बसपार्कको भवनमा अस्पताल अमान्य

बसपार्कको भवनमा अस्पताल अमान्य
बसपार्कको भवनमा प्रादेशिक अस्पताल संचालनमा ल्याउन खोजिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । बसपार्कको लागि इनरुवा ४ मा निर्मित संरचनालाई प्रहरीको प्रादेशिक अस्पतालको रुपमा संचालन गर्न लागिएको भन्दै जग्गादातारुले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाको निर्णय आफुहरुलाई अमान्य रहेको बताए । पत्रकार सम्मेलनमा बोल्ने जग्गादाताहरुले आफुहरुको योगदानको अवमूल्यन...

इनरुवाका एम्बुलेन्स चालकले लगाए सुनसरीमा कोरोना विरुद्धको पहिलो खोप

इनरुवाका एम्बुलेन्स चालकले लगाए सुनसरीमा कोरोना विरुद्धको पहिलो खोप
हात धोऔं,स्वस्थ रहौं/इनरुवाका एम्बुलेन्स चालक ४७ वर्षिय नारायण मण्डलले जिल्लामा कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका छन् ।स्वास्थ्य कार्यालय सुनसरीका अनुसार अभियानको औपचारिक सुरुवातको क्रममा मण्डललाई कोरोना विरुद्धको पहिलो डोज लगाइएको हो । इनरुवा अस्पतालमा स्थापना गरिएको खोप केन्द्रबाट अभियानको औपचारिक सुरुवात गरिएको छ । सो क्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल सहित स्वास्...

बी.पी.मा शिशु स्वासप्रस्वास सहयोगी तालीम

बी.पी.मा शिशु स्वासप्रस्वास सहयोगी तालीम
इनरुवा। बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिशु स्वासप्रस्वास सहयोगी विषयक २ दिने तालीम सुरु भएको छ।मंगलबारबाट सुरु भएको उक्त तालीममा भखर जन्मेको शिशुलाई कसरी स्वासप्रस्वासकालागि सहयोग गर्ने विषयमा सिकाईनेछ। नवजात शिशुमा स्वासप्रस्वासको समस्या भै धेरैको मृत्यु हुने भएकोले, एक मिनेट भित्र शिशुलाई स्वास फेर्न गरिने सहयोगी तालीमले धेरै शिशुहरूको ज्यान जोगाउन सकिने तालिम संचालनको मुख्य...

अस्पताल सुधारको लागि जनदबाब समूह

अस्पताल सुधारको लागि जनदबाब समूह
हात धोऔं,स्वस्थ रहौं/ इनरुवा अस्पताल सुधारको माग सहित चरणवद्ध आन्दोलनरत संघर्ष समितिले जनदबाब सिर्जना गराउन दबाब समूह निर्माण थालेको छ । अस्पताल सुधार संघर्ष समितिले जनस्तरबाट दबाब बढाउने उद्येश्यसाथ इनरुवाको वडा नम्बर १ र २ मा दबाब समूह निर्माण गरी सकेको छ । सो समिति वडाभित्र रहेका टोलमा कमिटी विस्तारको क्रममा जुटेको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिका संयोजक दिलिप साहले लथालिङ्ग इनरुवा ...

इनरुवाका स्वास्थ्य संस्थामा उप प्रमुखको अनुगमन

इनरुवाका स्वास्थ्य संस्थामा उप प्रमुखको अनुगमन
हात धोऔं, स्वस्थ रहौं / इनरुवा नगरपालिकाकी उप प्रमुख जमुना गौतम पोखरेलले नगर भित्र रहेका स्वास्थ्य संस्थाहरुको अनुगमन थालेकी छिन् ।  वडा तहमा रहेका स्वास्थ्य संस्थाको अवस्था र प्रवाह हुने सेवा सुविधा लगायतका विषय जानकारीका लागि अनुगमन थालिएको पोखरेलले बताइन् । उनले नियमित प्रकृया अन्र्तगत स्वास्थ्य संस्थाहरुमा अनुगमन थालिएको बताइन् । अनुगमन टोलीमा उप प्रमुख पोखरेल सहित इनरुवा नगरपालिकाको स्वास्...

इनरुवाका जेष्ठ नागरिकलाई बाफ लिने मेसिन बाँडिदै

इनरुवाका जेष्ठ नागरिकलाई बाफ लिने मेसिन बाँडिदै
हात धोऔं, स्वस्थ रहौं / इनरुवा नगरपालिकाले नगर भित्रका जेष्ठ नागरिकका लागि बाफ लिने मेसिन वितरण थालेको छ । नगर प्रमुख राजन मेहताले जेष्ठ नागरिकको हकमा तातो बाफ लिन मिल्ने मेसिन वितरणको कार्य थालेका हुन् । मेहताले जाडो यामलाई मध्यनजर गर्दै उक्त सामग्री वितरण थालिएको बताए । कोरोनाको जोखिम कायमै रहेकाले समेत बाफ लिने मेसिन लाभकारी ठहरिने मेहताले बताए ।नगर प्रमुख मेहताले नगरका दशवटै वडामा रहेका जेष...

आड्राको परिवार नियोजन परियोजना सकियो

आड्राको परिवार नियोजन परियोजना सकियो
हात धोऔं,स्वस्थ रहौं / संयुक्त रास्ट्रसंघिय जनसंख्या कोष ( युएनएफपीए ) र आड्रा नेपालको सहयोगमा सुनसरी जिल्लामा बिगत ५ वर्ष देखि संचालित परिवार नियोजन सम्बन्धि (UNFPP) परियोजना  समापन भएको छ । दातृ निकाय यु के एड को आर्थिक सहयोगमा संचालित परियोजनाले सुनसरीको सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा फिल्ड स्तरमा भी.एस.पी. हरु मार्फत विशेष गरी इमप्लान्ट र आइ.यू.सी.डी सेवा पुर्याउदै आएको थियो । परियोजनाले स्वास...

इनरुवा अस्पतालमा अब हरेक बुधबार विशेषज्ञ सेवा

इनरुवा अस्पतालमा अब हरेक बुधबार विशेषज्ञ सेवा
हात धोऔं,स्वस्थ रहौं/ इनरुवा अस्पतालबाट  साताको एक दिन हरेक बुधबार विशेषज्ञ सहितको सेवा संचालनमा आउने भएको छ ।इनरुवा अस्पताल र कोशी अस्पताल बिराटनगर बिच भएको सम्झौता अनुसार साताको एक दिन बुधबार विशेषज्ञ तथा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने छ । केन्द्रीय अस्पतालका रुपमा रहेको कोशी अस्पताल बिराटनगर, मोरङ र इनरुवा अस्पताल सुनसरी बिच भएको सम्झौता अनुसार हरेक साताको बुधवार विशेषज्ञ तथा आधारभूत स...

दरबन्दी अनुसारको पदपूर्ति नै छैन् : कराएर मात्रै के गर्ने !

दरबन्दी अनुसारको पदपूर्ति नै छैन् : कराएर मात्रै के गर्ने !
हात धोऔं, स्वस्थ रहौं/ इनरुवा अस्पताल सुधारका नाममा गठित संघर्ष समितिले दबाबका कार्यक्रम संचालन गरिरहँदा अस्पताल प्रशासनले मुख खोलेको छ । उसले दरबन्दी अनुसारको पदपूर्ति नै हुन नसकेको अस्पतालबाट पूर्ण सेवाको अपेक्षा गर्नु न्यायोचित नहुने भनेको छ । अस्पताल प्रशासनका तर्फबाट धारणा राख्दै निमित्त मे.सु. समेत रहेका अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य सचिव डा.सन्तोष राईले कराएर र बिरोध गरेर मात...

गढीमा रक्तदान सँगै प्लाज्मा संकलन

गढीमा रक्तदान सँगै प्लाज्मा संकलन
हात धोऔं, स्वस्थ रहौं/ गढी गाउँपालिकामा रक्तदान सँगै प्लाज्मा संकलन थालिएको छ । गाउँपालिकाको कार्यालयले संक्रमण पुष्टि भई निको भएका मध्ये प्लाज्मा संकलनका लागि योग्य ठहरिएका व्यक्तिहरुबाट रगत संकलन गरिएको जनाएको छ । कोरोनाको बढ्दो संक्रमण सँगै समुदायमा संक्रमित संख्या थपिदै जाँदा सिकिस्त बिरामीको उपचारमा सहजता दिलाउन प्लाज्मा संकलन थालिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । समाजमा संक्रमितलाई ह...