इनरुवाका सविनको म्यूजिक भिडियो बजारमा

इनरुवाका सविनको म्यूजिक भिडियो बजारमा
हात धोऔं, स्वस्थ रहौं / सविन र दीक्षाको अभिनय रहेको ‘मेरो दिलको ’ बोलको म्यूजिक भिडियो बजारमा आएको छ । इनरुवाका सविन नेपाल र दीक्षा सिवाकोटीको अभिनयमा तयार पारिएको म्यूजिक भिडियो हाइलाइट्स नेपालले बजारमा ल्याएको हो । सांगीतिक क्षेत्रमा पहिचान बनाउन संघर्षरत नेपाल आफ्नो पहिलो म्यूजिक भिडियो लिएर दर्शक माझ आएका हुन् । सिद्धान्त खड्काको स्वर रहेको म्यूजिक भिडियोलाई कोशी भिजन इटहरीले तयार पारेको छ ...

इनरुवामा नगरवासीको नि:शुल्क कोरोना परीक्षण

इनरुवामा नगरवासीको नि:शुल्क कोरोना परीक्षण
हात धोऔं, स्वस्थ रहौं / इनरुवा नगरपालिकाले नगरवासीको नि:शुल्क कोरोना परीक्षण गराउन थालेको छ । उसले पहिलो चरणमा कोरोना परीक्षण गराउन १ सय ६० जनाको स्वाब संकलन गरेको छ । नगरपालिकाको कार्यालयले नगर भित्र रहेका यस अघिका संक्रमित र लक्षण देखिएका व्यक्तिसँगै क्लोज कन्ट्याक्टमा परेकाहरुको पहिचान गरीे नि:शुल्क परीक्षण गराउन लागेको जनाएको छ ।वडा कार्यालयबाट प्राप्त सिफारिसका आधारमा स्वाब संकलन गरिएको स्...

निषेधाज्ञाका बाबजुद इनरुवामा फुटबल !

निषेधाज्ञाका बाबजुद इनरुवामा फुटबल !
हात धोऔं, स्वस्थ रहौं / सुनसरीको इनरुवामा निषेधाज्ञाका बाबजुद फुटबल प्रतियोगिता आयोजना भैरहेको पाइएको छ ।सुनसरी प्रशासनले केहि दिन अघिमात्रै जिल्लाभर लागु हुने भनि निषेधाज्ञा जारी गरेको थियो । जसमा भीडभाड हुने विभिन्न क्षेत्र तोकी छठ पर्व सम्म निषेधाज्ञा कायम रहने उल्लेख छ । प्रशासनले जारी रहेको निषेधाज्ञा सम्वन्धि सुचनामा स्पष्ट उल्लेख छ, ‘समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने कुनै पनि कार्य...

दशैं घरमै मनाउने वातावरण बनाउन स्थानीय तहलाई जिसस प्रमुखको आग्रह

दशैं घरमै मनाउने वातावरण बनाउन स्थानीय तहलाई जिसस प्रमुखको आग्रह
हात धोऔं, स्वस्थ रहौं/ जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपाल राजभण्डारीले दशैं घर परिवारमै बसेर मनाउने वातावरण तय गर्न स्थानीय तहहरु समक्ष आग्रह गरेका छन् । सीमित संचारकर्मीको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरेका राजभण्डारीले त्यस्तो आग्रह गरेका हुन् । जिल्लाका सबै स्थानीय तहलाई सरकारी निर्णय पालना गर्ने र गराउने तर्फ जिम्मेबार बन्न समेत उनले आग्रह गरेका छन् ।‘कोरोनाको बढ्दो जोखिमका बि...

सुनसरी प्रहरीको नागरिक सम्मान

सुनसरी प्रहरीको नागरिक सम्मान
हात धोऔं, स्वस्थ रहौं / जिल्ला प्रहरी कार्यालय सुनसरीले ११ जना व्यक्तिहरुलाई सम्मान गरेको छ । विभिन्न क्षेत्रमा रही योगदान पुर्याउने ति व्यक्तिहरुलाई सुनसरी प्रहरीले सम्मान गरेको हो । प्रहरी दिवसको सन्दर्भ पारेर सुनसरी प्रहरीले उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा सामाजिक अभियन्ता रोहित निरौला, जिनियस निरौला सहित संचारकर्मी रुमा रिजाल, समाजसेवी हाजी इसराईल मन्सुरी, निर्माण व्यवसायी जय...

सुनसरीका प्रहरी निरीक्षक खनाल उत्कृष्ट अनुसन्धानकर्ता

सुनसरीका प्रहरी निरीक्षक खनाल उत्कृष्ट अनुसन्धानकर्ता
जिल्ला प्रहरी कार्यालय सुुनसरीमा कार्यरत प्रहरी निरीक्षक सरोज खनालले उत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको पुरस्कार हात पारेका छन् । प्रहरी दिवसको अवसरमा खनालले उक्त पुरस्कार हात पारेका हुन् । खनाललाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौंले उत्कृष्ट घाेषित गरेकाे थियाे । प्रहरी प्रधान कार्यालयले खनाललाई पेशागत मर्यादालाई आत्मसाथ गर्दै अपराध रहित समाज निर्माणको लक्ष्यमा कुशल व्यवसायिक क्षमताको प्र...

सुनसरीमा निषेधाज्ञा जारी

सुनसरीमा निषेधाज्ञा जारी
हात धोऔं, स्वस्थ रहौं/ जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जिल्लामा लागु हुने गरी विभिन्न क्षेत्र तोकी निषेधाज्ञा जारी गरेको हो । प्रशासनको निर्णय सँगै अब सुनसरीमा दलीय कार्यक्रम गर्न पाइने छैन् । प्रशासनका अनुसार जिल्लामा सभा, सम्मेलन, शुभकामना आदान प्रदानका साथै सामूहिक रुपमा भेला जम्मा भई कुनै पनि कार्य गर्न पाइने छैन् । सुनसरी प्रशासनल...

दशैंमा घर आउनेको इनरुवाले रेकर्ड राख्ने

दशैंमा घर आउनेको इनरुवाले रेकर्ड राख्ने
दशैं मनाउन घर फर्कनेहरुको इनरुवा नगरपालिकाको कार्यालयले रेकर्ड राख्ने भएको छ । उसले दशैंमा घर फर्कनेहरुको सवालमा निगरानी गर्ने भएको छ ।समुदायमा कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै इनरुवा नगरपालिकाको कार्यालयले बाहिरबाट घर फर्किनेहरुको लगत संकलन गर्ने तयारी थालेको छ । नगरपालिकाको कार्यालयले चाडबाडको समयमा हुन सक्ने भीडभाड र अव्यवस्थित आगमनलाई ध्यानमा राख्दै स्वास्थ्य सावधानीको उपायका र...

इनरुवाका नगर प्रहरीलाई सम्मान

इनरुवाका नगर प्रहरीलाई सम्मान
कोरोना महामारीका बाबजुत ड्यूटीमा खटिदै आएका नगर प्रहरीहरुलाई स्वास्थ्य शाखा इनरुवाले सम्मान गरेको छ ।नगरपालिकाको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बिच नगर प्रमुख राजन मेहता सहितका जनप्रतिनिधिले उनीहरुलाई सम्मान गरेका हुन् । नगरको सुरक्षा लगायत भीड व्यवस्थापनका सवालमा कार्य गर्दै आएको नगर प्रहरीले कोरोना महामारीका बाबजुत जिम्मेबारी निर्वाहमा खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको इनरुवा ...

इनरुवामा अस्पतालका डाक्टर सहित नेता सम्म संक्रमित

इनरुवामा अस्पतालका डाक्टर सहित नेता सम्म संक्रमित
इनरुवामा चिकित्सक सहित नेता सम्म कोरोना संक्रमित पाइएका छन् । केहि दिन अघि इनरुवा अस्पतालबाट स्वाब संकलन गरिएको २० जना मध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आउँदा डाक्टर र नेता समेत संक्रमित पाइएका हुन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार इनरुवा अस्पतालमा कार्यरत डाक्टर सहित प्रशासन प्रमुखमा कोरोना पुष्टि भएको छ ।कार्यालयका अनुसार स्वाब संकलन गरिएका मध्ये अर्का एक डाक्टरको रिपोर्ट पूनः परीक्षणको क्रम...