विशिष्टको आवासमै वार्षिक २२ करोड खर्च !

विशिष्टको आवासमै वार्षिक २२ करोड खर्च !
मन्त्रीकै घरभाडामा ८१ लाख, पानी र बिजुलीमा साढे ३ करोड, टेलिफोन र इन्टरनेटको बिल ८८ लाख, मसलन्द र पर्दा–कार्पेटमा २ करोड, फर्निचरमा १ करोड ९० लाख र मर्मतमा १ करोड १० लाखदेशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपराष्ट्रपति, ...

निगमले बढायो तेलको भाउ

निगमले बढायो तेलको भाउ
आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ डिजेल र मटितेलमा २ रुपैयाँ बढाएको छ । हवाई इन्धनको मुल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ । नयाँ मुल्यअनुसार काठमाडौंमा उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मटितेलको मुल्य ९५ रुपैयाँ तिर्नुपर्नेछ । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

बालीमा ‘आँखा’ नलागोस् भनेर खेतमा सन्नी लियोनको पोस्टर

बालीमा ‘आँखा’ नलागोस् भनेर खेतमा सन्नी लियोनको पोस्टर
भारतको आन्ध्रप्रदेश राज्यमा एक किसानले आफ्नो बालीमा ‘आँखा’ नलागोस् भनेर सन्नी लियोनको पोस्टर खेतमा टाँगेका छन्। उनले आफ्नो यो तरिकाले काम गरिरहेको दाबी पनि गरेका छन्। आन्ध्रप्रदेशस्थित नेल्लोरे जिलको बन्दा किन्दी पाल्ले गाउँका ४५ वर्षे किसान चेन्चु रेड्डीले आफ्नो खेतमा लियोनको पोस्टर टाँसेका हुन्। ‘यस वर्ष दशै एकड जमिनमा मेरो बाली राम्रो भयो। मेरो बालीमा गाउँले र बाटो हिँड्नेहरुको अनावश्यक ...

पैँतालिस हजार युवालाई रोजगारका लागि दक्ष बनाइने

पैँतालिस हजार युवालाई रोजगारका लागि दक्ष बनाइने
इटहरी- वल्डवाइड टेक्निकल संस्थाले सन् २०१४ देखि २०१९ भित्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको(सिटिइभिटी) सहकार्यमा नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गरी श्रम बजारमा आपूर्ति गर्ने लक्ष्य लिएको बताएको छ । वल्डवाइडले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी)को सहकार्यमा भइरहेको सीप विकास परियोजना कार्यक्रमका विषयमा शनिबार इटहरीमा सम्बन्धित सरो...

आमिरले गर्दैछन् हलिउड फिल्मको रिमेक

आमिरले गर्दैछन् हलिउड फिल्मको रिमेक
ठग्स अफ हिन्दोस्तानपछि आमिर खानले कुन फिल्म गर्लान् ? धेरैको चासो छ । धेरै फिल्म संग उनको नाम जोडीएर आए तर उनी कुनै फिल्ममा देखिने एकिन भईसकेको थिएन । तर अव फेरी उनको पछील्लो फिल्मलाई लिएर चर्चा सुरु हुन थालेको छ । पछिल्लो खुलासाअनुसार आमिर एक हलिउड फिल्मको रिमेकमा काम गर्नेछन् । जानकारी अनुसार आमिरले शकुन बत्राको ओशोको विषयमा बन्ने फिल्म केही समय पर सारेका छन् । यसको टिमले आमिरको सल्लाहपछि फिल्म...

अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको सिस्टम “ह्याक” गरे

अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको सिस्टम “ह्याक” गरे
सिड्नी / एप्पल कम्प्युटरमा काम गर्ने “सपना” बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली ह्याक गरेको अस्ट्रेलियाली सञ्चार माध्यमहरुले जनाएका छन् । एप्पल कम्पनीले जारी गरेको विज्ञप्तिमा ग्राहकका कुनै पनि विवरणलाई दुरुपयोग नगरिएको स्पष्ट गरेको छ । अस्ट्रेलियाली अखबार द एजका अनुसार, भिक्टोरियास्थित बाल अदालत समक्ष दिइएको बयानमा ती छात्रले मेलबोर्नको घरबाटै एप्पलको मेनफ्रेम कम्प्यु...

सामाजिक सेवाको सिफारिश निःशुल्क : चन्द्रागिरि नगरपालिका

सामाजिक सेवाको सिफारिश निःशुल्क : चन्द्रागिरि नगरपालिका
काठमाडौँ / चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ । नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका सबै कार्य निःशुल्क गरेको छ । नगरपालिका अन्तर्गतका सबै १५...

काठमाडौं उपत्यकामा डुकाटी मोटरसाइकल गुडाउन प्रतिबन्ध

काठमाडौं उपत्यकामा डुकाटी मोटरसाइकल गुडाउन प्रतिबन्ध
काठमााडैं / प्रहरीले उपत्यकाभित्र डुकाटी मोटरसाइकल गुडाउन रोक लगाएको छ । अत्याधिक ध्वनी प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगेको निष्कर्शसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्रान्डका कुनै पनि मोटरसाइकल उपत्यकाभित्र सञ्चालन गर्न नपाइने गरी प्रतिबन्ध लगाएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले राजधानीको सडक डुकाटी मोटसरसाइकलको गति धान्न सक्ने क्षमत...

कहिले बस्ला संवैधानिक इजलास ?

कहिले बस्ला संवैधानिक इजलास ?
काठमाडौं / संवैधानिक इजलास दुई हप्तादेखि बसेको छैन । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बसेका कारण इजलास नबसेको जानकारी दिँदै सर्वोच्च अदालतका सह–प्रवक्ता नगेन्द्र कालाखेतीले नेपाल भने, ‘इजलास नियमित बसिरहेकै छ । जोशी श्रीमान् बिदामा बसेकाले बिदा बसेको दिनपछि संवैधानिक इजलास नबसेको हो ।’सर्वोच्चका अनुसार गत असारसम्म संवैधानिक इजलासमा १ सय ९९ वटा मुद्दा दर्ता भएका छन् । संवै...

पेट्रोल स्टक क्षमता पाँच दिनमा झर्यो

पेट्रोल स्टक क्षमता पाँच दिनमा झर्यो
काठमाडौं / भारतबाट पेट्रोलियम पदार्थ आयातमा एक दुई दिनमात्र रोकिए मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ । पेट्रोलियम पदार्थको खपत बार्षिक २० प्रतिशतले बढेर पनि भण्डारण क्षमता नबढाउँदा पेट्रोल स्टक क्षमता पाँच दिनमा झरेको छ । पेट्रोल ढुवानीमा अवरोध भए आम उपभोक्तालाई पेट्रोल आपूर्ति गर्न कठिन हुने आयल निगमले जनाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले भने, पेट्रोलियम पदार्...