स्थानीय तहमा काँग्रेसको बिरोध प्रदर्शन

स्थानीय तहमा काँग्रेसको बिरोध प्रदर्शन
नेपाली काँग्रेस सुनसरीले जिल्लाका सबै स्थानीय तहमा बिरोध प्रदर्शन गरेको छ ।  सदरमुकाम इनरुवामा नगर प्रमुख राजन मेहताको नेतृत्वमा बिरोध कार्यक्रमको आयोजना गरिएको छ । इनरुवामा काँग्रेसले लोकतान्त्रिक चोकमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ । र्याली पश्चात आयोजित कोण सभालाई नगर प्रमुख राजन मेहताले सम्बोधन गरेका छन् । सभालाई सम्बोधन गर्दै मेहताले प्रधानमंत्री केपी शर्मा ओलीले चालेको असंवैधानिक...

हरिनगरमा भएको आगलागीमा डेढ करोड बढीको क्षति

हरिनगरमा भएको आगलागीमा डेढ करोड बढीको क्षति
सुनसरीको हरिनगर गाउँपालिका वडा नम्वर ५ मा भएको आगलागीमा डेढ करोड बढी क्षति भएको छ । प्रहरीले उक्त आगलागीमा १ करोड त्रिपन्न लाख बराबरको क्षति भएको जनाएको छ । आगलागीमा स्थानीय ६ परिवारको घरगोठ र चौपाया जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजो साँझ ६ बजे लागेको आगो राती ९ बजे नियन्त्रणमा आएको थियो । रमेश मण्डलको टिनको छानो भएको घरमा साँझवत्ती बालिएको स्थानबाट आगो सल्केको बताइएको छ । सुनसर...

सुनसरीमा राष्ट्रिय युवा संघ गठन, भोक्राहा नरसिंह गाउँ कमिटीमा रमेश चयन

सुनसरीमा राष्ट्रिय युवा संघ गठन, भोक्राहा नरसिंह गाउँ कमिटीमा रमेश चयन
इनरुवा । राष्ट्रिय युवा संघ नेपालको सुनसरी संयोजकमा अरूण गुरूङ चयन भएका छन् । धरानमा भएको युवा संघको बृहत् भेलाले गुरूङलाई संयोजक चयन गरेको हो । त्यस्तै भेलाले सुनसरीका १२ वटै स्थानीय तहका संयोजक र सह संयोजक पनि तोकेको छ । धरान उपमहानगरपालिकाको संयोजकमा भवानी दाहाल, इटहरीको संयोजकमा कमल दाहाल, सह संयोजकमा संजिव शाह, संयोजक सन्तोष तामांङ, सह संयोजक मिलन चौधरी, गढीको संयोजक अतिति चौधरी, सह संयोजक...

अस्पताल सुधारको लागि जनदबाब समूह

अस्पताल सुधारको लागि जनदबाब समूह
हात धोऔं,स्वस्थ रहौं/ इनरुवा अस्पताल सुधारको माग सहित चरणवद्ध आन्दोलनरत संघर्ष समितिले जनदबाब सिर्जना गराउन दबाब समूह निर्माण थालेको छ । अस्पताल सुधार संघर्ष समितिले जनस्तरबाट दबाब बढाउने उद्येश्यसाथ इनरुवाको वडा नम्बर १ र २ मा दबाब समूह निर्माण गरी सकेको छ । सो समिति वडाभित्र रहेका टोलमा कमिटी विस्तारको क्रममा जुटेको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिका संयोजक दिलिप साहले लथालिङ्ग इनरुवा ...

नगरपालिकामा ‘स्मार्ट डस्टविन’

नगरपालिकामा ‘स्मार्ट डस्टविन’
हात धोऔं,स्वस्थ रहौं/ इनरुवा नगरपालिकाको कार्यालयमा स्मार्ट डस्टविन राखिएको छ । सेवाग्राही सहित कर्मचारीका साथै कार्यालयमा आउजाउ गर्ने जोकोहीले प्रयोग गर्न मिल्ने गरी स्मार्ट डस्टविन राखिएको छ । कार्यालय हातामा राखिएको स्मार्ट डस्टविन बहुउपयोगी रहेको नगरपालिकाका सूचना अधिकृत निरज पोखरेलले बताए । पोखरेलका अनुसार उक्त स्मार्ट डस्टविन विभिन्न प्रयोजनका लागि उपयोगी छ ।सोलार सिस्टमको उक्त डस्टविनक...

अनेम संघ (ओली पक्ष) भेलामा बाक्लो उपस्थिति

अनेम संघ (ओली पक्ष) भेलामा बाक्लो उपस्थिति
हात धोऔं, स्वस्थ रहौं/ सुनसरीको इनरुवामा आयोजित ओली पक्ष आवद्ध अखिल नेपाल महिला संघको भेलामा सहभागि संख्या उल्लेखनीय देखिएको छ । नेपाल लेखापढी कानुन व्यवसायीको भवनमा आयोजित कार्यक्रममा सहभागिको संख्यात्मक उपस्थिति बाक्लो देखिएको हो । सहभागिको भीडलाई व्यवस्थित गरी आयोजकले कार्यक्रम संचालनमा ल्याएको थियो ।अनेम संघ इनरुवा नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई महिला नेतृका अलावा नेकपा ओ...

इनरुवाका ब्यापारीलाई कर शिक्षा

इनरुवाका ब्यापारीलाई कर शिक्षा
हात धोऔं,स्वस्थ रहौं / इनरुवाका व्यापारीहरुलाई कर समवन्धि शिक्षा दिइएको छ । उद्योग वाणिज्य संघ इनरुवाको आयोजनामा ब्यापारी लक्षित कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उद्योग वाणिज्य संघ इनरुवाको भवनमा आयोजित उक्त कार्यक्रमका सहभागिलाई कर शिक्षा बारेमा अवगत गराइएको थियो ।आन्तरिक राजश्व कार्यालय इटहरीका प्रमुख कर अधिकृत शान्तिराम निरौला र कर अधिकृत प्रकाश राईले सहभागिहरुलाई स...

राष्ट्रसेवक सहकारीका निर्वाचित पदाधिकारीको शपथ ग्रहण

राष्ट्रसेवक सहकारीका निर्वाचित पदाधिकारीको शपथ ग्रहण
राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड इनरुवाको नव निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण सम्पन्न भएको छ । संस्थाको २२औं वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीहरुको आज औपचारिक कार्यक्रमका बिच शपथ ग्रहण गराइएको छ । उनीहरुलाई निर्वाचन समितिका संयोजक गोविन्द पोखरेलले शपथ ग्रहण गराएका हुन् । शनिवार अबेर राती सम्पन्न मत परिणाम अनुसार सहकारीको अध्यक्षमा लेखनाथ पौडेल बिजयी भएका थिए । हिमाल श्रेष्ठला...

कर्मचारीको चुनावमा ओली पक्षको प्यानल जित

कर्मचारीको चुनावमा ओली पक्षको प्यानल जित
नेपाल निजामती कर्मचारी संगठन सुनसरी आवद्ध राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको निर्वाचनमा ओली पक्षधर समूहले प्यानल जित निकालेको छ । इनरुवामा सम्पन्न निर्वाचनको मत परिणाम अनुसार ओली पक्षले स्पष्ट बहुमत सहितको जित हात पारेको छ ।ओली र माधव–प्रचण्ड गरी स्पष्ट दुई खेमामा कर्मचारी चुनाव लडेका थिए । जसमा राती अवेर समपन्न मत मरिणाम अनुसार ओली पक्षधरले जित निकालेको हो ।ओली पक्षबाट अध्यक्षमा लेखनाथ प...

बिदामा कुदाइएका सरकारी गाडी नियन्त्रणमा

बिदामा कुदाइएका सरकारी गाडी नियन्त्रणमा
बिदाको दिन शनिबार सरकारी कर्मचारीले प्रयोगमा ल्याएका सवारीका साधन इनरुवामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।ट्राफिक प्रहरी कार्यालय सखुवागाछीले उक्त सवारीका साधन नेपाल निजामती कर्मचारी संगठन इनरुवाको कार्यालय अगाडी बाट नियन्त्रणमा लिएको हो । ट्राफिकले सो स्थानबाट एक दर्जन बढी सरकारी नम्बर प्लेट भएका सवारीका साधन नियन्त्रणमा लिएको छ ।सरकारी गाडी लिएर कर्मचारीहरु राष्ट्रसेवक बहुमुखी सहकारी स...