबार नेपाल फर्केपछि शनिबार दुई दलबीच मन्त्रालय बाँडफाँड टुंग्याएर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ,’ प्रधानमन्त्रीका स्वकी...

यी हुन् घरबाट कुर्सी बोकेर कार्यालय लैजाने मयेर

यी हुन् घरबाट कुर्सी बोकेर कार्यालय लैजाने मयेर
कञ्चनपुर । कञ्चनपुर जिल्लाको सबैजसो नवनिर्वाचित जनप्रतिनिधिले शपथसंगै पदभार ग्रहण गरिसकेका छन् ।स्थानीय तहमा लामो समयपछि चुनिएका नेताले गर्ने हरे निर्णय चासोको विषय बन्दै छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐर भने कुर्सीका कारण चर्चामा छन् । उनी नगरपालिकाले किनेको आरामदायी कुर्सीमा बस्दैनन् । बरु घरबाटै सामान्य काठे कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेका छन् । ‘१० वर्षदेखि ...

चीनसँग नजिकिँदै राजपा

चीनसँग नजिकिँदै राजपा
काठमाडौं । तराई मधेसकेन्द्रित ६ वटा पार्टी मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी नेपालले भारतसहित चीनलाई पनि उत्तिकै महत्व दिने नीति लिएको छ । पूर्ववर्ती छवि र चरित्र बदल्ने संकेत देखाएको राजपाले दक्षिणी छिमेकी भारतका साथै चीनलाई पनि उत्तिकै महत्व दिनुपर्ने भन्दै आफ्नो परराष्ट्र नीति सार्वजनिक गरेको छ ।  निर्वाचन आयोगमा बुझाएको पार्टीको घोषणापत्रमा नै चीनका बारेमा पहिलोपटक औपचारिक धारणा राखेर नजिक...

चिडियाघरका बाघलाई शनिबार ‘व्रत’

चिडियाघरका बाघलाई शनिबार ‘व्रत’
काठमाण्डाै । चिडियाघरमा रहेको बाघ सातामा एक दिन निराहार व्रत बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर आश्चर्य नमान्नुस् । चिडियाघरमा रहेको दुईवटा पाटेबाघ कान्छा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् । बाघलाई आहाराका रूपमा हरेक दिन ११ देखि १२ बजेसम्म ६/६ केजीको दरले १२ केजी राँगाको ताजा मासु दिने गरिएको जिबकिपर बाबुकाजी महर्जन बताउँछन् । सातामा ६ दिन नियमित दिए पनि शनिबार दुवै बाघलाई निराहार राखिने ...

पेन्सनको लोभ : मुख्य सचिव-राजीनामा नदिई एडीबीको जागिरमा !

मुख्य सचिवको गरिमा बिर्सेर सहसचिवस्तरको जागिरमा काठमाडौं / मुख्य सचिव सोमलाल सुवेदी निवृत्तिभरण पेन्सन बढाउनका लागि राजीनामै नदिईकन एसियाली विकास बैंक एडीबी को बैकल्पिक कार्याकारी निर्देशन पदमा जागिर खान लागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनकै नेतृत्व गरिरहेका सुवेदीले थप ३ बर्ष सेवा गरेबराबरको पेन्सन् बढाउने लोभमा आफ्नो पद अतिरिक्त समुहमा राख...

फेरि खस्यो पहिरो : पानी नपर्दा पनि पहिरो खसेपछि यात्रुको विचल्ली

फेरि खस्यो पहिरो : पानी नपर्दा पनि पहिरो खसेपछि यात्रुको विचल्ली
चितवन । अस्पतालमा आमा भेट्न भरतपुर जान लागकेी तनहुँ किहुकी मिठु सिग्देल  नारायणगढ मुग्लन सडकखण्डको चारकिलोमा पहिरो गएका कारण बाटौमै अलपत्र पर्नुभएको छ । अन्तिम अवस्थाकी आमको मुख हेर्न हिंडे पनि चार किलोमा पहिरो गएपछि यहाँ बाटोमै अलपत्र पर्नु भएको हो । सडक नखुलेपछि उहाँले आक्रोशित हुँदै भन्नुभयो, यात्रुले यस्तो सास्ती पाउँदा केही नगर्ने सरकार किन चाहियो हामीलाई ।लामो प्रयासपछि राति बाटो खुलेपछि ...

सांसदको संख्या १,२५९ पुर्‍याउन प्रस्ताव!

सांसदको संख्या १,२५९ पुर्‍याउन प्रस्ताव!
काठमाण्डाै । निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्न विलम्ब भइरहेका बेला प्रधानमन्त्री सहितका नेताहरुले क्षेत्र निर्धारणको झन्झट भन्दा हालकै २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने इच्छा प्रकट गरेका छन्। साँच्चै त्यसो गरिएमा देशमा सांसदहरुको सख्या मात्रै १ हजार २ सय ५९ पुग्नेछ। प्रधानमन्त्री निवासमा भएको मंगलबारको बैठकमा औपचारिक प्रवेश पाएको सांसद संख्या बढाउने बिषय थप अघि बढी त्यसअनुसार संवि...

बामदेव गौतमको नक्कली स्वर निकालेर लाखौँ झ्वाम्म पारेपछि एमालेभित्र खैलाबैला

बामदेव गौतमको नक्कली स्वर निकालेर लाखौँ झ्वाम्म पारेपछि एमालेभित्र खैलाबैला
काठमाडौं । ‘मेरो नाम बेचेर, नक्कली स्वर निकालेर पैसा उठाउनेलाई कारबाही गरिपाऊँ भनेर जति कराउँदा पनि कारबाही भएन । स्वर नक्कली, काम नक्कली, कारबाही नक्कली ’ यो के चाला हो ?’ यसो भन्दै बैठकमा उपाध्यक्ष बामदेव गौतम कड्किएपछि नेताहरु आपसमा हेराहेर गर्न थाले । किनभने, सबैलाई विस्तृत विवरण थाहा थिएन । सोमबार एमाले स्थायी समिटी बैठकमा चुनावी घात, प्रतिघातसँगै अनुचित तवरले आर्थिक संकलन गरिएको विषय जोडदार...

निरंकुशताका ‘बादशाह’ विष्ट र डा.गिरी ‘थला’

निरंकुशताका ‘बादशाह’ विष्ट र डा.गिरी ‘थला’
काठमाडौं । निरंकुशताको ‘बादशाह’का नामले चिनिएका दुई हस्ती बिरामी भएर थला परेका छन् । ती हुन् कीर्तिनिधि विष्ट र डा.तुलसी गिरी । राजसंस्थाको पतनसँगै गुमनाम बसोबास गर्दै आएका विष्ट र डा.गिरी गम्भीर बिरामी परेका हुन् । कुनै बेला राजसंस्थाको वकालत गर्दै आएका कमल थापाले विष्ट र डा.गिरीको स्वास्थ्यको कामना गर्दै ट्वीट गरेपछि उनीहरू बिरामी परेको खुलासा भएको हो । विष्ट र डा.गिरीको गलत सल्लाह र सुझावका ...
trusted online casino malaysia