हरिनगरमा भएको आगलागीमा डेढ करोड बढीको क्षति

हरिनगरमा भएको आगलागीमा डेढ करोड बढीको क्षति
सुनसरीको हरिनगर गाउँपालिका वडा नम्वर ५ मा भएको आगलागीमा डेढ करोड बढी क्षति भएको छ । प्रहरीले उक्त आगलागीमा १ करोड त्रिपन्न लाख बराबरको क्षति भएको जनाएको छ । आगलागीमा स्थानीय ६ परिवारको घरगोठ र चौपाया जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजो साँझ ६ बजे लागेको आगो राती ९ बजे नियन्त्रणमा आएको थियो । रमेश मण्डलको टिनको छानो भएको घरमा साँझवत्ती बालिएको स्थानबाट आगो सल्केको बताइएको छ । सुनसर...

अख्तियारले ६ हजार सहित हवल्दारलाई पक्रियो

अख्तियारले ६ हजार सहित हवल्दारलाई पक्रियो
घुस वापत लिएको ६ हजार रकम सहित अख्तियारको टोलीले प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले ६ हजार रकम सहित इलाका प्रहरी कार्यालय हरिनगरमा कार्यरत प्रहरी हवल्दार भोला यादवलाई नियन्त्रणमा लिएको हो । सीमा क्षेत्रबाट तस्करीको सामान ओसारपसारमा सहयोग गर्ने वहानामा हवल्दारले रकम माग गर्ने गरेको सूचनाका आधारमा अख्तियारको टोली हरिनगर पुगेको बताइएको छ ।...

हरिनगरमा जनता सँग अध्यक्ष कार्यक्रम

हरिनगरमा जनता सँग अध्यक्ष कार्यक्रम
हात धोऔं, स्वस्थ रहौं/ सुनसरीको हरिनगर गाउँपालिकामा जनतासँग अध्यक्ष कार्यक्रमको सुरुवात गरिएको छ । कार्यक्रमको मूख्य लक्ष्य पालिका भित्रको बिकास निर्माणको अवस्था बारे जनता सामू प्रत्यक्ष जानकारी गराउदै प्रतिकृया बटुल्नु रहेको बताइएको छ । गाउँपालिका भित्र रहेका साविकका सबै गाविस र त्यस मातहत पर्ने वडा सम्मको घरदैलो कार्यक्रमलाई उक्त अभियानमा समेटिने गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए । गाउँपा...

सवारी दुर्घटनामा बराहक्षेत्र र हरिनगरमा १-१ जनाको मृत्यु

सवारी दुर्घटनामा बराहक्षेत्र र हरिनगरमा १-१ जनाको मृत्यु
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ करमखोला पुलमा प्रदेश १-०२-०४० प ५२९६ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएका स्थानीय ५५ बर्षीय धन बहादुर कार्कीको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल ईलाका प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिएको छ । घाईते मोटरसाईकल चालकको प्रतिष्ठानमा उपचार...

हरिनगरमा कृयासिल सदस्यहरुलाई प्रशिक्षण

हरिनगरमा कृयासिल सदस्यहरुलाई प्रशिक्षण
इनरुवा। हरिनगर गाउँपालिकामा नेपाली कांग्रेस सुनसरीले कृयासिल सदस्यहरुलाई बिधान सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। हरिनगर गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ का नेता तथा कार्यकर्ताहरुलाई संशोधित विधान सम्बन्धि प्रशिक्षण आज सम्पन्न गरेको छ। केही समय यता सुनसरी कांग्रेसले वडा, नगर, क्षेत्रिय तथा जिल्लाका सभापति तथा क्रियाशिल सदस्यहरुलाई संशोधित विधान सम्वन्धी प्रशिक्षण दिदैं आएको हो। नेपाली...

हरिनगरका मण्डलको मोटरसाईकल दुर्घटनामा मृत्यु

हरिनगरका मण्डलको मोटरसाईकल दुर्घटनामा मृत्यु
सुनसरी। सुनसरी हरिनगरा-४ बस्ने ३५ बर्षीय दिनेश मण्डलको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । गएराती उनैले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई हरिनगरा स्थित रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो । पोलमा ठक्कर खाई नजिकै रहेको नहरमा मोटरसाईकल झर्दा सोही मोटरसाईकलले किचेर मण्डलको मृत्यु भएको भनि आफन्तले आज प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोल...

संविधान दिवसको अवसरमा पुरस्कार वितरण

संविधान दिवसको अवसरमा पुरस्कार वितरण
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा आयोजित जितिया बिशेष साँस्कृतिक कार्यक्रममा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई शनिवार संविधान दिवसको अवसरमा पुरस्कार वितरण गरिएको छ । गत बिहिवार मैथिली समुदायको महान पर्व जितियाको अवसरमा हरिनगर युवा समुहले जितिया बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो । हरिनगर युवा समुहको आयोजनामा हरिनगर सुपर टाइलेन्ट कार्यक्रममा प्रथम, द्धितिय र तृति...

यस्तो छ भुटाहाको शिव मन्दिर र सडक विस्तारका कुरा (भिडियो)

यस्तो छ भुटाहाको शिव मन्दिर र सडक विस्तारका कुरा (भिडियो)
सबै धर्मको संरक्षण हामीले गर्नुपर्छ, मेरो विरोध गर्नेलाई धन्यबाद, मेरो गतिविधि नजिकबाट नियाल्न स्थानियलाई अनुरोधः गफार अन्सारी मिया अध्यक्ष हरिनगर गाउँपालिका यस्तो छ भुटाहाको शिव मन्दिर र सडक विस्तारका कुरा भिडियोकालागि तलको लिंकमा क्लिक गर्नुहोसः

हरिनगरमा जितिया बिशेष साँस्कृतिक कार्यक्रम

हरिनगरमा जितिया बिशेष साँस्कृतिक कार्यक्रम
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा जितिया बिशेष साँस्कृतिक कार्यक्रम बिहिवार हुदैछ । मैथिली समुदायको महान पर्व जितियाको अवसरमा हरिनगर युवा समुहले जितिया बिशेष साँस्कृतिक कार्यक्रम गर्न लागेको हो । हरिनगर गाउँपालिकाको मुख्य प्रायोजनमा हुने कार्यक्रम अनलाइन मार्फत गर्ने तयारी गरेको कार्यक्रम सञ्चालक बिनोद मेहताले बताएका छन् । कार्यक्रमको संयोजन जितिया मेला समिति हरिनगर ४ ले ...

बिना इजाजतको औषधि सहित हरिनगर गापाबाट ३ जना पक्राउ

बिना इजाजतको औषधि सहित हरिनगर गापाबाट ३ जना पक्राउ
सुनसरी। सुनसरी हरिनगर गाँउपालिका-२ भुटाहा सिसुवा धरमपुर सडक खण्डबाट ३ जना मानिसहरु बिना इजाजतको औषधि सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा हरिनगर-१ का ३७ बर्षीय अख्तर मिया, २२ बर्षीय एहरमान अंसारी र ३२ बर्षीय मुख्तर आलम रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै पक्राउ परेकाहरुको साथबाट बिना इजाजतको औषधि ...