कतारमा पनि पुग्यो कोरोना, ३ आप्रवासी कामदार कोरोनाबाट संक्रमित

कतारमा पनि पुग्यो कोरोना, ३ आप्रवासी कामदार कोरोनाबाट संक्रमित
काठमाडौं । कतारमा कार्यरत तीन जना आप्रवासी कामदारलाई कोरोना भाइरस संक्रमण भएको कतार सरकारले आइतबार पुष्टि गरेको छ । कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार सुरु गरिएको छ ।ती कामदारसँग बस्‍ने अन्य कामदारलाई समेत क्वारेन्टाइनमा राखिएको छ। संक्रमित आप्रवासी कामदार कुन देशका हुन् भन्‍नेबारे खुलाएको छैन। कतारले शनिबार मात्रै पत्रकार सम्मेलन ग...

यि हुन कोरोना भाइरसबाट जोगिन विश्‍व स्वास्थ्य संगठनका १५ सुझाव

यि हुन कोरोना भाइरसबाट जोगिन विश्‍व स्वास्थ्य संगठनका १५ सुझाव
काठमाडौं । कोरोना भाइरसको संक्रमण जति फैलिएको छ, त्यससँगै यसबारे त्रास र भ्रम पनि फैलिएका छन् । स्मरणीय कुरा के छ भने, विश्वभर एक लाख भन्दा धेरै संक्रमित हुँदा ३५ सय को मृत्यु भएको हो । ६५ हजार जति बिरामी त उपचारपछि घर फर्किसकेका पनि छन् । अर्थात् कोरोना संक्रमण लाग्नासाथ मृत्यु हुने चाहिँ होइन । कोरोना भाइरसका भ्रम र तथ्यबारे विश्व स्वास्थ्य संगठनले हालै महत्वपूर्ण सुझाव सार्वजनिक गरेको छ : ...

सावधान ! होली खेले कोरोनाको जोखिम हुन सक्छ

सावधान ! होली खेले कोरोनाको जोखिम हुन सक्छ
काठमाडौं । कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट जोगिन यसपटक होलीमा रमझम र भीडभाड नगर्न विज्ञहरूले सुझाव दिएका छन्। होलीको दिन सोमबार सरकारले सार्वजनिक विदा दिएको छ। तर, एक आपसमा रङ छर्कदा र चिसोपानीमा भिज्दा कोरोना संक्रमणको जोखिम उच्च रहने भन्दै यसबाट सजग रहन सचेतसमेत गराएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन र स्थानीय सरकारले समेत सार्वजनिक सूचना गरेर होलीमा विगतमा जस्तो तडकभडक नगर्न ...

तीन राप्रपाबीच एकता सहमति, तीनै जना अध्यक्ष, डेढ वर्षपछि महाधिवेशन

तीन राप्रपाबीच एकता सहमति, तीनै जना अध्यक्ष, डेढ वर्षपछि महाधिवेशन
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पाटी (संयुक्त) बीच एकताको सहमति भएको छ । शनिबार राति तीन अध्यक्षबीच भएको सहमतिपछि एकता टुंगो लागेको हो । सहमतिअनुसार एकतापछिको राप्रपामा तीनै जना अध्यक्ष रहने छन् । राप्रपा संयुक्तका प्रवक्ता जनकराज पाठकले अध्यक्ष त्रयबीचको शनिबार रातिको सहमतिपछि एकत...

तमोरमा नदी किनारमा सेल्फी खिच्न खोज्दा डुबेका एक भारतीय बेपत्ता

तमोरमा नदी किनारमा सेल्फी खिच्न खोज्दा डुबेका एक भारतीय बेपत्ता
काठमाडौं । धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीमा एकजना भारतीय नागरिक शनिबार नदीमा डुबेर बेपत्ता भएका छन् । भारतको विहार राज्यको पूर्णिया घर भइ विराटनगरको नोबेल मेडिकल कलेजमा अध्ययनरत २६ वर्षीय भिनित शर्मा नदी किनारमा सेल्फी खिच्न खोज्दा चिप्लिएर नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। दिउँसो करिब १ बजे साथीहरुसँग उक्त स्थानमा गएका उनी बेपत्ता भएका हुन्। बेपत्ता भएका उनको खोजी कार्य भइरहेको जि...

एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा, कोरोनाविरुद्ध खोप परीक्षण

एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा, कोरोनाविरुद्ध खोप परीक्षण
काठमाडौं । विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा रहेको भन्दै अनुगमन गरिरहेको छ । हालसम्म कोरोनाले मर्नेको सङ्ख्या तीन हजार २०३ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अदानम गेब्रियसले बुधबार चीनबाहेक ८० प्रतिशत को...

वीउ विजन किनबेचमा ४६ लाख भ्रष्टाचार, सात जनाविरुद्ध मुद्धा

वीउ विजन किनबेचमा ४६ लाख भ्रष्टाचार, सात जनाविरुद्ध मुद्धा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक धर्मराज अधिकारी सहित सात जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध सञ्चालक धर्मराज अधिकारी, सञ्चालक समितिका अध्यक्ष र सदस्यहरु तथा कर्मचारीको मिलेमतोमा बीउ खरिद तथा आर्थिक मसान्त सकिएपछि पनि निजी बीउ व्यवसायीसँग मकै बीउ कम्पनीले खरिद गरेको विषयमा अख्तियारले छानविन गरेको थियो...

जुम्लाका रतन तिरुवालाई ७ दिन थुनामा राख्‍न आदेश

जुम्लाका रतन तिरुवालाई ७ दिन थुनामा राख्‍न आदेश
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवालाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले तिरुवाविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको समय दिइएको बताए । कसुर पुष्टि भए प्रशासनले तिरुवालाई १ वर्षसम्म कैद वा १० हजा...

प्रहरीप्रती नागरिकको प्रश्न, किन नागरिक मैत्री र सभ्य बन्न सक्दैनन् प्रहरी ?

प्रहरीप्रती नागरिकको प्रश्न, किन नागरिक मैत्री र सभ्य बन्न सक्दैनन् प्रहरी ?
काठमाडौं । सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्वन्ध राख्ने नेपाल प्रहरीका जिम्मेवार पदाधिकारीहरू बोली, ब्यवहार र आचरणका कारण किन बारम्वार विवादमा आउने गर्छन । नागरिक जवाफको खोजीमा छन् । विहीवार ललितपुरको भैंसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नावालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटना समाजिक सञ्जालमा भाइरल भए पछि सर्वसाधारणलाई यस्को जवाफ खोज्न बाध्य पारेको हो ।नेपाल ...

कोरोना भाइरसको अति उच्च जोखिममा नेपालः विश्व स्वास्थ्य संगठन

कोरोना भाइरसको अति उच्च जोखिममा नेपालः विश्व स्वास्थ्य संगठन
काठमान्डाै / विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । डब्लूएचओले दक्षिण एसियाको भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । यो भन्दा अघि डब्लूएचओले चीन...