किंग्स इलेभेन पन्जाब ४८ रनले पराजित

किंग्स इलेभेन पन्जाब ४८ रनले पराजित
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको यो सिजन साविक विजेता मुम्बईले दोस्रो जित हात पारेको छ। बिहीबार राती भएको खेलमा मुम्बईले किङ्स इलेभेन पन्जाबलाई ४८ रनले पराजित गर्‍यो। एक सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४३ रनमात्र जोड्न सक्यो।पन्जाबका लागि निकोलास पुरनले सर्वाधिक ४४ रन बनाए। मायांक अग्रवालले २५, केएल राहुलले १७ र ग्लेन म्याक्सवेल ११ रन बनाएर ...

मुम्बई इन्डियन्सले किंग्स इलेभेनलाई १९२ रनको लक्ष्य

मुम्बई इन्डियन्सले किंग्स इलेभेनलाई १९२ रनको लक्ष्य
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा मुम्बई इन्डियन्सले किङ्स इलेभेन पन्जाबलाई एक सय ९२ रनको लक्ष्य दिएको छ। मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९१ रन जोड्यो। मुम्बईले अन्तिम समयमा विस्फोटक ब्याटिङ गर्‍यो। कायरन पोलार्डले २० बलमा ४ छक्का र ३ चौकासहित अविजित ४७ रन जोडे। यस्तै हार्दिक पाण्ड्याले ११ बलमा २ छक्का र ३ चौकासहित अविजित ३० रन बनाए। २० औँ ओ...

सन्दीप आबद्ध ट्रिनबागोको खराब ब्याटिङ

सन्दीप आबद्ध ट्रिनबागोको खराब ब्याटिङ
क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटको पहिलो सेमिफाइनलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजले ट्रिनबागो नाइट राइडर्सलाई एक सय ८ रनको लक्ष्य दिएको छ। टस जितेपछि ट्रिनबागोले पहिला बलिङ गर्ने निर्णय गरेको थियो। जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७ रन जोड्यो। जमैकाका निरुमह बोन्नरले सर्वाधिक ४१ रन बनाए। रोवमन पावेलले ३३ र कार्लोस ब्राथवैटले १३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अं...

फ्रेन्च फुटबलर एम्बाप्पेलाई कोरोना पुष्टि

फ्रेन्च फुटबलर एम्बाप्पेलाई कोरोना पुष्टि
काठमाडौं। फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ। कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन्। उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण भने छैन्। उनमा संक्रमण देखिएपछि युरोपियन नेसन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ। एमबाप्पेमा संक्रम...

पूर्वेली क्लब बिर्तामोड र मेची नेत्रालय ट्रेनिंग सेन्टर काँकडभिट्टा भिडदै

पूर्वेली क्लब बिर्तामोड र मेची नेत्रालय ट्रेनिंग सेन्टर काँकडभिट्टा भिडदै
झापा। झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ मा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा पूर्वेली क्लब बिर्तामोड र मेची नेत्रालय ट्रेनिंग सेन्टर काँकडभिट्टा आज भिडने भएका छन् । स्थानीय गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुने खेलमा राष्ट्रिय स्तरका खेलाडीहरुको समेत सहभागिता रहने छ । यसअघि हिजो भएको खेलमा मुनाल क्लब चन्द्रगढीले शिवसताक्षी फुटवल क्लब झिलझिलेला...

भलिबलको उपाधि आर्मीले जित्यो

भलिबलको उपाधि आर्मीले जित्यो
सुनसरीको इनरुवामा सम्पन्न तेस्रो मेयर कप रात्रिकालीन राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि आर्मीले जितेको छ ।आर्मीले अर्को विभागीय टोलीलाई पराजित गर्दै उपाधि हात पारेको हो ।उपाधिसँगै आर्मीले १ लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपबिजेता बनेको पुलिसले ७५ हजारमा चित्त बुझाएको छ । शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको रात्रिकालीन भलिबल प्रतियोगिताको प्रतिष्पर्धात्मक फाइ...

भलिबलको फाइनलमा आर्मी र पुलिस भिड्दै

भलिबलको फाइनलमा आर्मी र पुलिस भिड्दै
सुनसरीको इनरुवामा जारी तेस्रो मेयर कप रात्रिकालीन राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिकालागि दुई विभागीय टिम नेपाल पुलिस र आर्मी भिड्ने भएका छन् ।महेन्द्र चोकमा समपन्न पछिल्ला खेलमा जित निकाल्दै पुलिस र आर्मीले फाइनल यात्रा तय गरेका हुन् ।सेमीफाइनल अन्र्तगतको पहिलो खेलमा आर्मीले सोलुखुम्बुलाई पराजित गरेको थियो । सोझो सेटमा जीत निकालेको आर्मीले २५–१९, २५–१६ र २५–१४ को सेटमा नतिजा आफ्नो पक्षमा पारेको...

भलिबलमा एपीएफ र सोलुको जित

भलिबलमा एपीएफ र सोलुको जित
सुनसरीको इनरुवामा जारी तेस्रो मेयर कप रात्रिकालीन भलिबल प्रतियोगिताको पछिल्ला खेलमा विभागीय टोली एपीएफ र सोलुखुम्बु बिजयी भएका छन् ।इनरुवाको महेन्द्र चोकमा समपन्न पछिल्लो खेलमा एपीएफले सुनसरी लाई पराजित गरेको छ । त्यसैगरी अर्को खेलमा सोलुखुम्बुले आयोजक इनरुवालाई हराएको हो । एपीएफले सुनसरीलाई ३–० को सेटमा हराएको हो । सुनसरी विभागीय टिम एपीएफ सँग २५–१६, २५–१३ र २५–१७ को सेटमा पराजित भएको हो ।एपीए...

भलिबलमा पुलिसले सोलुलाई हरायो

भलिबलमा पुलिसले सोलुलाई हरायो
सुनसरीको इनरुवामा जारी तेस्रो मेयर कप राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस बिजयी भएको छ । पुलिसले सोलुखुम्बु भलिबल टिमलाई पराजित गरेको हो । महेन्द्र चोकमा समपन्न खेलमा पुलिसले सोलुखुम्बु माथि सोझो सेटमा जित निकालेको छ । सोलुका खेलाडी माथि सुरुवात देखिनै हावी भएको पुलिसले लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित दर्ता गरेको छ । नेपाल पुलिसले २५–१९, २५–१५ र २५–१४ को स्कोरको सोझो...

रात्रिकालीन भलिबल : आर्मी र एपीएफको बिजयी सुरुवात

रात्रिकालीन भलिबल : आर्मी र एपीएफको बिजयी सुरुवात
सुनसरीको इनरुवामा सुरु रात्रिकालीन मेयर कप राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफले बिजयी सुरुवात गरेका छन् ।पहिलो खेलमा आर्मीले सुनसरी भलिबल टिमलाई हराउँदा अर्को बिभागीय टोली एपीएफले इनरुवालाई पराजित गरेको छ । पहिलो खेलमा आर्मीले सुनसरी विरुद्ध सोझो सेटमा जित निकालेको हो । पहिलो सेट२५–१३ ले जितेको आर्मीले त्यस पछिका लगातार दुई सेट २५–१४ र २५–१६ ले आफ्नो पक्षमा पार्दै ...