बराहक्षेत्रमा पहिरो पन्छाउदा खसेको ढुङगाले लागेर एकको मृत्यु

बराहक्षेत्रमा पहिरो पन्छाउदा खसेको ढुङगाले लागेर एकको मृत्यु
इनरुवा। सुनसरीको चतरा बराहक्षेत्र सडक खण्डमा पहिरो पन्छाउने क्रममा खसेको ढुङगाले लागेर पैदल यात्रीको ज्यान गएको छ । पहिरो खसेर अवरुद्ध सडक जेसीभीले खुलाउने क्रममा खसेको ढुङगाले लागेर पैदल यात्री भोजपुर घर भएका अन्दाजी २० वर्षिय राजकुमार राईको मृत्यु भएको हो । प्रहरीका अनुसार सडकमा खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुङगा खसेको थियो । सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार ढुङगाले लागेर राईको ...

बराहक्षेत्र नगरपालिकामा अत्यावश्यक कामबाहेक प्रवेशमा रोक

बराहक्षेत्र नगरपालिकामा अत्यावश्यक कामबाहेक प्रवेशमा रोक
प्रदेश नं. १ मा कोरोना संक्रमण समुदायस्तरमा फैलिने जोखिमलाई मध्यनजर गर्दै बराहक्षेत्र नगरपालिकाले अत्यावश्यक कामबाहेकका नगर कार्यपालिकाको कार्यालय प्रवेशमा सेवाग्राहीलाई रोक लगाएको छ । कोरोना भाइरसको प्रकोप देशव्यापी रुपमा वृद्धि भइरहेको र बाहिरी जिल्ला तथा देशविदेशबाट समेत मानिस आवतजावत गर्ने क्रम जारी रहेकाले कार्यालयमा अत्यावश्यक कामबाहेक नगर कार्यपालिकामा प्रवेश गर्न रोक लगाएको प्रमुख प्रशा...

महिलाको शव फेला

महिलाको शव फेला
इनरुवा । सुनसरीको बराहक्षेत्र नगर पालिका वार्ड न ८ भक्ति चोक नजिक सप्तकोशी नदिमा आज एक महिलाको शव फेला परेको छ। स्थानीयका अनुसार कोशी नदिमा दाउरा तानीरहेको बेला नदिले बगाएर नदि किनारामा अडकिएको अवस्थामा महिला शव फेलापरेको हो । कोशीमा दाउरा तान्न नै आएको हुन सक्नै अनुमान गरिएको छ। मृतक महिलाको उमेर ४० बर्ष हुन सक्ने अनुमान गरिएको छ। शव फेलापर्ना साथ स्थानीयहरुले प्रहरी प्रशासनमा खबर गरेर जानकार...

कोशीले स्पर कटान थालेपछि नियन्त्रणको प्रयास जारी

कोशीले स्पर कटान थालेपछि नियन्त्रणको प्रयास जारी
इनरुवा। सप्तकोशी नदीले स्परमा कटान थालेपछि नियन्त्रणको प्रयास थालिएको छ । कोशीले बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ मा पर्ने ठाकुरबारी क्षेत्रको १० नम्बर स्परमा कटान थालेको सुनसरी प्रशासनले जनाएको छ । प्रशासनका अनुसार सो क्षेत्रमा यतिबेला सुरक्षाकर्मी सहित स्थानीय र ठुलो संख्यामा कामदार खटिएका छन् । यसअघि पश्चिम तर्फ बहँदै आएको नदीको पानी पूर्व तर्फ सोझिदा स्पर नम्बर ९ र १० मा जोखिम बढाएको छ । दुवै...

सुनसरीको क्वारेन्टाइनमा वि.पि. स्मृति दिवस

सुनसरीको क्वारेन्टाइनमा वि.पि. स्मृति दिवस
सुनसरीको निर्वाचन क्षेत्र न. ४ मा ३८ औ वि.पि. स्मृति दिवस मनाइएको छ। माहामानव वि.पि. कोइरालाको ३८औ स्मृति दिवसको अवसरमा सुनसरीको निर्वाचन क्षेत्र न. ४ मा रहेको विभिन्न क्वारेन्टाइनहरुमा फलफूल तथा माक्स बितरण गरिएको छ। स्मृति दिवसमा हरिनगर गाउँपालिका, भोक्राहानर्सिङ गाउँपालिका, कोशी गाउँपालिका र बरहाक्षेत्र नगरपालिकाका भित्रका क्वारेन्टाइनहरुमा फलफूल तथा माक्स वितरण गरिएको हो। नेपाली काङ्ग्रेस स...

सप्तकोशीले चतरामा वार्निङ लेवल फेरी नाघ्यो

सप्तकोशीले चतरामा वार्निङ लेवल फेरी नाघ्यो
इनरुवा। सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव देखिएको छ । नदीले चतरा मापन केन्द्रमा सर्तकर्ता लेवल पार गरेको छ । पछिल्लो मापन अनुसार चतरामा कोशीको बहाव ६ दशमलव १३ मिटर पुगेको छ । क्रमशः चतराको मापनमा वृद्धि हुँदै गएको छ । राती सर्तकर्ता तह पारी गरी बिहान बाट कमी आएको चतराको बहाव घटेर एक घण्टा अघि ५ दशमलव ८१ मिटरमा झरेको थियो । यद्यपी विस्तारै माथि चढ्ने क्रममा देखिएको बहावले यतिबेला वार्निङ ले...

कोशीमा उच्च वहाव , बराहक्षेत्र सँगै चतरामा पानी घट्न थाल्यो

कोशीमा उच्च वहाव , बराहक्षेत्र सँगै चतरामा पानी घट्न थाल्यो
इनरुवा। सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन भएपनि अबको केही घण्टामा भने घट्ने संकेत देखिएको छ । बिहानको तुलनामा कोशीको बहावको मापनमा कमी आएको छ । कोशी ब्यारेजको पछिल्लो मापन अनुसार पानीको बहाव ३ लाख ३५ हजार ४ सय २५ क्यूसेक प्रतिसेकेण्ड छ । ब्यारेजका ४६ ढोका खोलिएका छन् । बराहक्षेत्र र चतरामा हुने मापनमा नदीको बहाव घटेकाले कोशी ब्यारेजमा समेत क्रमशः बहावमा कमी आउने अनुमान गरिएको छ । ब...

खोलामा डुबेको अवस्थामा एक महिला मृत फेला

खोलामा डुबेको अवस्थामा एक महिला मृत फेला
सुनसरीको बराहक्षेत्र नगरपालिकामा एक महिला खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छन् । बराहक्षेत्र नगरपालिका-५ पोखरीया बस्ने ६५ बर्षीया बिष्णुमाया दाहाल खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छन् । आज बिहानै ४ बजे मर्निङ्गवाकमा निस्किएकी दाहाल पौने ७ बजे स्थानीय हैटा खोलाको पानीमा डुबेको अवस्थामा मृत फेला परेको भनी जानकारी पाए संगै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटी गई मृतकको कानून...

जारी निरन्तरको बर्षासँगै कोशीको जलस्तर बढ्दै, चतरामा वार्निङ लेवलमा पानी

जारी निरन्तरको बर्षासँगै कोशीको जलस्तर बढ्दै, चतरामा वार्निङ लेवलमा पानी
इनरुवा। सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । पूर्वी पहाडी भेगमा जारी निरन्तरको बर्षासँगै कोशी नदीको जलस्तर बढ्ने क्रममा छ । सप्तकोशी नदीमा हिजोको तुलनामा आज पानीको बहाव बढ्दो क्रममा देखिएको छ । पहाडी भेगमा भएको वर्षाको पानी नदीमा मिसिएर मापनमा आइपुग्न घण्टौं लाग्ने भएकाले समेत कोशीको बहाव आज रातीबाट थप बढ्न सक्ने आंकलन गरिएको छ । कोशीको चतरा मापन केन्द्रले दिएको जानकारी अनुसार सो स्थानमा ...