हवाई व्यवस्थापन गर्न कोटेश्वरका केही घर भत्काउनुपर्ने

हवाई व्यवस्थापन गर्न कोटेश्वरका केही घर भत्काउनुपर्ने
१२ पुस, काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण पश्चिमतर्फ काठमाडौं महानगरपालिका वडा नम्बर ३५ काटेश्वरमा निर्माण गरिएका केही भवन भत्काउनुपर्ने भएको छ । हवाई व्यवस्थापनमा समस्या उत्पन्न भएकाले त्यस्ता संवेदनशील क्षेत्रमा निर्माण गरिएका भवन भत्काउनुपर्ने भएको हो । नागरिक उड्डयन प्राधिकरणले दिएको प्रतिवेदनका आधारमा काठमाडौं महानगरपालिकाद्वारा गठित प्राविधिक समितिले ६ वटा घरको केही भाग...

नेपालमा २१ देशका लागुऔषध तस्कर !

१२ पुस, काठमाडौं । नेपालमा बन्ने चरेस लागुऔषधको अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन र अन्य देशमा उत्पादित हेरोइन, कोकिन तेस्रो देश भित्र्याउन नेपाललाई विश्रामस्थल बनाउन २१ देशका लागुऔषध कारोबारी सक्रिय छन् । लागुऔषध नियन्त्रण व्युरोको सूचीमा नेपालमा प्रत्यक्ष लागुऔषध कारोबारमा २१ देशका नागरिक सक्रिय देखिएका छन् । सन २०११ देखि पाँच वर्षको कारोबारको तथ्यांकअनुसार नेपालमा भारत, पाकिस्तान, अमेरिका, सि...

त्रिविको उच्च शिक्षा अनलाइनबाटै लिन सकिने

त्रिविको उच्च शिक्षा अनलाइनबाटै लिन सकिने
१२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नियमित क्याम्पस धाउनुपर्ने परम्परा अन्त्य गर्दै अनलाइनबाट उच्च शिक्षा आर्जन गर्न सकिने व्यवस्था गर्ने भएको छ । विदेशी विश्वविद्यालयले अनलाइन माध्यमबाट अध्ययन गराउँदै आए पनि त्रिविका लागि यो नौलो हो । त्रिविको खुला तथा दूर शिक्षा केन्द्रले यसै शैक्षिक सत्रदेखि कम्प्युटर तथा ग्याजेट प्रयोग गरी उच्च शिक्षा आर्जन गर्न पाउने व्यवस्था सुरुू गर्ने भएपछि कामक...

विराट पेट्रोद्वारा झुक्याउँदै इन्धन आयात

विराट पेट्रोद्वारा झुक्याउँदै इन्धन आयात
पुष ११।नेपाल आयल निगमसँग सम्झौता भंग गरेको विवादास्पद विराट पेट्रोलियम प्रालिले भारतबाट पेट्रोलियम पदार्थ आयत थालेको छ । कोलकाताको हल्दिया पेट्रो केमिकल्सबाट विराट पेट्रोले खरिद गरेको ९७ हजार लिटर पेट्रोल जोबनी नाका हुँद्यै नेपाल भित्रिएको छ । निगमसँग सम्झौता रद्द गर्नुअघि कात्तिक २ गते नै विराट पेट्रोले आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदबाटै निर्णय गराई पेट्रोलियम पदार्थ आयात गर्ने अर्को ढोक...

भारतले नेपाललाई समान व्यवहार गरोस्: चिनियाँ विदेशमन्त्री

भारतले नेपाललाई समान व्यवहार गरोस्: चिनियाँ विदेशमन्त्री
पुष ११ काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यीले आकारका आधारमा सानोठूलो नभनी नेपाललाई समान हैसियतको व्यवहार गर्न भारतलाई आग्रह गरेका छन्। परराष्ट्रमन्त्री कमल थापासँगको भेटवार्तापछि बेइजिङमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्रीले स्थिर नेपाल चीन र भारत दुवैको हितमा रहेको बताए। विकासको मार्गमा लागिरहेको स्थिर नेपालले मात्र चीन र भारतको दुवै हित पूरा गर्नसक्ने चिनियाँ विदे...

‘प्रहरीबाटै यौनशोषण’

‘प्रहरीबाटै यौनशोषण’
पुष ११ काठमाडौं । वैशाखको विनाशकारी भूकम्पले रमा गुरुङ (नाम परिवर्तन) को जीवनमा ठूलो विपत ल्याइदियो । त्यो भन्दा ठूलो विपत काठमाडौंको डान्सबारमा यौनशोषण सहनुपर्दा सहनुपरेको छ उनले । भूकम्पमा परिवारका सबै सदस्य गुमेर बेसाहरा बनेकी उनलाई एक युवतीले जागिर लगाइदिन्छु भनेर काठमाडौं ल्याई डान्सबारको जिम्मा लगाइदिएपछि रमाले धेरै व्यक्तिको यौनशोषण सहन बाध्य भएकी हुन । राजधानीमा शुक्रबार आयोजित एक कार्य...

भूकम्प गएको नौ महिनापछि प्राधिकरण सिइओमा ज्ञवालीलाई नियुक्त

भूकम्प गएको नौ महिनापछि प्राधिकरण सिइओमा ज्ञवालीलाई नियुक्त
पुष ११ काठमाडौं–महाभूकम्पको नौ महिनापछि सरकारले गठन गरेको ‘पुनर्निर्माण प्राधिकरण’ को प्रमुख कार्यकारी अधिकृत सिइओमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले हाल नगरविकास कोषका कार्यकारी निर्देशकसमेत रहेका ज्ञवालीलाई प्राधिकरणको सिईओ बनाएको हो । पाल्पा कुसुम खोलाका ज्ञवाली पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सहरी योजनासम्बन्धी अध्ययन गरेका व्यक्ति हुन् । आजको कान्ति...

पेट्रोलको लाइनमा बस्न गएका दुईको मृत्यु

पुष ११ पोखरा–पोखरामा पेट्रोलको लाइनमा बस्न गएका दुई जनाको दुर्घटनामा परी शुक्रबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–१ञ्६ बाटुलेचौरका सुशील कार्की र विवेक खवास रहेका छन् । उनीहरु चढेको मोटरसाइकल पोखरा–१ सिम्पानिस्थित लामपाटनको सडकमा पार्किङ गरिराखेको ट्याक्टरमा ठोक्किएको थियो । एकजनाको घटनास्थलमै र अर्का एकको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । आजको न...

दीर्घकालीन रूपमा पेट्रोलियम व्यापार गर्न चीन र नेपाल सहमत

दीर्घकालीन रूपमा पेट्रोलियम व्यापार गर्न चीन र नेपाल सहमत
पुष ११काठमाडौं। पेट्रोल र ग्यासको व्यापारका लागि अध्ययन गर्न सुझाब चीनले पेट्रोल र ग्यासको व्यापारका लागि लागि शुल्क यातायात तथा अन्य प्रविधिबारे विस्तृतमा अध्ययन गर्न नेपाललाई सुझाब दिएको छ । नेपालबाट सोबारे अध्ययन गर्न आयल नियमका दुई अधिकारी शुक्रबारै बेइजिङ आइपुगेका छन् । त्यस्तै, चीनले उपहारस्वरूप नेपालको उत्तरी क्षेत्रलाई थप इन्धन उपलब्ध गराउने भएको छ । चीन र नेपालको उच्चस्तरीय तहमा पेट...

चार महिना बित्यो, शब आएन-आमा र श्रीमती घरमा रुँदै, पर्खँदै

चार महिना बित्यो, शब आएन-आमा र श्रीमती घरमा रुँदै, पर्खँदै
११ पुष।‘भाईको बिहे गर्न मंसिरमा आउँछु’ भनेर फोन गरेका ३२ वर्षीया जयबहादुर रोकाहाको जिउँदो शरीर अब कहिल्यै घर फर्कनेछैन । चार महिनाअघि साउदी अबरमा ग्यास पाइप सफा गर्ने क्रममा मृत्यु भएपछि उनको मृत शरीरसमेत आइपुगेको छैन । मृत्यु भएको चार महनिासम्म पनि शव हेर्न र मृतकको अन्त्येष्टि गर्न नपाउँदा परिवार झनै दु:खी छ । स्याङ्जाको दरौँ गाविस १ बुन्चबारीका जयवहादुर रोजगारीका लागि २ वर्षअघि  साउदी अरब पुगे...
trusted online casino malaysia