अमिताभ बच्चन अस्पतालमा भर्ना, कोरोना संक्रमणको पुष्टि

अमिताभ बच्चन अस्पतालमा भर्ना, कोरोना संक्रमणको पुष्टि
मुम्बई । अमिताभ बच्चनलाई शनिबार साँझ नानावती अस्पतालमा भर्ना गरिएको छ । उनको कोरोनाभाइरसको परीक्षणमा पोजेटिभ पाइएको छ । उनले आफै सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘म कोरोना पोजेटिभ पाइएको छु । म अस्पताल भर्ना भइसकेको छु । मेरो परिवार र स्टाफका सदस्यहरुको परीक्षण भएको छ । उनीहरुको रिपोर्ट आएको छैन । पछिल्ला १० दिनमा मेरो सम्पर्कमा आएका सबैलाई अनुरोध गर्दछु कि वहाँहर...

भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’

भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’
भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’ नौला होइनन्। यस्ता स्क्यान्डलले पीत पत्रकारिता बढिरहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले गत वर्ष कडा ध्यानाकर्षण गराएको थियो। त्यसले पेसा, सम्बन्धित संस्था र सर्वसाधारण तीनै पक्षलाई हानि पुग्ने अदालतको ठहर थियो। फैसलामा भनिएको थियो– ‘प्रेस स्वतन्त्रता सर्वोच्च त हो, तर त्यो एकतर्फी हुनु हुँदैन।’ ‘द वायर’ न्युज पोर्टलले गरेको अपिलमा न्यायाधीशहरू अरुण मि श्र...

भारत र चीनका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा झडप

भारत र चीनका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा झडप
नयाँ दिल्ली। भारत र चीनका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा झडप हुँदा एक अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको छ। भारत सरकारका एकजना अधिकारीका अनुसार गलवान उपत्यकाको सीमामा सैनिकहरुबीच एकापसमा विवाद हुँदा झडपको रुप लिएको हो। भारतीय सेनाका अनुसार भारत-चीन सीमास्थित गलवान घाटीमा सोमवार राति एकजना कर्णेल र दुईजना जवानको ज्यान गएको हो। दुई देशका सैनिकबीच भएको भिडन्तमा यो क्षति भएको हो। भारतीय सेना...

जर्ज फ्लोइड हत्या प्रकरण : आरोपितसँग १२.५ लाख डलर धरौटी माग

जर्ज फ्लोइड हत्या प्रकरण : आरोपितसँग १२.५ लाख डलर धरौटी माग
काठमाडौं / एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारीलाई अमेरिकी अदालतले १२.५ लाख डलर धरौटी माग गरेको छ। अदालतले हाल निलम्बनमा परेका डेरेक शोभिनसँग आरोपहरूको गम्भीरता र जनआक्रोशलाई ध्यानमा उक्त रकम धरौटी माग गरेको बीबीसीले जनाएको छ । टेलिकन्फरेन्समार्फत्‌ सोमवार अदालतमा उपस्थित भएका शोभिनले भने कुनै प्रकारको आग्रह नगरेको बताइएको छ । १५ मिनेटको सुनुवाइमा उ...

लकडाउन बढाउने निर्णय गर्ने तयारीमा

लकडाउन बढाउने निर्णय गर्ने तयारीमा
कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि भारत सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् । कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोष...

आजदेखि भारतमा लकडाउनको केही प्रतिबन्धमा छुट

आजदेखि भारतमा लकडाउनको केही प्रतिबन्धमा छुट
काठमाण्डौ। आजदेखि भारतमा लकडाउनको केही प्रतिबन्धमा छुट दिइएको छ । तर यो छुट सबै राज्यमा लागू हुनेछैन । केही राज्यले त कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणलाई ध्यानमा राख्दै कुनै किसिमको छुट नदिने बताइसकेका छन् । आजदेखि खेती, फूल र कृषिसँग जोडिएका गतिविधि सुरु गर्न इजाजत दिइएको छ । साथै सबै स्वास्थ्य सेवा निरन्तर चलिरहेनेछ, यसमा आर्युवेदसँग जोडिएको सेवा पनि पर्छ । महात्मा गान्धी राष्ट्रिय ग्रामीण रो...

कोरोना भाइसको बारेमा पहिला जानकारी दिने डाक्टरको मृत्यु

कोरोना भाइसको बारेमा पहिला जानकारी दिने डाक्टरको मृत्यु
कोरोना भाइरसबारे संसारलाई सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको मृत्यु भएको छ। चिनियाँ चिकित्सक ली वेनलियान्गको बिहीबार चीनमा मृत्यु भएको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ। ग्लोबल टाइम्सका अनुसार चिकित्सक ली वेनलियान्गको मृत्यु कोरोना भाइरसको संक्रमणको कारण भएको हो। जब चीनको वुहान शहरमा कोरोना भाइरसबारे सूचना लुकाउने प्रयास गरिएको थियो, त्योबेला चिकित्सक ली वेनलियान्गले अस्पता...

हेलिकप्टर दुर्घटनामा चर्चित खेलाडी कोबेसहित छोरीको मृत्यु

हेलिकप्टर दुर्घटनामा चर्चित खेलाडी कोबेसहित छोरीको मृत्यु
काठमाडौं । अमेरिकामा हेलिकप्टर दुर्घटना भएको छ । लस एन्जल्समा सोमबार बिहान निजी हेलिकप्टर दुर्घटना भएको हो ।हेलिकप्टर दुर्घटनामा बास्केटबलका चर्चित खेलाडी ४१ वर्षीय कोबे ब्राउट र उनकी १३ वर्षीया छोरीसहित ९ जनाको मृत्यु भएको छ । दुर्घटनाको कारण भने खुलिसकेको छैन । दुर्घटनाबारे अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । https://youtu.be/tUDW-mGrias

सार्वजनिक बसभित्र एकअर्कासँग चुम्बन गर्न नमान्दा किशोरद्वारा दुई युवतीमाथि दुर्व्यवहार

सार्वजनिक बसभित्र एकअर्कासँग चुम्बन गर्न नमान्दा किशोरद्वारा दुई युवतीमाथि दुर्व्यवहार
काठमान्डाै / बेलायतका तीनजना किशोरले सार्वजनिक बसमा सवार दुई महिलाले एकअर्कासँग चुम्बन गर्न अस्विकार गरेका कारण आक्रमण गरेको आरोप स्विकारेका छन् । गत ३० मेमा २८ वर्षीया मेलानिया गेमोनाट र उनकी साथी क्रिस्टिन हान्नीगानमाथि क्यामेडन नाइट बसमा ती उपद्रोही किशोरहरुले सिक्का प्रहार गरेको प्रहरीले जनाएको छ । नाम नखुलाइएका क्रमशः १५, १६ र १७ वर्षीय तिनीहरुले यसअघिसम्म आफूमाथि लगाइएको धम्की दिएको तथा दुर्...

पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय

पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय
काठमाडौं। पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । दुबईमा उपचार गराइ रहेका उनलाइ लाहौर हाइकोर्टले यो फैसला सुनाएको हो । केही दिन अघि उनले एक भिडियो जारी गर्दै छानविन आयोगलाई आफू कहाँ आउन र आफ्नो अवस्था हेर्न आग्रह गरेका थिए । आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहकेा मुद्दाबारे उनले भनेका थिए, ‘मेरो विचारमा यो निराधार छ । देशद्रोहक...