चाडपर्वलाई मध्य नजर गरी बजार अनुगमन तीव्र

चाडपर्वलाई मध्य नजर गरी बजार अनुगमन तीव्र
राजविराज। राजविराजको जनआन्दोलन चोकमा रहेको माँ दुर्गे ट्रेडर्सबाट तीन दर्जन म्याद गुज्रिएको वियर बजार अनुगमन समितिले बरामद गरेको छ । बिक्रीको लागि तयारी अवस्थामा राखेको म्याद गुज्रिएका तीन दर्जन बियर संयुक्त बजार अनुगमन टोलीले बिहीबार बरामद गरिएको वियरको बोतल पसल अगाडि नै नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिनुभयो । अनुगमन टोलीले माँ दुर्...

राजगढ गापाको अति आवश्यक सेवा बाहेक सार्वजनिक सेवा बन्द

राजगढ गापाको अति आवश्यक सेवा बाहेक सार्वजनिक सेवा बन्द
राजविराज । विश्वव्यापी रुपमा फैलिरहेको रोग कोभिड- १९ हाल आएर ग्रामिण क्षेत्रमा समुदायिक रुपमा फैलिरहेकोले जिल्लाको राजगढ गाउँपालिकाले असोज १९ गतेदिख अनिश्चितकालको लागि अति आवश्यक सेवा बाहेक सार्वजनिक सेवाहरु बन्द गरेको छ । कोरोना संक्रमणको जोखिम वढेपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले सोमवार सुचना प्रकाशित गरी गाउँपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवाहरु बन्द भएको जानकारी दि...

गाउँपालिका अध्यक्षसहित दश जनामा काेराेना पुष्टि

गाउँपालिका अध्यक्षसहित दश जनामा काेराेना पुष्टि
राजविराज। सप्तरीको राजगढ गाउँपालिकामा शुक्रबार स्वास्थ्य कार्यालय सप्तरीबाट आएका टोलीले अध्यक्षका परिवार सहित १९ जनाको स्वाब परिक्षण गराएकोमा ६ जनामा कोरोना पुष्टि भएको छ । अध्यक्ष सहित उनका परिवारका ४ जना कृषि शाखाका संयोजक र अध्यक्षका ट्रयाक्टर चालकमा कोरोना संक्रमण देखिएको छ। स्वाब परीक्षणको रिपोर्टमा आफूसहित जेठा छोरा, २ नाती संक्रमित भएको गाउँपालिका अध्यक्षले जानकारी दिए । संक्रमित हुनेमा राज...

सप्तरीको निषेधाज्ञा हट्यो

सप्तरीको निषेधाज्ञा हट्यो
राजविराज। जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सप्तरीमा दुई महिनायता जारी गरिएको निषेधाज्ञा हटाएको छ । निषेधाज्ञा हटेसंगै अन्य धेरैजसो व्यवसाय र जिल्लाभित्र निजी सार्वजनिक सवारी साधन र सिटी रिक्सा सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाबाट आम जनजिविकामा परिरहेको असर समेतलाई दृष्टिगत गरी सुरक्षा सतर्कता अपनाउँदै व्यापार, व्यवसाय, उद्योग, कलकारखाना ...

सरकारी रकमले व्यक्तिगत पोखरी निर्माण

सरकारी रकमले व्यक्तिगत पोखरी निर्माण
राजविराज। सप्तरीको महादेवा गाउँपालिका–१ पकरी स्थित खाडो नदी नियन्त्रणको नाममा आएको २ लाख रकम ब्यक्तिगत पोखरी निर्माणमा लगाएको छ । स्थानिय नेकपाका स्थानिय नेता जय नारायण यादवले संचारकर्मीहरुसँग कुराकानी गर्दै महादेवा गाउँपालिकाको आ.व. २०७४÷०७५ मा वडा नं. १ पकरीमा गाउँपालिकाबाट विनियोजन गरेको बजेट २ लाख रकम मो. फिरियादले व्यक्तिगत पोखरी निर्माण गरेको बताए । खाडो नदी नियन्त्रणको लागि विनियोजन गरेक...

राजगढ गापाको वडा नं. ५ मा तालबन्दी

राजगढ गापाको वडा नं. ५ मा तालबन्दी
राजविराज। जिल्लाको रागजढ गाउँपालिकाको वडा नं. ५ को कार्यालयमा उपभोक्ता समितिहरुले बुधबार तालाबन्दी गरिएको छ । वडा नम्बर ५ मा विभिन्न विकास निर्माण गर्नको लागि गठन भएको उपभोक्ता समितिका पदाधिकारीहरुले तालाबन्दी गरेको हो । वडा कार्यालय आ.ब. २०७६÷०७७ मा करिब १ दर्जन उपभोक्ता समितिहरुद्वारा विकास निर्माण कार्य सम्पन्न भएको महिनौ वित्तिसक्दा पनि भुक्तानी नदिएको भन्दै आक्रोशित उपभोक्ता समितिका पदाधिकारी...

प्रदेश २ का महिला पत्रकारलाई फिचर लेखन तालिम

प्रदेश २ का महिला पत्रकारलाई फिचर लेखन तालिम
राजविराज। सोमबारबाट प्रदेश २ का ८ वटै जिल्लाका डेढ दर्जन माहिला पत्रकारहरुलाई फिचर लेखन सम्बन्धी पाँच दिने भर्चुअल तालिमको शुरुवात भएको छ । संचारिका समुहको आयोजनामा गरिएको भर्चुअल तालिममा प्रदेश २ का सिरहा, सप्तरी, बारा, पार्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा रही विगतका वर्षहरु देखि पत्रकारिता मै निरन्तर सक्रिय रहेका पत्रकार माहिलाहरुको पेशा प्रति थप उतरदायित्व निर्वाह गर्न समायानुरुपको...

सप्तरीमा चौथो पटक थपियो निषेधाज्ञा

सप्तरीमा चौथो पटक थपियो निषेधाज्ञा
राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला संकट व्यवस्थापन समितिको निर्णयले पुनः एक साताको लागि निषेधाज्ञा थप गरेको छ ।जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले पहिलो पटक गत साउन ८ गते रातिबाट निषेधाज्ञा जारी गरेको थियो । पहिलो चरणमा राजविराज नगरपालिका क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकोमा साउन २३ गतेदेखि जिल्ला भरि नै निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि तेश...

वडा सदस्यहरुलाई मोबाइल र साईकल वितरण

वडा सदस्यहरुलाई मोबाइल र साईकल वितरण
राजविराज। सप्तरीको राजगढ गाउँपालिकाले १३ जना वडा सदस्यहरुलाई साइकल, मोबाइल र नगद वितरण गरेको छ । गत आ.व. ०७६÷०७७ को निति तथा बजेट तर्जूमा कार्यक्रम अनुसार शुक्रबार गाउँपालिकाको कार्यालयमा उक्त सामग्री वितरण गरेको हो । उक्त गाउँपालिकामा २६ जना सदस्यहरु रहेका मध्ये उपस्थित भएका १३ जना वडा सदस्यहरुलाई गाउँपालिका अध्यक्ष परमान्नद यादवले सो समग्री वितरण गरेका हुन । साइकल तथा मोबाइल वितरण गर्दै अध्यक्षल...

सदस्यहरुको विरोध पश्चात राजगढ्को गाउँसभा स्थगित

सदस्यहरुको विरोध पश्चात राजगढ्को गाउँसभा स्थगित
राजविराज । सप्तरीका राजगढ गाउँपालिकाले शुरु गरेको गाउँसभा सदस्यहरुको विरोध पश्चात स्थगित गरेको छ ।विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषम् परिस्थितिका कारण राजगढ गाउँपालिकाले गाउँपालिका भित्र रहेको विभिन्न विषयगत समिति तथा गाउँ कार्यपालिकाको बैठक बिना नै एकहोरो रुपमा बिहीवार बोलाइएको गाउँ सभा अधिकाँश वडा अध्यक्ष तथा वडा सदस्यहरुको विरोधको कारण स्थगित गरिएको छ ।गाउँसभा स्थानीय तह कार्यविध...