कोरोना संक्रमण देखिएपछि इनरुवा नगरपालिका भोलीबाट बन्द

कोरोना संक्रमण देखिएपछि इनरुवा नगरपालिका भोलीबाट बन्द
इनरुवा । इनरुवा नगरपालिकाको कार्यालय भोलीबाट बन्द हुने भएको छ। नगरपालिकाले आज एक सुचना जारी गर्दै नगरपालिका बन्द गर्ने निर्णय गरेको हो। इनरुवा नगरपालिका र वडा कार्यालयका केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकोले मिती २०७७।०६।२९ गते देखि अर्को सुचना प्रकाशन नभए सम्मकोलागि नगरपालिका बन्द गरिएको सुचनामा उल्लेख गरिएको छ। नगरका जनप्रतिनिधिहरु तथा अन्य कर्मचारीहरु कोरोनाको उच्च जोखिममा रहेको र नगर ...

इनरुवामा अस्पतालका डाक्टर सहित नेता सम्म संक्रमित

इनरुवामा अस्पतालका डाक्टर सहित नेता सम्म संक्रमित
इनरुवामा चिकित्सक सहित नेता सम्म कोरोना संक्रमित पाइएका छन् । केहि दिन अघि इनरुवा अस्पतालबाट स्वाब संकलन गरिएको २० जना मध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आउँदा डाक्टर र नेता समेत संक्रमित पाइएका हुन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार इनरुवा अस्पतालमा कार्यरत डाक्टर सहित प्रशासन प्रमुखमा कोरोना पुष्टि भएको छ ।कार्यालयका अनुसार स्वाब संकलन गरिएका मध्ये अर्का एक डाक्टरको रिपोर्ट पूनः परीक्षणको क्रम...

कोशी टप्पुका स्थानीय उत्पादनलाई बजारीकरण गरिदै

कोशी टप्पुका स्थानीय उत्पादनलाई बजारीकरण गरिदै
कोशी टप्पु वन्यजन्तु आरक्ष हाता भित्र पाइने कच्चा पदार्थबाट हाते सामग्री निर्माण गरी त्यसको बजारीकरणमा जोड दिन थालिएको छ ।आरक्षको प्रचार गर्ने उद्येश्यले स्थानीय उत्पादनको प्रर्वद्धनमा जोड दिन थालिएको हो ।स्थानीयको कला र हाते सीपका माध्यमबाट उत्पादित सामग्रीको बजार विस्तारमा जोड दिदै यतिबेला त्यस्ता सामग्रीको उत्पादन बढाउन थालिएको छ । उक्त काममा २५ जना महिलालाई रोजगारी समेत दिइएको छ । रोटरी क्ल...

जिल्लावासीलाई सावधानी अपनाउन सुनसरी प्रशासनको आग्रह

जिल्लावासीलाई सावधानी अपनाउन सुनसरी प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोनाको जोखिम बढेको भन्दै सावधानी अपनाउन जिल्लावासीमा आग्रह गरेको छ । प्रशासनले जिल्लामा भीडभाड हुने कार्यक्रम आयोजना हुन थालेको भन्दै त्यस्ता कुनैपनि गतिविधि तत्काल संचालनमा नल्याउन आग्रह गरेको छ ।प्रशासनले भनेको छ ,‘कोरोनाको जोखिम बढ्दै जाँदा बजारमा भीड बढेको छ । स्वास्थ्य मापदण्डको ख्याल नगरी संचालित व्यापार व्यवसाय सँगैको असावधानीले समुदायमा संक्रमण बढ्दो छ । ...

विद्यालय खोल्न पाइने हल्ला निराधारः प्रजिअ

विद्यालय खोल्न पाइने हल्ला निराधारः प्रजिअ
इनरुवा। आइतबारबाट विद्यालय संचालनमा ल्याउन पाइने भन्ने हल्ला निराधार रहेको सुनसरी प्रशासनले जनाएको छ । विद्यालय खोलेर बढीमा १५ जना विद्यार्थी उपस्थित रहन सक्ने गरी कक्षा ८,९ र १० को पढाई संचालन गर्न पाउने भनि फैलिएको हल्लामा सत्यता नरहेको प्रशासनले स्पष्ट पारेको छ । विभिन्न अनलाइन र सामाजिक सञ्जालमा आएका सुनसरीमा विद्यालय खुल्ने भन्ने आशयका समाचार प्रति ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रशासन कार्या...

यस्तो छ जिल्ला प्रशासन सुनसरीको कोरोना लक्षित नयाँ निर्णय

यस्तो छ जिल्ला प्रशासन सुनसरीको कोरोना लक्षित नयाँ निर्णय
काेराेना संक्रमण सम्बन्धि जिल्ला प्रशासन कार्यालय सुनसरीले नयाँ निर्णय सार्वजनिक गरेकाे छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सुचना जारी गर्दै नयाँ निर्णय सार्वजनिक गरेकाे हाे । जसमा चाडपर्व लक्षित सुरक्षा व्यावस्था र काेराेना संक्रमणका कारण लगाएका प्रतिबन्धका सम्बन्धमा रहेकाे छ । त्यसैगरी विद्यालय संचालन सम्बन्धि पनि निर्णय भएकाे छ । जिल्ला प्रशासनले खुला स्थानमा सञ्चालन हुने साप्ताहिक ...

भोक्राहा नरसिंहको २० किलोमीटर सडक कालोपत्रे हुदै

भोक्राहा नरसिंहको २० किलोमीटर सडक कालोपत्रे हुदै
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पहिलो पटक यस बर्ष सबै भन्दा लामो सडक कालो पत्रे हुने भएको छ । गाउँपालिका भित्र करिब २० कि.मी. सडक आर्थिक बर्ष ०७७÷०७८ मा कालोपत्रे हुने भएको हो । गाउँपालिका भित्र अहिले सम्मकै लामो बाटो कालो पत्रे हुन लागेको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले बताए ।गाउँपालिका भित्र २० कि.मी. बाटो कालो पत्रे हुने भए पछि गाउँपालिका बासी पनि खुसी...

सिडियो कार्यालयमा खै त दुरी !

सिडियो कार्यालयमा खै त दुरी !
कोरोना महामारीको समयमा नियमनकारी निकायका रुपमा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीमै भौतिक दुरीको वेवास्ता गरिएको पाइएको छ ।सेवा प्रवाहको नाममा सुनसरी प्रशासनमा अव्यवस्थित भीड देखिएको हो । कोरोनाको जोखिमका बिच जिल्लाको प्रमुख अड्डामा देखिएको उक्त भीड कार्यालयको लागि लज्जाको विषय मात्रै बनेको छैन् । नियमनकारी निकायका सामू प्रश्न चिन्ह समेत खडा भएको छ । जसलाई स्थानीयले कुरीकुरी भनेका छन् । कार्य...

मधेशामा २१० जना नेपाली कांग्रेसमा प्रवेश

मधेशामा २१० जना नेपाली कांग्रेसमा प्रवेश
इनरुवा । इनरुवा नगरपालिकामा आज नेपाली कांग्रेसको वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। इनरुवा वडा नं. ६ स्थित मधेशामा नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो। विभिन्न पार्टी परित्याग गरी २१० जना नेपाली कांग्रेस सुनसरीमा प्रवेश गरेका हुन्। नेकपा लगायत विभिन्न पार्टी परित्याग गरि २१० जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस सुनसरीले जनाएको छ। नेपाली कांग्रेसको प...

कोरोना कहरका बिच पार्टी प्रवेशको लहर

कोरोना कहरका बिच पार्टी प्रवेशको लहर
सुनसरीमा यतिबेला पार्टी प्रवेशको कार्यक्रम निकै आयोजना हुन थालेका छन् । खासगरी सदरमुकाम इनरुवा सहित आसपासका पालिकाहरुमा धमाधम त्यस्ता कार्यक्रम भैरहेका छन् । सुनसरीमा पछिल्लो केहि सातायता दैनिकजसो आयोजना भैरहेका पार्टी प्रवेश, कार्यकर्ता प्रशिक्षण र भेला जस्ता कार्यक्रममा सर्वसाधारणको उपस्थिति बाक्लो देखिन थालेको छ । पार्टीका उच्च ओहदाका नेताहरु समेतको उपस्थितिमा त्यस्ता कार्यक्रमहरु धमाधम भैरहेक...