ढुक्क भएर लाउनुस कोरोना खोप : कसले लाउने नलाउने ?
सुनसरीमा १ लाख ८ हजार ३ सय ५० जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने लक्ष लिइएको छ । तत्काललाई ४२ हजार डोज खोप प्राप्त भएको जनाएको स्वास्थ्य कार्यालय सुनसरीले क्रमश : प्राप्त हुने डोजसँगै लक्षित संख्यामा भ्याक्सिन लगाइने जनाएको छ ।सरकारी अभियान अन्तर्गत फागुन २३ देखि २७ गते सम्म खोप कार्यक्रम संचालन हुँदैछ । सोही अनुरुप सुनसरीमा दोस्रो चरणको पहिलो फेजको तयारी पुरा भएको कार्यालयले जनाएको छ ।
...