वडा अध्यक्षले राहतको चामल लुकाएको आशंकामा इनरुवाको गोदाम सिल
सुनसरीको इनरुवामा राहत लुकाएको आशंकामा वडा अध्यक्षले घर भाडा लिई संचालनमा ल्याएको गोदाम प्रशासनले सिल गरेको छ । उजुरी पश्चात छानविनको क्रममा टोलीले ४ सय ५० बोरा चामल फेला पारेपछि सो गोदाम सिल गरेको सुनसरी प्रशासनले जनाएको छ ।
सिल गरिएको गोदाम घर महेन्द्रचोकका युवराज दाहालको भएको खुलेको छ । प्रशासनले दाहालको घर भोक्राहा नरसिंह गाउँपालिकाका वडा अध्यक्ष हारुन अन्सारी र हातिम अन्सारीले भाडामा लिएको...