आजबाट जितिया पर्व सुरु, यस्तो छ वर्त विधि

आजबाट जितिया पर्व सुरु, यस्तो छ वर्त विधि
आजबाट सम्पूर्ण मिथिला समुदायमा जितिया पर्व सुरु भएको छ। मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजबाट जितिया पर्व धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खु...

सुनसरीमा मनाइयो करम पूजा

सुनसरीमा मनाइयो करम पूजा
सुनसरीमा करम पूजा पर्वका रुपमा मनाइएको छ । उराँव समुदायले करम पूजाको आयोजना गरी पर्व मनाएका हुन् । उनीहरुले यस पटकको पूजालाई भीडभाड रहित रुपमा मनाएका हुन् । कोरोना महामारीका बिच बढ्दो जोदिमलाई मध्यनजर गर्दै उराँव समुदायले स्वास्थ्य मापदण्डको ख्याल गर्दै करम पूजाको आयोजना गरेको छ । इनरुवामा शान्तिको प्रतिक परेवा उडाएर करम पूजालाई औपचारिकता दिइएको थियो ।उराँव प्रतिष्ठान इनरुवाको हातामा आयोजित कार...

बालिका पूजामा उर्लियो भीड

बालिका पूजामा उर्लियो भीड
राजविराज – १३ वर्षीया मुनचुनकुमारी दासलाई उनकी आमाले बिहान सबेरै उठाउँछिन्। नुहाएर सफा कपडा लगाइदिएपछि नास्ता खुवाउँछिन्। त्यसपछि बिहान ७ बजे नजिकै ठाकुर बाबाको मन्दिरमा लगेर राख्छिन्। यो घटना सप्तरीस्थित दक्षिण–पश्चिमको बलान बिहुल गाउँपालिका–६ रौतहटको हो। प्राचीनकालका राजा ठाकुर बाबा नुहाउने भनिएको बडकी (ठूलो) पोखरीछेउ निर्मित मन्दिरमा सप्तरी र सिरहाका गाउँबाट भीड उर्लिन थालेको छ। उनीहरू देवीस्वर...

सोह्रश्राद्धमा पनि भर्चुअलको सहायता लिनुपर्ने अवस्था

सोह्रश्राद्धमा पनि भर्चुअलको सहायता लिनुपर्ने अवस्था
ललितपुर - पण्डित माधवप्रसाद शर्मालाई संक्रमणबीच ‘संस्कार जोगाउने’ पिरलोले सताउन थाल्दै छ । नजिकिदो ‘सोह्रश्राद्ध’ले त झन् नपिरोल्ने कुरै भएन । सोह्र श्राद्ध आगामी १७ भदौदेखि सुरु हुँदै छ ।‘संक्रमणबाट जोगिनु पनि प¥यो, संस्कार पनि धान्नैप¥यो,’ पण्डित शर्माले सुनाए, ‘घरघर जाँदा संक्रमण सर्ने र फैलने उत्तिकै खतरा छ, यसो भएपछि श्राद्धमा पनि भर्चुअलको सहायता लिनुपर्ने अवस्था छ ।’ जजमान र पुरोहित आ–आफ्नै...

कोरोनाका बीच आज चौरचन पर्व मनाइँदै

कोरोनाका बीच आज चौरचन पर्व मनाइँदै
कोरोना भाईरसको सन्त्रासका बीचनै आज मिथिला क्षेत्रमा चौरचन पर्व मनाइदैछ । मिथिला क्षेत्रमा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्वको रुपमा मानिन्छ । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, विभिन्न मिष्ठान्न, खिर आदी चढाइने परम्परा छ। यस पर्वमा घरमूली महिला दिनभरि निराहार ब्रत बसेर साँझ चन्द्रमाको दर्शन गरेर यो पर्व समापन गर्छन् । ब्रतालुले एक दिनपूर्व नै ब्रत सङ...

पुजारी हत्याको बिरोधमा सुनसरीमा ज्ञापन पत्र

पुजारी हत्याको बिरोधमा सुनसरीमा ज्ञापन पत्र
रौतहटमा गोली हानी पुजारीको हत्या गरिएको विषयलाई लिएर सुनसरीमा ज्ञापन पत्र बुझाइएको छ । वृहत सनातन महासंघ(प्रस्तावित) ले जिल्ला प्रशासन कार्यालय सुनसरीमा पुगेर आज ज्ञापन पत्र बुझाएको हो । संयोजक युवा सन्त श्रीनिवासाचार्यले पुजारी हत्या घटनाको बिरोध सहितको ज्ञापन पत्र प्रजिअ फणिन्द्रमणि पोखरेल समक्ष बुझाउनु भएको हो । ज्ञापन पत्रमा धर्ममाथिको प्रहार सहयै नहुने बताइएको छ । घटनाको निष्पक्ष अनुसन्धा...

कोरोना कहरका बिच तीजको अघिल्लो दिन आज दर खाइँदै

कोरोना कहरका बिच तीजको अघिल्लो दिन आज दर खाइँदै
महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व ...

बुबा भेट्न कोरोनाले सकिएन, अर्को साल खैं

बुबा भेट्न कोरोनाले सकिएन, अर्को साल खैं
ललितपुर । आफ्ना पुजनीय बुवालाई सम्मान र भक्ति प्रकट गर्दै बुधबार बुबाको मुख हेर्ने दिन मनाइदैछ । अन्धकार रुपी संसारमा ज्ञान एवं कर्मको दिब्य ज्योती प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गूरुका रुपमा रहेका पीतालाई छोराछोरीहरुले मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडा लगायतका विभिन्न वस्तुहरु दिदै बुबाको सम्मान गर्ने गर्दछन् । भाद्र कृष्ण औशी कुशे औशीका आफ्ना बाबुको सम्मान गरिने परम्परा छ । यो दिन बाबु ह...

भगवान् श्रीकृष्णको पूजा–आराधनाका साथ श्रीकृष्ण जन्माष्टमी मनाइदै

भगवान् श्रीकृष्णको पूजा–आराधनाका साथ श्रीकृष्ण जन्माष्टमी मनाइदै
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष...

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर ईद आज आज मनाउँदै

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर ईद आज आज मनाउँदै
इस्लाम धर्मावलम्बीले आफ्नो दोस्रो ठूलो पर्व बकर ईद (इदुल जोहा) आज मनाउँदैछन् । मुस्लिम समुदायले दोस्रो ठूलो पर्वका रुपमा सद्भाव एवं शुभेच्छा आदानप्रदान गरेर यो चाड मनाउँछन् । मुस्लिम समुदायले यस पर्वका दिन सामूहिक रूपमा नमाज पढ्दै एकआपसमा शुभकामना साटासाट गर्ने गर्छन् । तर कोरोना भाइरस महामारीका कारण इस्लाम धर्मावलम्बीले सामूहिक रुपमा नमाज पढ्न नपाउने अवस्था छ । आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप...