झापाको बेलडाँगीमा भिषण आगलागी, दर्जनभन्दा बढी घर नष्ट
७ असार, दमक। झापाको दमक–५ स्थित बेलडाँगी शिविर नजिकैको बस्तीमा सोमबार राति लागेको भिषण आगलागीले दुई दर्जन घर नष्ट भएका छन् । स्थानीय बेलडाँगी–२ शिविर नजिकैको बजारमा राति ८ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीबाट कम्तीमा त्यस क्षेत्रका २० वटाभन्दा बढी घर तथा पसल जलेर नष्ट भएका छन् ।
स्थानीय कपडा व्यवसायी मदन रिजालको घरबाट सुरु भएको आगो छेउछाउका घर तथा पसलसम्म फैलिएको थियो । विद्युत् सर्ट भई आगो ...