अस्पताल संघर्ष समितिलाई झण्डा बोकेर मैदानमा आउन काँग्रेसको चुनौति
इनरुवा अस्पताल सुधार संघर्ष समितिको अभिव्यक्ति प्रति नेपाली काँग्रेस इनरुवा नगर कार्य समितिले आपत्ति जनाएको छ । समितिका संयोजक दिलिप साहले नगर प्रमुख र सांसद लक्षित दिएको अभिव्यक्ति प्रति नेपाली काँग्रेस इनरुवा नगर कार्य समितिले खेद प्रकट गरेको हो ।
संयोजक साहले शनिवार सत्यनारायण मन्दिरमा आयोजित वृहत अन्तरकृया कार्यक्रममा नगर प्रमुख राजन मेहता उठे देखि सुते सम्म कमिसनमा लिप्त रहने गरेको जस्ता व...