हर्मोन बढ्दा मकुना आक्रामक, उपचार थालियो
चितवनबाट आएको वन्यजन्तु प्राविधिक टोलीले कोशी टप्पुको जंगली हात्ती मकुना बौलाएको नपाइएको निष्कर्श निकालेको छ ।वन्यजन्तु प्राविधिक र चिकित्सक सहितको उक्त टोलीले मकुना हात्तीमा यौन उन्माद बढेको निष्कर्श निकालेको हो ।
प्राविधिक तिर्थ लामाका अनुसार हात्तीको व्यवहार अध्ययनबाट उसको शरीरमा हर्मोनको स्तर बढेको पाइएको छ । सो अवस्थामा भाले हात्ती उत्तेजित र आक्रामक हुने टोलीको ठहर छ । जसलाई नियन्त्रण गर्...